समाचार

नेपालको शान्ति प्रक्रियाको सफलतालाई ठूला मुलुकले प्रचार गर्न चाहेनन् : प्रधानमन्त्री

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रियाको सफलतालाई ठूला र विकसित मुलुकले प्रचार गर्न नचाहेको बताउनुभएको छ । नेपालको शान्ति प्रक्रियाबारे अध्ययनमा आएको म्यानमारको शान्ति प्रमण्डलसँग ‘सेन्टर फर ह्युम्यानिटेरियन डायलग’ र ‘इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिज’ ले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री दाहालले भन्नुभयो – “नेपालको शान्ति प्रक्रिया विश्वमा […]


नेपाल–चीन सम्बन्ध सम्बन्धमा नयाँ आयाम थपियो : प्रम

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन सम्बन्धले नयाँ गति र आयाम थपेको बताउनुभएको छ । मित्र राष्ट्र चीन भ्रमण सकेर आज नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उहाँले चीन भ्रमणका अवरमा भएका उच्चस्तरीय भेटघाट र छलफलबाट आपसी विश्वास र समझदारी थप सुदृढ भएको बताउनुभयो । भ्रमणको मुख्य […]


बुद्धकृष्णद्वारा जिब्रो छेड्ने घोषणा

भक्तपुर, १६ चैत । मध्यपुरथिमिको बोडेमा परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष मध्यपुरथिमि–८ बोडेका ४५ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेड्ने घोषणा गर्नुभएको छ । आज कोरिया–नेपाल मैत्री अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा सोही अस्पतालका एम्बुलेन्स चालकसमेत रहेका श्रेष्ठले आफ्नो ठाउँको परम्परा लोप हुनबाट जोगाउन आफू जिब्रो छेड्न तयार रहेको बताउनुभयो । विगत […]


उम्मेदवार बन्न र कामको जिम्मेवारी लिनसक्ने गरी मतदाता शिक्षा दिँदैछ आयोग

नारायणप्रसाद न्यौपाने / काठमाडौँ, १६ चैत । निर्वाचन आयोगले यसपटकको मतदाता शिक्षा केवल मतदानका लागि मात्र नभएर उम्मेदवार बन्न र निर्वाचित भएपछि कामको जिम्मेवारी बहन गर्नसक्ने ढङ्गबाट प्रदान गर्ने भएको छ । त्यसका लागि आयोगले निर्वाचनसँग सम्बन्धित कानुन, निर्देशिकासहित ५४ लाख थान हाते पुस्तिका, पम्प्लेट र नमुना मतपत्रको मुद्रण गर्ने तयारी गरेको छ । आयोगका […]


फेरि सुरु हुँदै ‘न्यायो झोला उपहार कार्यक्रम’

काठमाडौँ, १६ चैत । स्वास्थ्य संस्थामा सुत्केरी हुन पे्ररित गरी आमा र शिशु मृत्युदर कम गर्ने उद्देश्यले सुरु गरिएको ‘न्यायो झोला उपहार’ कार्यक्रम पुनः सुरु हुने भएको छ । चालु आर्थिक वर्षको सरकारको कार्यक्रममा नपरेको न्यानो झोला कार्यक्रम यही महिनादेखि सुरु हुने भएको छ । स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महाशाखाले देशभरका सबै जिल्लाका स्वास्थ्य संस्थामा […]


आर्थिक वृद्धि छ दशमलब दुई प्रतिशत हुने एडिबीको प्रक्षेपण

काठमाडौँ, १५ चैत । एसियाली विकास बैंक (एडिबी)ले सन् २०१७ मा ५.२ देखि ६.२ प्रतिशतको बीचमा मुलुकको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । बैंकले आज यहाँ पत्रकार सम्मेलन गरेर आर्थिक वर्ष २०७३÷७४ मा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि (आधार मूल्यमा) त्यति हुने अनुमान गरेको हो । मुद्रास्फीति सरकारी लक्ष्यभन्दा कम ६.० प्रतिशतदेखि ६.५ प्रतिशतको […]


पूर्वाधार नबन्दा स्वर्गद्वारी पुग्ने भक्तजन समस्यामा (आलेख)

कुमार चौलागाई / प्यूठान, १५ चैत । पूर्वाधारको उचित व्यवस्था नहुँदा स्वर्गद्वारी तपोभूमि क्षेत्रको दर्शन गर्न जाने स्वदेशी तथा विदेशी भक्तजन समस्यामा पर्ने गरेका छन् । स्वर्गद्वारी क्षेत्रमा जाने भक्तजन तथा श्रद्धालुका लागि आवास, यातायात तथा पूजा प्रसादको उपलब्धतालगायतका समस्या लामो समयदेखि हुँदै आए पनि त्यसको पूर्ति गर्नेतर्फ पहल नहुँदा त्यहाँ जाने भक्तजन समस्यामा पर्ने […]


प्रविधिमैत्री बन्न हुलाकले ल्यायो ‘पिआइटिएस’ पद्धति

काठमाडौँ, १५ चैत । गोश्वारा हुलाक कार्यालयले ‘पोष्टल इन्टर्नल ट्रयाकिङ सिस्टम’(पिआइटिएस) सञ्चालनमा ल्याएको छ । दुई महिनाको परीक्षणपछि आजदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याइएको उक्त पद्धतिबाट ग्राहकले काउन्टरमा दर्ता गर्न ल्याएदेखि आफ्नो सामान कहाँसम्म पुग्यो भनी सहज जानकारी प्राप्त सक्नेछन् । पहिलो चरणमा उपत्यकाका तीन जिल्लासहित झापा, मोरङ, चितवन, गुल्मी, पाल्पा, कास्की, सल्यान र बाँके जिल्लामा […]


नेपाल बङ्गलादेशसँग ८३ रनले पराजित

काठमाडौँ, १५ चैत । बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ८३ रनले पराजित भएको छ । बङ्गलादेशको शेख कमल स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बङ्गलादेशले नेपालसामु २५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपाल ४२ दमलव ३ ओभरमा सबै विकेट गुमाउँदै […]


‘दयाराम परियार स्मृति मानवअधिकार सम्मान’ राम र खानलाई

काठमाडौँ, १५ चैत । राष्ट्रिय मानवअधिकार आयोगले ‘दयाराम परियार स्मृति मानव अधिकार सम्मान’ दलित तथा भूमिहीन अधिकारका क्षेत्रमा क्रियाशील सिरहाका बलदेव राम र महिला, बालबालिका तथा असहाय अधिकारका क्षेत्रमा क्रियाशील उदयपुरकी नजबुल खानलाई प्रदान गरिने घोषणा गरेको छ । सो सम्मान आयोगको स्थापना दिवस आगामी जेठ १३ गते प्रदान गरिनेछ । आयोगले सुरक्षाकर्मीको गोली लागेर […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter