समाचार

अन्तर्राष्ट्रिय काव्य महोत्सवमा नेपाली कवि

काठमाडौँ, १६ फागुन । निकारागुवामा भएको ‘तेह्राँै ग्रालाडा अन्तर्राष्ट्रिय काव्य महोत्सव’मा नेपालका वरिष्ठ कवि तुलसी दिवसले भाग लिई कविता वाचन र सांस्कृतिक सम्पदाबारे विचार प्रस्तुत गर्नुभएको छ । विश्वका छ महादेशका करिब १७० मुलुकका विशिष्ठ कविहरुको सहभागिता रहेको सो सम्मेलनमा निरन्तर कविता वाचन (म्याराथुन पोइट्री रिडिङ), सडक, विभिन्न शिक्षालयका कविता वाचन, विचार विमर्श, पुस्तक, लोक […]


विपन्नका लागि बरदान बन्दै सामुदायिक वन

म्याग्दी, १६ फागुन । म्याग्दीका दुर्गम गाउँ बस्तीमा रहेका सामुदायिक वन विपन्न वर्गको जीवनस्तर उकास्नका लागि बरदानसावित भएका छन् । वन पैदावारको प्रयोग र त्यसबाट प्राप्त आम्दानीलाई कोषको रुपमा जम्मा गर्न थालेपछि सामुदायिक वन उपभोक्ता समितिले ग्रामीण वित्तीय संस्थाका रूपमा लोकप्रियता कमाउँदै आएका हुन् । जिल्ला वन कार्यालयका अनुसार जिल्लामा गठन भएका २५७ वटा सामुदायिक […]


डेनमार्कका राजकुमार गोरखामा

गोरखा, १५ फागुन । दशदिने अनौपचारिक भ्रमणका लागि नेपाल आउनुभएका डेनमार्कका राजकुमार योकिम हेल्गर वाल्दीमार क्रिश्चियनले भूकम्पपछि गोरखाको खोप्लाङ र गाँखु गाविसमा खाद्य सुरक्षा, भूकम्पपीडितको जीविकोपार्जनको अवस्था र पुनःनिर्माणको अवस्थाबारे आज अवलोकन भ्रमण गर्नुभएको छ । केयर नेपाल र डेनमार्क दूतावासको आमन्त्रणमा नेपाल आउनुभएका राजकुमारले गोरखाको खोप्लाङस्थित पुतलीखेतमा खोप्लाङ महिला कृषि सहकारीले केयरको आर्थिक सहयोगमा […]


नेपालमा गैससको छविमा सामान्य सुधार; घिसिङ सम्मानित

काठमाडौँ, १५ फागुन । गैरसरकारी संस्थाको दिगोपन सूचक मापन प्रतिवेदनले नेपालको नागरिक समाज संस्थाको सार्वजनिक छविमा सामान्य सुधार देखाएको छ । गत वर्षको भूकम्पपछिको राहत र पुनःस्थापना कार्यमा गैरसरकारी संस्थाले गरेको सामाजिक सेवाका कारण अघिल्लो वर्षको तुलनामा ती संस्थाको छवि सुधार देखिएको हो । तर समग्रमा अनय मुलुकको तुलनामा नेपाल पछाडि नै देखिन्छ । गोगो […]


एसियाली विकास बैंक नेपालको विकासका परियोजनामा लगानी बढाउँदै

काठमाडौँ, १५ फागुन । एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारले प्राथमिकता निर्धारण गरेका विकास निर्माणका परियोजनामा उल्लेख्यमात्रामा लगानी बढाउने भएको छ । सरकार, एडिबी र ती दुवै निकायको समन्वयमा नेपालमा सञ्चालित विकासका परियोजनाका चुनौती र भावी योजनाबारे छलफल गर्न यहाँ आज आयोजित त्रिपक्षीय समीक्षा बैठकमा त्यस्तो जानकारी दिइएको हो । बैंकले आगामी तीन वर्षका लागि […]


पशुपतिबाट साधुसन्तलाई बिदाइ

काठमाडौँ, १५ फागुन । महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिरमा आएका साधुसन्तलाई बिदाइ गरिएको छ । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले आज मन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा संस्थानका तर्फबाट पशुपतिनाथ मन्दिर परिसर, राम मन्दिर, मृगस्थली गोरखनाथ, भष्मेश्वर र निर्मल अखडालगायतका क्षेत्रमा बसेका साधुसन्तलाई बिदाइ गरिएको हो । फागुन ११ गते बुधबार एकादशीका दिन संस्थानका तर्फबाट […]


ग्रामीण क्षेत्रका बालबालिकामा शिक्षाको पहुँच बढाउन राष्ट्रपतिको जोड

काठमाडौँ, १४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलोदय माध्यामिक विद्यालयको स्वर्ण जयन्तीका अवसरमा विद्यालयद्वारा आज आयोजित विशेष समारोहमा स्वर्णसरस्वती स्तम्भ तथा नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । काठमाडौँको प्रमुख प्रवेशद्वार हाल चन्द्रगिरी नगरपालिका– ५ थानकोटमा रहेको सो विद्यालयले विसं २०२३ देखि मावि तहको अध्ययन अध्यापनको सुरुवात् गरेको थियो । गतवर्षको विनाशकारी भूकम्पले विद्यालयको भवनमा क्षति पु¥याएपछि […]


उपत्यकाका नदीबाट छब्बीस मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, १४ फागुन । उपत्यकाका प्रमुख नदी सफाइ गरी २६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको १९८ औँ हप्तामा आज कोटेश्वर महादेव मन्दिरक्षेत्रको नदीमा सफाइ गरी १४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य नारायण श्रेष्ठले बताउनुभयो । सफाइमा अधिकार सम्पन्न बागमती समिति, काठमाडौँ […]


भूकम्पपीडितको लगत सङ्कलन कार्य तीव्र

चितवन, १४ फागुन । चितवनमा करिब डेढ महिनाको अवधिमा आठ हजार ५०० भूकम्पपीडितको लगत सङ्कलन भएको छ । भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि सुरु भएको पुनः लगत सङ्कलनका क्रममा आजसम्म जिल्लामा करिब आधा काम सकिएको जिल्ला लगत सङ्कलन तथा व्यवस्थापन कार्यालय चितवनका संयोजक जीवनाथ आचार्यले जानकारी दिनुभयो । ‘डेढ महिनाको अवधिमा हामीले करिब आठ हजार […]


डेनमार्कका राजकुमार नेपालमा

काठमाडौँ, १३ फागुन । केयर नेपाल र डेनमार्क दूतावासको विशेष आमन्त्रणमा डेनमार्कका राजकुमार योकिम होल्गर बाल्दीमार क्रिश्चियन दशदिने नेपाल भ्रमणमा आउनुभएको छ । केयर नेपाल र डेनिस राजदूतावासको निमन्त्रणमा उहाँ यही फागुन २२ गतेसम्म आज नेपाल भ्रमणमा आउनुभएको केयर नेपालका कार्यक्रम निर्देशक डा पपुलर जेन्टलले जानकारी दिनुभयो । राजकुमार योकिमले काभ्रेपलाञ्चोक, गोरखा, तनहुँु, स्याङ्जा, कास्की, […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter