समाचार

मतदाता शिक्षाका लागि एक्काइस हजार कार्यकर्ता तयार गरिने; निर्वाचनको तयारी तीव्र गतिमा – निर्वाचन आयुक्त यादव

प्रकाश सिलवाल / काठमाडौँ, १२ चैत । निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि देशका आठ स्थानमा मतदाता शिक्षा कार्यक्रमअन्तर्गत कुल २१ हजार जना मतदाता शिक्षा कार्यकर्ता तयार गर्ने भएको छ । स्थानीय सरकारको नयाँ संरचना, समावेशी पद सङ्ख्यासहितको मतपत्रको ढाँचा र यसबारे आम जनतामा पर्याप्त जानकारी नहुँदा मतदाता शिक्षामा चुनौती देखिएको बेला आयोगले सो मतदाता शिक्षा […]


महिलालाई आत्मनिर्भर बनाउँदै राष्ट्रपति उत्थान कार्यक्रम

प्रेम रौले / बाजुरा, १२ चैत । पहिलोपटक राष्ट्रपति उत्थान कार्यक्रमको तीन महिने हाते होजियारी तालिम यहाँ सुरु भएको छ । कार्यक्रमले जिल्लामा रहेका विपन्न तथा पिछडिएका महिलालाई पुरुषसरह बनाउन यो कार्यक्रम लागू भएको हो । राष्ट्रपति उत्थान कार्यक्रमको तीन महिने तालिम लिन आएकी एक सहभागी हुन् बाँधु गाविस–६ की राधिका अधिकारी । उनी अहिले […]


समृद्ध विश्व निर्माणका लागि समावेशिता, सहकार्य र स्वतन्त्रता अपरिहार्य : प्रधानमन्त्री दाहाल; प्रधानमन्त्री दाहाल आज बेइजिङमा

काठमाडौँ, १२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वलाई अझ समृद्ध बनाउन समावेशिता, सहकार्य, स्वतन्त्रता र मतमतान्तरको अन्त्य अपरिहार्य भएको बताउनुभएको छ । एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनलाई आज चीनको बोआओमा सम्बोधन गर्दै उहाँले भन्नुभयो — “समृद्ध विश्व निर्माणका लागि एकांकीपन नभई सहभागिता, व्यवधान नभई सम्बन्ध सेतुको विस्तार, संरक्षणवादको साटो सहकार्य र निर्भयपूर्वक स्वतन्त्र […]


केरुङदेखि काठमाडौँ तथा पोखरासम्मको रेल्वे निर्माण विषयमा छलफल

काठमाडौँ, ११ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र चीनका उपप्रधानमन्त्री झाङ गोलीबीच केरुङदेखि काठमाडौँ तथा पोखरासम्मको रेल्वे निर्माण, ऊर्जा विकास, पूर्वाधार विकास, तातोपानी नाका पुनःसञ्चालन र दुई देशबीचका अन्य नाका सञ्चालन गर्ने विषयमा आज छलफल भएको छ । एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन आज हाइनान प्रान्तको बोआओ पुग्नुभएका प्रधानमन्त्री दाहालले चीनका उपप्रधानमन्त्री […]


सुरक्षा प्रबन्धका विषय अझ राम्रो बनाएर लैजाने सहमति; राष्ट्रपतिसँग चिनियाँ रक्षामन्त्रीको भेट

काठमाडौँ, ११ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच आज भएको भेटवार्तामा दुई देशबीच आर्थिक विकास तथा समृद्धि, द्विपक्षीय विकासका आयाम र सुरक्षा प्रबन्धका विषय अझ राम्रो बनाएर लैजाने विषयमा सहमति भएको छ । गृहमन्त्रालयमा भएको भेटमा दुई देशबीच सडकको सञ्जालको विकासमार्फत आबद्धता बढाउने तथा सुरक्षा […]


आवास निर्माण गर्न दोस्रो किस्ताबापतको रु पाँच करोड ८३ लाख वितरण;  प्राधिकरणमा प्रगति विवरण देखाउन गलत तथ्याङ्कको सहारा

  काठमाडौँ, ११ चैत । नेपाल रेडक्रस सोसाइटीले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका तीन सय ८९ घरधुरीलाई हालसम्म निजी आवास निर्माण गर्न दोस्रो किस्ताको बापतको रकम वितरण गरेको छ । दोस्रो किस्ताबापतको रु एक लाख ५० हजारका दरले हालसम्म रु पाँच करोड ८३ लाख वितरण गरेको सोसाइटीद्वारा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रमले जनाएको छ । विभिन्न देशका […]


नर्कोसी भिडियो सेवा सुरुवात

काठमाडौँ, ११ चैत । अस्ट्रेलिया मा स्थापित सूचना प्रबिधि मा खोज तथा उत्पादन गर्ने सस्था बुनेशा इन्टरनेसनल द्वारा संचालित नर्कोसी डट कमले आफ्नो स्थापनाको दोश्रो वर्ष सुरु हुदा निकै महत्वपूर्ण कामहरु गरेको छ | नेपाली भाषाको अनलाइन पत्रकारिताको प्रबर्दन गर्न यो वर्ष देखि नेपालको प्रेस काउन्सिल संग अनलाइन क्लिपिंग का लागि सहकार्य सुरु भएको छ […]


बोआओ मञ्चमा भाग लिन प्रम चीन प्रस्थान

काठमाडौँ, १० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन आज राति चीनको हैनान प्रान्तको बोआओ सहरतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्रीको बिदाइका लागि उपप्रधानमन्त्री विमलेन्द्र निधि र कमल थापा, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालका लागि चिनियाँ राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिलगायत त्रिभुवन […]


दिगो विकासका लक्ष्यको प्रभावकारी कार्यान्वयनका लागि उच्चस्तरीय समिति गठन

काठमाडौँ, १० चैत । सरकारले दिगो विकासका लक्ष्य कार्यान्वयनको संयोजन र प्रभावकारिताका लागि विभिन्न नौ समिति गठन गरेको छ । राष्ट्रिय योजना आयोगका अनुसार समितिले आ–आफ्नो काम तथा कार्यसर्त आफँै व्यवस्थित गर्ने र आवश्यकताअनुसार सरकारी पदाधिकारी, निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिलाई आमन्त्रित सदस्यका रुपमा बोलाउन र सहभागी गराउन सक्नेछन् । सहश्राब्दी विकास लक्ष्य तथा […]


निर्वाचनसँगै मतदाता शिक्षा पनि; हरेक मतदाता तथा उम्मेदवारलाई सुरक्षा दिइने; मतपत्र छपाइ जारी

हेटौँडा, १० चैत । आगामी वैशाख ३१ हुने स्थानीय निकायको निर्वाचनबारे जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जिल्लाका सरोकार निकायसँग आज छलफल गरेको छ । जिल्ला निर्वाचन कार्यालयले विभिन्न राजनीतिक दल, गाउँपालिकाका प्रमुख, जिल्ला प्रशासन कार्यालय , जिविस, चारै सुरक्षा निकाय प्रमुख र गैरसरकारी संस्थाका प्रतिनिधिसँग निर्वाचन आचारसंहिता पालना, मतदाता शिक्षा कार्यक्रमसम्बन्धी विविध विषयमा छलफल गरेको हो […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter