समाचार

एसीसी इमर्जिङ टिम्स क्रिकेट : पाकिस्तानसँग नेपाल ६ विकेटले पराजित

काठमाडौँ, १४ चैत । एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ । बङ्गलादेशको शेख कमाल अन्तर्राष्ट्रिय खेल मैदानमा आज टस हारेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो । पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग नेपालले निर्धारित ५० ओभर पुरै खेल्दै नौ विकेटको क्षतिमा एक सय ८० रन बनायो […]


उपप्रधानमन्त्री निधिद्वारा मृतकका परिवारलाई चेक हस्तान्तरण; राष्ट्रियताका लागि संविधान : उपप्रम निधि

विराटनगर, १४ चैत । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले भारतीय एसएसबीको गोली प्रहारबाट मृत्यु भएका मोरङको अमाही बरियाती–७ स्थित खयरबनका वासुदेव साहकी धर्मपत्नी उर्मिलादेवी साहलाई सरकारको तर्फबाट राहतस्वरुप आज रु दस लाखको चेक हस्तान्तरण गर्नुभयो । जिल्ला प्रशासन कार्यालय मोरङको कार्यालयमा आयोजित सो चेक हस्तान्तरण कार्यक्रममा पूर्वान्चलका क्षेत्रीय प्रशासक राजेश्वरमान श्रेष्ठ, प्रहरी नायव महानिरीक्षक रमेशप्रसाद […]


‘नीतिगत सुधारले वैदेशिक लगानीको वातावरण बन्यो’

काठमाडौँ, १४ चैत । सरकारले आर्थिक समृद्धिको योजनालाई केन्द्रबिन्दुमा राखेर नीतिगत सुधार एवम् समयानुकूल संशोधन गरेपछि वैदेशिक लगानीका लागि नेपाल उपयुक्तस्थलका रुपमा विकास भएको यहाँ आज आयोजित कार्यक्रममा जानकारी दिइयो । सरकारले आर्थिक समृद्धि एवम् विकासको कामलाई पहिलो प्राथमिकतामा राखेको र कानुनी अड्चन तथा अन्य प्राविधिक समस्यालाई पनि क्रमशः घटाउँदै लगेका कारण विदेशी लगानी भित्रने […]


तोकेको मितिमा निर्वाचन गराउन आयोग तयारः आयुक्त साह; मतदाता शिक्षा क्षेत्रीय प्रशिक्षक प्रशिक्षण

बुटवल, १३ चैत । निर्वाचन आयुक्त सुधीरकुमार साहले सरकारले तोकेको मितिमा निर्वाचन गराउन निर्वाचन आयोग पूर्ण तयारीका साथ लागेको बताउनुभएको छ । उहाँले निर्वाचन सम्पन्न गर्नका लागि चाहिने समयभन्दा निकै कम समयभित्र निर्वाचन गराउने गरी सरकारले तोकेको मितिमा पनि आयोग निर्वाचन गराउन सक्षम रहेको बताउनुभएको छ । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि निर्वाचन तयारीका […]


विवाहमा पाँचसयलाई भोज÷एकसय पचास जन्ती लान पाइने

नारायण न्यौपाने / काठमाडौँ, १३ चैत । संसदीय समितिले विवाहमा ५०० जनालाई भोज खुवाउन सकिने प्रावधान समेटेर सामाजिक व्यवहार सुधार विधेयक पारित गरेको छ । व्यवस्थापिका–संसद्को राज्य व्यवस्था समितिको आजको बैठकले विवाहबाहेक अन्य सामाजिक व्यवहारमा गरिने भोजमा २५१ जनाको सीमा तोकेको छ । उक्त विधेयकले १५० जना जन्ती वा बरियात लानसक्ने व्यवस्थालाई पनि स्वीकारेको छ […]


पुनःनिर्माणसम्बन्धी मापदण्डलाई व्यावहारिक बनाइयो

काठमाडौँ, १३ चैत । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माण प्राविधिक निरीक्षण कार्यविधिमा रहेका केही अव्यवहारिक प्रावधानलाई परिमार्जन गर्ने निर्णय गरेको छ । कार्यविधिमा रहेका केही अव्यवहारिक प्रावधानका कारण पहिलो किस्ता लिइसकेका लाभग्राही थप अनुदान लिन नआएपछि प्राधिकरणले प्राविधिक निरीक्षण पुस्तिकामा रहेको कडा मापदण्डलाई सच्याएर व्यावहारिक बनाउने निर्णय गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख […]


टर्बाइन मर्मत गर्ने जनशक्तिको अभाव

काठमाडौँ, १३ चैत । जलविद्युत् आयोजनामा विद्युत् उत्पादनका लागि जडान गरिने टर्बाइन बिग्रियो भने मर्मत गर्ने जनशक्तिको अभाव रहेको पाइएको छ । नेपालमा एकपछि अर्को गर्दै जलविद्युत् आयोजनाको निर्माण प्रक्रियाले गति लिए पनि मर्मत गर्ने जनशक्ति र प्रविधिको अभावले बर्सेनि करोडौँ रकम बाहिरिने गरेको छ । सामान्य समस्या आउँदा समेत त्यसलाई हेर्ने र मर्मत गर्ने […]


‘सीमामा कुनै पनि अतिक्रमण सरकारलाई स्वीकार्य हुँदैन’: निधि; सहिद परिवारलाई काँग्रेसको रु सात लाख सहयोग

शेरबहादुर सिंह / कञ्चनपुर, १२ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सिमानामा हुने कुनै पनि अतिक्रमण र हस्तक्षेप सरकारलाई स्वीकार्य नहुने बताउनुभएको छ । सोह्र दिनअघि कल्भर्ट निर्माणका विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीको गोली लागेर सहादत प्राप्त गर्नुभएका कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारका गोविन्द गौतमका परिवारलाई सरकारले घोषणा गरेको राहत रकम हस्तान्तरण गर्न यहाँ […]


मतदाता शिक्षाका लागि एक्काइस हजार कार्यकर्ता तयार गरिने; निर्वाचनको तयारी तीव्र गतिमा – निर्वाचन आयुक्त यादव

प्रकाश सिलवाल / काठमाडौँ, १२ चैत । निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि देशका आठ स्थानमा मतदाता शिक्षा कार्यक्रमअन्तर्गत कुल २१ हजार जना मतदाता शिक्षा कार्यकर्ता तयार गर्ने भएको छ । स्थानीय सरकारको नयाँ संरचना, समावेशी पद सङ्ख्यासहितको मतपत्रको ढाँचा र यसबारे आम जनतामा पर्याप्त जानकारी नहुँदा मतदाता शिक्षामा चुनौती देखिएको बेला आयोगले सो मतदाता शिक्षा […]


महिलालाई आत्मनिर्भर बनाउँदै राष्ट्रपति उत्थान कार्यक्रम

प्रेम रौले / बाजुरा, १२ चैत । पहिलोपटक राष्ट्रपति उत्थान कार्यक्रमको तीन महिने हाते होजियारी तालिम यहाँ सुरु भएको छ । कार्यक्रमले जिल्लामा रहेका विपन्न तथा पिछडिएका महिलालाई पुरुषसरह बनाउन यो कार्यक्रम लागू भएको हो । राष्ट्रपति उत्थान कार्यक्रमको तीन महिने तालिम लिन आएकी एक सहभागी हुन् बाँधु गाविस–६ की राधिका अधिकारी । उनी अहिले […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter