
चितवन, १९ चैत । दुर्लभ एकसिङ्गे गैँडा मारेर खाग बिक्री गरी सात वर्षदेखि फरार रहेका एक अभियुक्तलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरी जेल चलान गरेको छ । निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार नवलपरासीको साविक कोल्हुवा गाविस–३ सेतेपानीका ४२ वर्षीय दुर्गा रानामगरलाई पक्राउ गरी शुक्रबार जेल चलान गरिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार […]

काठमाडौँ, १९ चैत । सरकारले होमियोप्याथिक चिकित्सालाई आयुर्वेदिक तथा पूरक चिकित्सा नीतिमा समावेश गर्नु असान्दर्भिक भएको सम्बन्धित चिकित्सकले बताएका छन् । आज रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै होमियोप्याथिक चिकित्सा विकास एवम् विस्तार सङ्घर्ष समितिले विश्व स्वास्थ्य सङ्गठनले यस पद्दतिलाई वैकल्पिक तथा पूरक चिकित्सा अन्तर्गत राखेको भए पनि सरकारले भने आयुर्वेद तथा पूरक चिकित्सा भनी आयुर्वेद […]

काठमाडौँ, १८ चैत । निर्वाचन आयोगले स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुनेमा अब कुनै शङ्का नगर्न सबैमा आह्वान गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा खटिने मुलुकका चारवटै सुरक्षा निकायका लागि प्रदान गरिएको निर्वाचन र सुरक्षा विषयक प्रशिक्षण कार्यक्रममा आयोगका तर्फबाट सो आग्रह गरिएको हो । […]

काठमाडौँ, १८ चैत । विवादित विषयमा सहमति गरी संविधान संशोधन प्रक्रियालाई अघि बढाउन सत्तारुढ दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा लचक रुपमा प्रस्तुत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकमा मोर्चाको मागलाई सम्बोधन गर्न संविधान संशोधनको परिमार्जित प्रस्ताव तयार गर्ने भनिए पनि सत्तापक्षकै कतिपय शीर्ष नेताको उपस्थिति नभएकाले सहमति जुट्न सकेन […]

काठमाडौँ, १८ चैत । सञ्चारमाध्यमले मानसिक स्वास्थ्यका विषयमा जनतालाई सुसूचित गराउन भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । प्रेस काउन्सिल नेपालले मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने ‘कोसिस’ नामक संस्थासँगको सहकार्यमा यहाँ आज आयोजना गरेको कार्यक्रममा काउन्सिलका निवर्तमान अध्यक्ष बोर्णबहादुर कार्कीले अझै पनि मानसिक रोग लागे निको हुन्न भन्ने भम्र रहेकाले उपचार गराए निको हुन्छ भन्ने […]

काठमाडौँ, १८ चैत । काठमाडौँ महानगरपालिकाले तत्काल सुधार गर्नेगरी ३० बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । काठमार्डाैँ महानगरपालिकाले यहाँ आज आयोजना गरेको कार्यक्रममा महानगरका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले तत्काल गर्न सकिने ३० कार्ययोजना सार्वजनिक गर्नुभएको हो । कार्ययोजनामा दिगो फोहरमैला व्यवस्थापन, नक्सा पास र घर निर्माण इजाजतलाई व्यवस्थित गर्ने, नदी किनारा र अन्य […]

काठमाडौँ, १८ चैत । हिमालय क्षेत्रमा भूकम्प कसरी जान्छ र यस्तो अवस्थामा भौगोलिक बनावट कसरी सक्रिय रहन्छलगायतका विषयवस्तुमा आधारित भएर तस्बिरमा ‘गोरखा भूकम्प–२०७२’ नामक पुस्तक सार्वजनिक भएको छ । भिएसओ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक एवम् प्राविधिक सहयोगमा सेन्टर फर डिजास्टर एन्ड क्लाइमेट चेन्ज स्टडिज नामक संस्थाले प्रकाशनमा ल्याएको उक्त पुस्तकमा भूकम्प जाने प्रक्रिया, भूकम्पका […]

प्रकाश सिलवाल / काठमाडौँ, १७ चैत । “तपाईँहरुको शान्ति प्रक्रिया यति छिट्टै कसरी सफलतामा पुग्यो ?” म्यानमाका नेसनल लिबरेसन अर्गनाइजेसनका कर्णेल खुन ओकरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अन्य पार्टीका नेता र विज्ञसँग उत्साहका साथ यस्तै जिज्ञासा राखिरहेका छन् । ‘सेन्टर फर ह्युम्यानिटेरियन डायलग’ र ‘इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिज’ को निमन्त्रणामा नेपालको शान्ति प्रक्रियाको अध्ययनमा […]

काठमाडौँ, १७ चैत । संयुक्त राष्ट्र सङ्घको दिगो विकास लक्ष्य २०३० कार्यान्वयनका लागि सरकारले गठन गरेका उच्चस्तरीय संयन्त्रमा आफ्नो सहभागिता हुनुपर्ने माग विभिन्न गैह्रसरकारी संघसंस्थाले गरेका छन् । आज संयुक्त विज्ञप्ति जारी गरी ती संस्थाहरुले राष्ट्र सङ्घले पनि नौ वटा मुख्य समूहको रुपमा मान्यता दिएर विभिन्न सरोकारवाला पक्षलाई सबै प्रक्रियामा सहभागिता गराउँदै आएकोमा नेपाल सरकारबाट […]

काठमाडौँ, १७ चैत । बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई सात विकेटले पराजित गरेको छ । हङकङले दिएको २१५ रनको लक्ष्य नेपालले ४२ दशमलव २ ओभरमा तीन विकेट गुमाउँदै पुरा ग¥यो । दीपेन्द्रसिंह ऐरीले छक्का प्रहार गर्दै नेपाललाई प्रतियोगितामा सान्त्वना जित दिलाएका हुन् । बङ्गलादेशको कक्स बजार स्टेडियममा […]