समाचार

गाउँपालिकामा बैंक नहुँदा सदरमुकाम पुग्नुपर्ने समस्या

म्याग्दी, भदौ २६ गते । म्याग्दी जिल्लाको एक नगरपालिका सहित छ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहमा बैंक नहुँदा सर्वसाधारण,स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समस्या परेको छ । बैंक नभएका कारण कारोबारका लागि सबै सदरमुकाम धाउन बाध्य भएका छन् । धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बैंकको कामकै लागि दिनभर लगाएर सदरमुकाम आउन बाध्य भएको बताउनुहुन्छ […]


पन्ध्र अर्बभन्दा बढीको सहयोग

काठमाडौँ, भदौ २५ गते । एशियाली विकास बैंकले विद्यत् प्रसारण तथा वितरण क्षमता अभिवृद्धि परियोजना कार्यान्वयनका लागि रु १५ अर्ब ४६ करोड सहुलियत ऋण उपलब्ध गराउने भएको छ । साथै बैंकले उक्त रकममध्ये करिब रु २१ लाख अनुदान प्रदान गर्ने भएको छ । ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदी […]


थप छ जिल्लामा बालपोषण भत्ता वितरण गरिने

काठमाडौँ, भदौ २५ गते । सरकारले यस वर्ष थप छ जिल्लाका बालबालिकालाई बालपोषण भत्ता वितरण गर्न थालेको छ । केन्द्रीय पञ्जीकरण विभागले अति गरिबीको सूचाङ्कमा रहेका जिल्लाका बालबालिकालाई बालपोषण भत्ता वितरण गर्ने तयारी थालेको विभागका महानिर्देशक अनिलकुमार ठाकुरले जानकारी दिनुभयो । विभागले ५ वर्षमुनिका बालबालिकालाई मासिक रु ४०० बालपोषणबाट भत्ता दिने गरेको छ । गरिब […]


‘विश्व आत्महत्या रोकथाम दिवस : आत्महत्याका समाचार दिँदा सचेत हुनुपर्ने’

काठमाडौँ, भदौ २५ गते । सञ्चारमाध्यमले आत्महत्यासम्बन्धी समाचार प्रकाशन/प्रसारण गर्दा संवेदनसील हुनुपर्नेमा जोड दिइएको छ । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज राजधानीमा मनोविज्ञान सम्प्रदाय नेपाल र साइडडेक्स फाउन्डेशनले आयोजना गरेको ‘आत्महत्या न्यूनीकरणमा मिडियाको भूमिका’ विषयक अन्तक्र्रियामा सहभागिले आत्महत्यालाई पे्ररित गर्ने खालका शीर्षक र समाचारको आशयका समाचार लेख्नबाट बच्नुपर्नेमा जोड दिइएको थियो । मनोविज्ञानमा विद्यावारिधि […]


गाईको पिसाबबाट औषधि र मलबाट प्राङ्गारिक मल उत्पादन

बाँके, भदौ २४ गते । बाँके डुडुवा गाउँपालिका– ४ कम्दी पदमपुरस्थित शिवगायत्री विद्या विस्तार गौशाला गुरुकूल आश्रम गौशाला संकटमा परेको छ । जैविक खेतीका लागि प्राङ्गारिक मल उत्पादन, स्थानीय जातका गाईको संरक्षण, गौमुत्रबाट औषधि बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको गौशालामा ५५ वटा गाई र बाच्छाबाच्छी छन् । तर गौशालाको उचित व्यवस्थापन र स्तरोन्नतीका लागि सरकारले बेवास्ता गर्दा […]


निर्वाचनको पर्यवेक्षण गर्न इच्छुकलाई आवेदन दिन आयोगको आह्वान

काठमाडौँ, भदौ २४ गते । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न चाहने अन्तर्राष्ट्रिय संस्था, समुदाय र व्यक्तिलाई पर्यवेक्षणका लागि आवेदन दिन आह्वान गरेको छ । निर्वाचन आयोगले आज एक सूचना प्रकाशित गरी निर्वाचनको पर्यवेक्षण गर्न चाहने संस्था, समुदाय र व्यक्तिलाई यही भदौ २९ गतेदेखि आगामी असोज १४ गतेभित्र आवश्यक […]


सिमेन्ट उद्योगको तातो हावाबाट विद्युत् उत्पादन गरिँदै

काठमाडौँ, भदौ २३ गते । मुलुकमा पहिलोपटक सिमेन्ट उद्योगबाट बाहिर फाल्ने तातो हावालाई प्रयोग गरेर विद्युत् उत्पादन गरिने भएको छ । मुरारका समूहले नवलपरासीमा स्थापना गरेको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नीबाट फालिएको तातो हावालाई प्रयोग गरेर चार मेगावाट विद्युत् उत्पादन गर्न लागिएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्षसमेत रहनुभएका पशुपति मुरारकाले रासससँग कुरा गर्दै […]


‘नेपाली नम्बर प्लेटका बुलेट छिटो सञ्चालन गर्नुपर्छ’

काठमाडौँ, भदौ २३ गते । एलपी ग्यास खरिद प्रक्रियालाई सहज बनाउन नेपाली नम्बर प्लेटका बुलेट छिटो सञ्चालन गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गतको आपूर्ति तथा उपभोक्ता हित उपसमितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले नेपाली नम्बर प्लेटका बुलेटलाई चाँडो सञ्चालन गर्नुपर्ने बताएका हुन् । बैठकमा उपसमितिका संयोजक सुवासचन्द्र ठकुरीले […]


पिछडिएको क्षेत्र छुटेकाले सच्याउन माग

काठमाडौँ,भदौ २३ गते। व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसम्बन्धी ऐनमा समानुपातिक बन्द सूची पेश गर्दा पिछडिएको क्षेत्र छुटेकाले सच्याउन माग गर्नुभएको छ । संसद् बैठकको विशेष समयमा सांसद जीवनबहादुर शाही, कर्णबहादुर थापा, प्रेमबहादुर सिंह, जनकबहादुर बुढा, मोहन बानियाँलगायतले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्न बनेको ऐनमा संविधान विपरीत पिछडिएको क्षेत्र हटाइएको […]


चिलिमेका दुई कम्पनीको साधारण शेयर आउँदै, सञ्चयकर्ता प्राथमिकतामा; निजी प्रवद्र्धकको साधारण शेयर आउँदै

काठमाडौँ, भदौ २२ गते । चिलिमे जलविद्युत् कम्पनी मातहत रहेका दुई महत्वपूर्ण जलविद्युत् आयोजनाले साधारण शेयर निष्कासन गर्ने भएको छ । चिलिमे जलविद्युत् कम्पनी मातहतका रसुवागढी जलविद्युत् आयोजना र साञ्जेन जलविद्युत् आयोजनाले साधारण शेयर जारी गर्न लागेका हुन् । रसुवागढी जलविद्युत् आयोजनाले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र लगानीकर्ता निकायका कर्मचारीलाई पहिलो चरणमा एक करोड ६४ लाख […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter