समाचार

मतदाता नामावली र निर्वाचन आयोगसम्बन्धी विधेयक समितिबाट पारित

काठमाडौँ, १० माघ । व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिले मतदाता नामावलीसम्बन्धी कानुन र निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी एकीकरण गर्न बनेको विधेयक २०७३ लाई पारित गरेको छ । मतदाता नामावलीसम्बन्धी विधेयकमा सङ्घीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा मतदानका लागि फोटोसहितको परिचयपत्र अनिवार्य गर्ने प्रस्ताव परिएको समितिका सदस्य डा गङ्गाधर तुलाधरले जानकारी दिए । त्यस्तै निर्वाचन […]


पूर्वराष्ट्रपति डा यादव केही दिन अस्पताल बस्ने

काठमाडौँ, ९ माघ । पेटसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना हुुनुभएका पूर्वराष्ट्रपति डा रामवरण यादव अझै केही दिन अस्पताल नै बस्नुपर्ने भएको छ । उनकाे स्वास्थ्य अवस्था सामान्य बन्दै गए पनि उपचारमा संलग्न चिकित्सकले दुई तीन अझै चिकित्सकको निगरानीमा बस्नुपर्ने सुझाव दिएका छन् । उनी पेटसम्बन्धी समस्या भएपछि बिहीबार महाराजगन्जस्थित त्रिवि शिक्षण महाराजगन्जमा अस्पतालमा भर्ना भएका […]


नेपाल-भारतका सुरक्षाकर्मी बैठक : दुर्इ देशको सीमा नाका ४८ घन्टाका लागि बन्द गर्ने निर्णय

बर्दिया, ८ माघ । भारतको उत्तर प्रदेशसँग जोडिएको नेपाल–भारत सीमा नाका माघ १२ गते बिहान ७ बजेदेखि ४८ घन्टाका लागि बन्द हुने भएको छ । भारतको उत्तर प्रदेशमा विधानसभाको चुनाव हुन लागेकाले माघ १२ गते अर्थात् जनवरी २५ तारिख बिहान ७ बजेदेखि नेपाल–भारत सीमा ४८ घन्टाका लागि बन्द हुने बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले जानकारी […]


‘महसुल नतिर्नेलाई मेलम्चीको पानी नदिइने’

पूर्णप्रसाद मिश्र / काठमाडौँ– काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको महसुल नतिर्ने ग्राहकलाई मेलम्चीको पानी वितरण नगरिने भएको छ । लिमिटेडको रु दुई अर्ब १२ करोड पाँच लाख महसुल उठ्न बाँकी छ । महसुल नतिरेका ग्राहकलाई व्यक्तिगत रुपमा पत्र लेखी छिटो महसुल तिर्न सूचित गरिएको लिमिटेडका महाप्रबन्धक डा महेशकुमार भट्टराईले जानकारी दिए। विसं २०७४ असोजभित्र मेलम्चीको पानी उपत्यकामा […]


पश्चिम सेती आयोजना : स्थानीयवासीलाई १० प्रतिशत सेयर

रमेश लम्साल / काठमाडौँ, ६ माघ । पश्चिम सेती जलविद्युत् आयोजनालाई अगाडि बढाउने विषयमा नेपाल विद्युत् प्राधिकरणले आवश्यक निर्णय गरेपछि २५ वर्षदेखि प्रतीक्षामा रहेका सुदूरपश्चिमवासीलाई यसले खुसी दिलाएको छ । प्राधिकरण र चीनको प्रवद्र्धक कम्पनी थ्री गर्जेजबीच भएको सम्झौतामा आयोजनास्थलका प्रभावित नागरिक र जिल्लावासीलाई १० प्रतिशत सेयर दिने विषयसमेत समावेश भएपछि त्यसले सुदूरपश्चिम क्षेत्रमा सकारात्मक […]


दोस्रो किस्ताको एक करोड नौ लाख ५० हजार वितरण

सिन्धुली, ६ माघ । सिन्धुलीका ७३ जना भूकम्पपीडितलाई निजी आवास निर्माणका लागि दोस्रो किस्ता वितरण गरिएको छ । पहिलो किस्ता लिएर पहिलो चरणको निर्माण सम्पन्न गरेका भूकम्पपीडितलाई दोस्रो किस्ता दिइएको हो । दोस्रो किस्ताको कार्यविधि संशोधनमा ढिलाइ हुँदा ढिला गरी शीतलपाटी गाउँ विकास समितिका भूकम्पपीडितले दोस्रो किस्ता पाएको गाविसका सचिव कल्याण घिसिङले जानकारी दिए । […]


‘राष्ट्रिय वाणिज्य बैंकसित तरलताको अभाव छैन’

काठमाडौँ, ६ माघ । राष्ट्रिय वाणिज्य बैंकले छिमेकी मुलुक भारत र चीनमा आफ्नो शाखा स्थापना र विस्तार गर्ने भएको छ । यसका लागि बैंक सञ्चालक समितिले भारतमा शाखा स्थापना र विस्तार खोल्न स्वीकृति दिएको छ भने चीनमा सम्भाव्यता अध्ययन कार्य सुरु गरेको छ । वि.सं. २०२२ माघ १० गते स्थापना भएको सो बैंकका हाल ६८ […]


उपत्यकाको सडकबाट साना सवारीसाधनलाई विस्थापित गरिने

काठमाडौँ, ५ माघ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न काठमाडौँ उपत्यकामा साना सवारीसाधनलाई क्रमिक रुपमा हटाउने भएको छ । काठमाडौँ उपत्यकामा सवारीसाधनको अत्यधिक चाप परेपछि धेरै यात्रु ओसार्न सक्ने ठूला सवारीसाधन सञ्चालन गरी माइक्रोबस, मिनी माइक्रोलगायत चारपाङ्ग्रे ससाना सवारीसाधनलाई विस्थापन गर्ने तयारी गरेको छ । अत्याधुनिक सुविधा सम्पन्न केही ट्याक्सी भने सञ्चालन गरिनेछ […]


कार्की विरुद्धको कसुर ठीक/बेठीक छानबिन गर्न उपसमिति गठन

काठमाडौँ, ५ माघ । व्यवस्थापिका–संसद्को महाभियोग छानबिन समितिले लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमा उल्लेख आरोपको सत्यताबारे छानबिन गर्न तीन सदस्यीय उपसमिति गठन गरेको छ । समितिको आजको बैठकले महान्यायाधिवक्ताको धारणा बुझिसकेपछि महाभियोगमा लगाइएको आरोप ‘सत्य वा असत्य हो’ भनेर छानबिन र अनुसन्धान गरेर १५ दिनभित्र प्रतिवेदन पेस गर्न उपसमिति गठन गरिएको समितिका सदस्य रेवतीरमण भण्डारीले जानकारी […]


विमानस्थल अोर्लिएलगत्तै प्रचण्डले भने-निर्वाचनको मिति छिट्टै घोषणा हुन्छ

काठमाडौँ, ४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलको सहमतिमा छिट्टै निर्वाचनको मिति घोषणा गरिने बताएका छन् । संयुक्त अरब इमिरेटस(युएइ)को चार दिने भ्रमणबाट मंगलबार स्वदेश फर्केका प्रचण्डले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताएका हुन् । “भ्रमणमा जानु अगाडि पनि मैले निर्वाचन […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter