समाचार

रु तीन अर्बभन्दा बढीको लगानी प्रतिबद्धता

काठमाडौँ, २३ माघ । ‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराका साथ ऊर्जा मन्त्रालयले अगाडि बढाएको अभियानमा हालसम्म रु तीन अर्ब तीन करोड ३१ लाख ११ हजारको प्रतिबद्धता आएको छ । ऊर्जा मन्त्री जनार्दन शर्माको सचिवालयले आज जारी गरेको प्रेस नोटअनुसार दैनिक प्रतिबद्धता जनाउने क्रम बढ्दै गएको उल्लेख गरिएको छ । अनलाइनमार्फत हालसम्म व्यक्तिगततर्फ २७ हजार […]


भूकम्प प्रभावित सबै गाउँमा दक्ष कामदारका लागि तालिम दिइने

काठमाडौँ, २३ माघ । भूकम्पपछिको पुनःनिर्माणमा दक्ष कामदारको अभाव हुन नदिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले प्रभावित जिल्लाका सबै गाउँमा तालिम सञ्चालन गर्ने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले आज यहाँ आयोजना गर्नुभएको सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा नेपाली सेनाका २०० प्राविधिकलाई प्रशिक्षक प्रशिक्षण दिइरहेको जानकारी दिनुभयो । “दक्ष कामदार बढाउन प्राधिकरणका एकजना कार्यकारी […]


तेइस लाखद्वारा नारायणहिटी सङ्ग्रहालयको अवलोकन

काठमाडौँ, २३ माघ । नारायणहिटी दरबार सङ्ग्रहालयमा हालसम्म २३ लाख १५ हजार सात सय सात स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेका छन् । विसं २०६५ फागुन १४ गतेदेखि नारायणहिटी दरबार सङ्ग्रहालय खुलेपछि विसं २०७३ को पुस मसान्तसम्म उक्त सङ्ख्याका पर्यटकले सङ्ग्रहालय अवलोकन गरेकामा सबैभन्दा धेरै नेपाली छन् भने विदेशी पर्यटकको संख्या कम छ । हरेक […]


माथिल्लो अरुणलाई कम्पनी ढाँचामा अगाडि बढाउने

काठमाडौँ, २२ माघ । सरकारले माथिल्लो अरुण जलविद्युत् आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाउने भएको छ । सो आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाउने लक्ष्यका साथ कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी दर्ता गरेको हो । यसका लागि नेपाल विद्युत् प्राधिकरणले अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी केही दिन पहिले कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गराएको हो । कम्पनी दर्ता भएपछि थप […]


युवा स्वरोजगारका लागि सात करोड भित्रिदै

तेह्रथुम, २२ माघ । तेह्रथुमका विभिन्न सहकारीमार्फत युवा स्वरोजगार कोष केन्द्रीय कार्यालयले रु सात करोड कर्जा दिने भएको छ । स्वरोजगार कोषसँग कर्जा माग गरी प्रस्ताव पेस गरेका सहकारीको अनुगमन गर्दै कोषले जिल्लालाई रु सात करोड भन्दा बढी रकम युवालाई कर्जा दिने जनाएको हो । जिल्लामा रहेर प्रस्ताव पेस गरेका दुग्ध, बहुद्देश्यीय, बचत तथा ऋण […]


पर्यटन प्रवद्र्धनका लागि घलेगाउँबाट पाठ सिक्नुपर्छ : राष्ट्रपति भण्डारी

लमजुङ, २२ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटन प्रवद्र्धनका लागि मुलुकले घलेगाउँबाट पाठ सिक्नुपर्ने बताउनुभएको छ । आज लमजुङको घलेगाउँमा निर्माण भएको पर्यटकीय सङ्ग्रहालय उद्घाटनका क्रममा बोल्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो । “घलेगाउँ रैथाने पर्यटनको राजधानीका रुपमा चिनिएको छ ।” राष्ट्रपति भण्डारीले भन्नुभयो – “यहाँका भेडीगोठ, प्राकृतिक सम्पदा र संस्कृति, राडीपाखीलगायतका स्थानीय उत्पादनले पर्यटकको […]


‘मेलम्चीको पानी नखाई धुलो खाएर मरिनेभो’

पुर्णप्रसाद मिश्र / काठमाडौँ, २१ माघ । ‘मेलम्चीको पानी वितरण गर्न सडक खनेर पाइप बिच्छ्याइदाको धुलो खाएर मरिनेभो, मेलम्चीको पानी पिउन नपाइनेभो’ सामाजिक सञ्जालमा यस किसिमका सन्देश बढेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकाका ४० स्थानमा अहोरात्र एक हजार २०० कामदार परिचालन गरेर पानी वितरणका लागि सडकमुनि पाइप हालिरहेको छ । […]


फोरजी प्रयोगमा चुनौती

हरि लामिछाने / काठमाडौँ, २१ माघ । आधुनिक प्रविधिमा आधारित पछिल्लो पुस्ताको दूरसञ्चार सेवाको अधिकतम प्रयोग हुन सकेको छैन । पछिल्लो पुस्ताको दूरसञ्चार सेवा भित्रिए पनि मुलुकका सबै क्षेत्रको एकसाथ स्तरोन्नति हुन नसक्दा प्रयोगमा चुनौती थपिएको हो । डेटामा आधारित सेवा दिने चुनौती टेलिकमले चौथो पुस्ताको इन्टरनेट (फोरजी) सुरु गरेसँगै थपिएको छ । इ–कमर्स, इ–गभर्नेन्स, […]


भूकम्पले जोखिम बढाएका बस्ती स्थानान्तरण गर्न समिति

काठमाडौँ, २१ माघ । भूकम्पले जोखिम बढाएका बस्ती स्थानान्तरणका लागि २२ महिनापछि प्रक्रिया सुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने सम्बन्धमा प्रतिवेदन तयार पार्न कार्यकारी सदस्य ध्रुवप्रसाद शर्माको संयोजकत्वमा समिति गठन गरेपछि बस्ती स्थानान्तरणको प्रक्रिया सुरु भएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलको अध्यक्षतामा आज बसेको कार्यकारी […]


वित्त बजारमा तरलता अभाव छैन : राष्ट्र बैंक

काठमाडौँ, १९ माघ । नेपाल राष्ट्र बैंकले वित्त बजारमा तरलता अभाव नरहेको स्पष्ट गरेको छ । नेपाल बैंकर्स सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा केन्द्रीय बैंकले वित्त बजारमा लगानीयोग्य रकमको अभाव नरहेको बताएको हो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले वित्त बजारमा रु ३० अर्ब लगानीयोग्य रकम रहेको बताउनुभयो । “ठूला विकास परियोजनामा […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter