
चितवन, २२ चैत । सडक विस्तारको काम भइरहेका नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भित्तो काटिएका ठाउँमा सचेतता अपनाउनुपर्ने देखिएको छ । साँघुरा सडक भएका ठाउँमा विस्तारका लागि अग्ला डाँडाको भित्तो काटेर सडक विस्तार गरिँदैछ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार नारायणगढबाट मुग्लिनतर्फ १६ किमी दूरीमा दुई सय मिटर, २२ किमी घुमाउनेमा दुई सय मिटर र कालीखोलादेखि […]

काभ्रेपलाञ्चोक, २१ चैत । नेपाली सेना र संयुक्तराज्य अमेरिकी सेनाको प्रशान्त कमाण्डको संयुक्त आयोजनामा काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन भएको अभ्यास ‘शान्ति प्रयास–तेस्रो’ विशेष समारोहकाबीच सम्पन्न भएको छ । आज आयोजित समापन समारोहमा रक्षामन्त्री बालकृष्ण खाँणले उक्त अभ्यासले शान्ति स्थापना कार्यमा संयुक्त राष्ट्र सङ्घबाट तोकिएको जिम्मेवारी सफलतापूर्वक कार्यान्वयन गर्न शान्ति […]

काठमाडौँ, २१ चैत । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले आइतबार व्यवस्थापिका– संसद्को अन्तर्राष्ट्रि«य सम्बन्ध तथा श्रम समितिले लगाएको आरोप प्रमाणित गर्न चुनौती दिनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री महतले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि पत्र पठाइएको विषयलाई व्यक्तिगत रुपमा आफूलाई लक्ष्य गरी समितिले आरोप लगाएर निर्णय गरेको बताउनुभयो । “समिति […]

नुवाकोट, २१ चैत । तारुकाको मोही किसानले प्रयोग गर्दैै आएका जग्गा त्यहाँका मुखिया (स्वघोषित अगुवा)ले नियन्त्रणमा लिएका छन् । तार्केश्वर गाउँपालिका वडा नं ३ का २३ घरघुरी किसानले उपभोग गर्दै आएका करिब एक सय रोपनी जग्गा मुखिया भनाउने गाउँका पहुँचवालाले झन्डा गाडेर आफ्नो नियन्त्रणमा लिएका छन् । शिवालय गुठी र किसानको संयुक्त नाममा रहेको सो […]

काठमाडौँ, २१ चैत । ग्रामीण क्षेत्रमा गरिबी निवारण गर्न भनेर स्थापित सहकारी तथा गरिबी निवारण मन्त्रालय आफैँ गरिब भएको छ । अर्थमन्त्रालयले सो मन्त्रालयलाई गरिबी निवारण कार्यक्रम सञ्चालन गर्न भनेजति रकम विनियोजन नगरेपछि र गरिबी निवारणसम्बन्धी कार्यक्रम आफ्ना मन्त्रालयको भन्दा अरु मन्त्रालयको प्राथमिकता भएका कारण दिनप्रतिदिन गरिबी निवारण मन्त्रालय झन गरिब भन्दै गएको हो । […]

काठमाडौँ, २० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षासम्बन्धी नीतिको स्वतन्त्र र निष्पक्ष ढङ्गले कार्यान्वयन भए कि भएनन् भन्ने अनुगमन गर्न राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयलाई निर्देशन दिनुभएको छ । सचिवालयको आज यहाँ आयोजित १६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय सुरक्षा नीति, २०७३ को कार्यान्वयनको अनुगमन र मूल्याङ्कन गर्ने महत्वपूर्ण जिम्मेवारी सुरक्षा परिषद्ले पाएको […]

काठमाडौँ, २० चैत । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले रेडियो नेपाल रुग्ण संस्था नभई अब प्रतिपर्धी सक्षम संस्था भएको बताउनुभएको छ । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) को ६७ औँ वार्षिक उत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री कार्कीले रेडियो नेपालले आफूलाई प्रतिपर्धी बनाउन काम गरेर देखाउनुपर्नेमा जोड दिनुभयो । रेडियो नेपालले मुलुकको […]

कमल खत्री / म्याग्दी, २० चैत । पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले म्याग्दीलाई समेटेको छैन । यद्यपि यस लोकमार्गको बागलुङ खण्डको विकल्पका रुपमा म्याग्दीको बेनी–दरबाङ हुँदै ढोरपाटन जोड्ने सडकलाई लिइएको छ । मध्यपहाडी लोकमार्गको सडक विस्तार बेनी–दरबाङ हुँदै हुनुपर्ने भए पनि जिल्लाको केन्द्रीय तहमा पहुँच पुग्न नसक्दा यसअघि उक्त सडकको म्याग्दी हुँदै विस्तार […]

बिर्तामोड, २० चैत । वीरता जेसीजले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई २०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको छ । उनीहरुको अभियानलाई सघाउन रकम सङ्कलन समेत थालिएको छ । झापा गौरादह घर भई कलाकारिता क्षेत्रमा ख्याती प्राप्त गर्नुका साथै भूकम्पपीडितको घर निर्माण अभियानमा योगदान गरेबापत धुर्मुस– सुन्तलीलाई सम्मान गर्न लागिएको हो । […]

पोखरा, १९ चैत । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने भएकाले अब चुनाव हुदैँन की भन्ने आशङ्का नगर्न सबैसँग आग्रह गर्नुभएको छ । जिल्ला समन्वय समिति कास्कीबाट स्थानीय तह कार्यान्वयनको अवस्था, विकास निर्माणका गतिविधि र स्थानीय निर्वाचनको तयारीबारे जानकारी लिएपछि उहाँले असन्तुष्ट आन्दोलनरत दललाई चुनावमा […]