
काठमाडौँ, असोज २ गते । स्थानीय तहको तेस्रो चरणमा आज प्रदेश नं २ मा भएको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले ७३ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो । प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले ७३ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको जानकारी […]

काठमाडौँ,असोज २ गते । सरकारले उपचारका क्रममा बिरामीको मृत्यु भएमा चिकित्सकबाटै दिइनुपर्ने निर्णयको नेपाल चिकित्सक सङ्घले विरोध गरेको छ । त्यसका लागि विधेयक निर्माण गर्न स्वास्थ्य मन्त्रालयलाई दिएको निर्देशन आत्पत्तिजनक भएको भन्दै ७२ घण्टे अल्टिमेटम दिँदै निर्णय सच्याउन पनि सङ्घले विज्ञप्तिमार्फत अनुरोध गरेको छ । निर्णयलाई ७२ घण्टाभित्र फिर्ता नलिए देशभरका सम्पूर्ण स्वास्थ्य संस्थाहरु पूर्ण […]

काठमाडौँ, असोज २ गते । सरकारले प्रदेश लोक सेवा आयोग गठन नहुँदासम्म प्रदेश र स्थानीय तहका कर्मचारीको पदपूर्ति लोक सेवा आयोगले गर्ने व्यवस्था गर्न सिफारिस गरेको छ । आज राज्य व्यवस्था समितिको बैठकमा कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी उपसमिति प्रतिवेदन पेश गर्दै प्रदेश लोकसेवा गठन नहुँदासम्म लोक सेवाबाट नै प्रदेश र स्थानीय तहका […]

पोखरा, असोज १ गते । स्याउको याम सकिन लाग्दा मनाङका कृषकले स्याउ टिप्न थालेका छन् । यस वर्ष जिल्लामा स्याउ उत्पादन १० प्रतिशतले बढ्ने भएको छ । अनुकूल मौसम, स्याउ खेतीका लागि बगैँचा विस्तार, मलजल र सिँचाइको व्यवस्थाबाट स्याउ उत्पादनमा वृद्धि हुन गएको कृषि विकास कार्यालयका प्राविधिक सहायक यौवनकुमार सुनुवार बताउनुभयो । जिल्लामा गत वर्ष […]

दमक, असोज १ गते । जिल्लाको दमक नगरपालिकामा एक वर्षअघि निर्माण सम्पन्न भएको पूर्वाञ्चलकै पहिलो फोहरमैला प्रशोधन केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन । दमकको बजारी क्षेत्रबाट निस्कने दैनिक फोहरमैलाको दीर्घकालीन व्यवस्थापन गर्ने उद्देश्यले नगरपालिकाले निर्माण गरेको प्रशोधन केन्द्र सञ्चालनमा चासो नदिँदा केन्द्र हालसम्म उपयोगमा आउन सकेको छैन । फोहर प्रशोधन केन्द्र सञ्चालनमा आउन नसक्दा […]

काठमाडौँ, भदौ ३१ गते । गैरआवासीय नेपाली संघ (एनआरएन)को अध्यक्षमा संघका वर्तमान उपाध्यक्ष भवन भट्टले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । आज यहाँ पत्रकारसम्मेलन गरी भट्टले संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्मा आफूलाई जिताउन सबैसँग आग्रह गर्नुभयो । यसअघिको कार्यसमितिले ल्याएका राम्रा काममा निरन्तरता दिनका साथै वैदेशिक रोजगारी आपत्कालीन कोषलाई सदुपयोग गरी गैरआवासीय नेपाली संघमा आबद्ध वैदेशिक रोजगारीमा […]

पोखरा, भदौ ३१ गते । कर्मचारी सञ्चय कोषले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी स्थापना गरेको छ । सञ्चयकर्ताको ४० प्रतिशत शेयर लगानी गर्ने गरी कम्पनीको स्थापना गरिएको कोषको ५६ औँं वार्षिकोत्सवको अवसरमा शाखा कार्यालय पोखराले आयोजना गरेको कार्यक्रममा शाखा प्रबन्धक दिलीप पौडेलले सो कुराको जानकारी दिनुभएको हो । उहाँकाअनुसार अपर तामाकोशी जलविद्युत् आयोजनामा सञ्चयकर्ताको सहभागिता […]

काठमाडौँ, भदौ ३० गते । राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनको क्रममा बालबालिकाको प्रयोग रोक्नका लागि निर्वाचन आयोगले गरेको प्रयास निकै सकारात्मक रहेको बताएको छ । राष्ट्रिय मानवअधिकार आयोगका मोहना अन्सारी तथा निर्वाचन आयुक्त इला शर्मा र ईश्वरीप्रसाद पौड्यालबीच आज निर्वाचन आयोगमा भएको भेटवार्तामा सरकारी वा गैरसरकारी संघ संगठन मानवअधिकारको रक्षाका लागि कार्य गर्न प्रतिबद्ध रहनुपर्ने आवश्यकता […]

पोखरा, भदौ ३० गते । बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान शुरु गरेको छ । उक्त कंपनीले आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान शुरु गरेको स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिनुभयो । त्यस्तै ११ः२२ बजे अर्को विमान पोखराबाट भैरहवाका लागि उडेको छ । उन्नाइस सिट क्षमताको सो बिमान […]

काठमाडौँ, भदौ ३० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको नीति निर्माण तहमा समान सहभागितासँगै आर्थिक सशक्तीकरणमा जोड दिनुभएको छ । पत्रकार मञ्जु कार्कीद्वारा निर्माण गरिएको ‘नेपाली महिलाको संघर्ष र सफलता’ नामक वृत्तचित्र सार्वजनिक कार्यक्रममा उहाँले महिला अगाडि बढ्नका लागि आर्थिक पाटो सबैभन्दा बलियो हुनुपर्ने भन्दै त्यसतर्फ केन्द्रित हुन आग्रह गर्नुभयो । राष्ट्रपति भण्डारीले छोरा र […]