समाचार

जिब्रोको स्वादका लागि देवीका नाममा पशु बलि १

काठमाडौँ, असोज ११ गते । प्रत्येक वर्ष नवरात्र शुरु भएपछि बलि प्रथाको पक्ष र विपक्षमा बहस चर्कन्छ, एक थरीले बलि शास्त्रसम्मत भएको दावी गर्छन् भने अर्का थरीले विरुद्धमा रहेको विचार राख्छन् । मासु मीठो लाग्नेले देवतालाई चढाउने नाममा बलि प्रथालाई प्रश्रय दिएको अथ्र्याइन्छ । तर बलि प्रथा शास्त्रसम्मत हो भन्नेहरूले वर्षभर विभिन्न नाममा काटिने पशुको […]


सिमेन्ट अभाव छैन, प्राधिकरणलाई सहयोग गर्न उद्योगी तयार

काठमाडौँ, असोज ९ गते । नेपाली सिमेन्ट उद्योगीले नेपाल विद्युत् प्राधिकरणले चाहे उच्च गुणस्तरको सिमेन्ट उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीले निर्माण गरिरहेका जलविद्युत् आयोजनामा सिमेन्ट अभावका कारण निर्माण रोकिने अवस्था आएपछि उनीहरुले गुणस्तरयुक्त सिमेन्ट उपलब्ध गराउन आफूहरु तयार रहेको बताएका हुन् । प्राधिकरणले अगाडि बढाएको माथिल्लो त्रिशूली […]


‘अतिआवश्यक वस्तुको अभाव हुन दिइन्न’

विराटनगर, असोज १० गते । आपूर्तिमन्त्री शिवकुमार मण्डलले दशैँ, तिहारको अवसरमा अतिआवश्यक वस्तुको अभाव हुन नदिन सरकार सजक रहेको बताउनुभएको छ । प्रेस सेन्टर मोरङ शाखद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने र अत्यधिक मूल्यमा सामान बेच्ने व्यापारी कारबाहीमा पर्ने स्पष्ट पार्नुभयो । कालोबजारी गर्नेलाई पक्राउ गरिए पनि अर्को […]


डा केसी फेरि अनशनमा

काठमाडौँ, असोज ९ गते । त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा डा गोविन्द केसीले पाँच सूत्रीय माग राखी पुनः सत्याग्रह (अनशन) शुरु गर्नुभएको छ । महाराजगञ्जस्थित सो संस्थाको हाताभित्र पत्रकार सम्मेलन गरी डा केसीले आफ्नो १२ औँ अनशन आजदेखि शुरु गर्नुभएको हो । सरकारले आजै व्यवस्थापिका–संसद्बाट बहुचर्चित एवं बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७४ लाई […]


जीर्ण जनकपुरको व्यवस्थापन गर्छौं – नगरप्रमुख साह

जनकपुरधाम,असोज ९ गते । जनकपुर उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले उपमहानगरपालिकाको सबैभन्दा प्रमुख कार्य जीर्ण जनकपुरको व्यवस्थापन भएको बताउनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा आज जनकपुरधाममा आयोजित शपथ ग्रहण समारोहमा बोल्दै उहाँले जनकपुरको गरिमालाई जोगाइराख्ने कार्यमा सबैको सहयोगको खाँचो औँल्याउनुभयो । निर्वाचनका क्रममा दलहरूबीच प्रतिस्पर्धा रहेकामा अब त्यस्तो प्रतिस्पर्धा सकारात्मक कामका लागि हुनुपर्ने उहाँको […]


मेलम्ची पानी उपत्यकामा छ महिनापछि

चौतारा, असोज ८ गते । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न १.७ किमी बाँकी भएकाले राजधानीमा पानी भित्रिन अझै छ महिना पर्खनुपर्ने भएको छ । सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङ खन्ने काम आगामी डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य छ । सुरुङ खन्ने काम सम्पन्न भए पनि त्यहाँभित्र ढलान गर्न थप तीन महिना समय […]


जोखिममा परेका अर्नाको उपचार शुरु

रत्ननगर, असोज ८ गते । बाढीपछि रोगले ग्रस्त भएका चितवन राष्ट्रिय निकुञ्जका अर्नाको उपचार शुरु गरिएको छ । निकुञ्जका वरिष्ठ पशुचिकित्सक डा कमल गैरेको नेतृत्वमा रहेको प्रविधिज्ञको टोलीले कोशीबाट स्थानान्तरण गरी चितवन निकुञ्जमा ल्याएका अर्नाको आजदेखि उपचार शुरु गरेको हो । “बाढीपछि विभिन्न रोगको संक्रमण भएर अर्नाको अवस्था नाजुक देखियो,” डा गैरेले भन्नुभयो – “केही […]


बूढीगण्डकीमा नीतिगत भ्रष्टाचार भएको भन्दै आलोचना

काठमाडौँ, असोज ६ गते । सरकारले चिनियाँ कम्पनीसँग बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका क्रममा भएको समझदारी कानूनी र नीतिगत रुपमा त्रुटीपूर्ण रहेको भन्दै आलोचना गर्ने क्रम बढेको छ । तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले आफ्नो पदीय मर्यादा भुलेर चिनियाँ कम्पनीका प्रतिनिधिसँग सार्वजनिक खरिद ऐनविपरित गएर समझदारी गरेको भन्दै सार्वजनिक लेखासमितिले छानबिन गरिरहेको सभापति डोरप्रसाद उपाध्यायले जानकारी […]


गैरसरकारी संघसंस्थाले परिणाममुखी काम गर्नुपर्छ– राष्ट्रपति भण्डारी

काठमाडौँ, असोज ६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरसरकारी संघ संस्थाले सार्थक परिणाम आउने गरी जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ । अठतीसौँ सामाजिक सेवा दिवसको अवसरमा समाज कल्याण परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकको राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा गैरसरकारी संघसंस्थाले निष्पक्ष, पारदर्शी र जवाफदेहीपनलाई व्यवहारमा उतारेर सार्थक परिणाम आउने गरी काम […]


आपूर्ति राज्यमन्त्रीद्वारा बजार अनुगमन

भीमदत्तनगर, असोज ६ गते । आपूर्ति राज्यमन्त्री कर्ण विकले बिहीबार कञ्चनपुरको सदरमुकाम भीमदत्तनगर बजार अनुगमन गर्नुभएको छ । उहाँले भीमदत्तनगरस्थित मुख्य बजारका फेन्सी पसल, खाद्य पसल तथा तरकारी बजार र त्यहाँ रहेका मासु पसलको समेत अनुगमन गर्नुभयो । बजार अनुगमनका क्रममा राज्यमन्त्री विकले यहाँस्थित टपसप फेन्सी पसलले महँगोमा सामान बिक्री गर्नाका साथै खरिद बिल देखाउन […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter