समाचार

चौबीस हजार युवालाई बिनाधितो ऋण प्रदानको तयारी

काठमाडौँ, २ फागुन । राष्ट्रिय युवा परिषद्ले ग्रामीण युवा उद्यम कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा १० जना गरी मुलुकभर २४ हजार युवालाई बिनाधितो ऋण प्रदान गर्ने तयारी गरेको छ । मानव विकास तथा जागरण मञ्चले आज यहाँ आयोजना गरेको ‘नेपालको संविधान र युवा महिलाहरुको हक अधिकार’ विषयक कार्यशालामा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले परिषद्ले यसका लागि कार्यविधि […]


सरकारद्वारा राष्ट्रिय फुटबल टोलीलाई पुरस्कार प्रदान

काठमाडौँ, २ फागुन । मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी फुटबल कपमा प्रथमसहित च्याम्पियन बन्न सफल भएकोमा नेपाली राष्ट्रिय फुटबल टोलीलाई सरकारले पुरस्कार प्रदान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयद्वारा यहाँ आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो । यही मङ्सिर २७ देखि ३० […]


अति सुरक्षित रुपमा गर्नुपर्ने छपाइका काम स्वदेशमा नै गर्ने सरकारको तयारी

काठमाडौँ, २ फागुन । अति सुरक्षित रुपमा गर्नुपर्ने छपाइका काम सरकारले स्वदेशमा नै गर्ने तयारी गरेको छ । सुरक्षण मुद्रणसम्बन्धी विधेयकको मस्यौदामाथि आज सूचना तथा सञ्चार मन्त्रालयमा भएको छलफलमा नोट (कागजी मुद्रा), राहदानी, स्टिकर, सवारी चालक अनुमतिपत्रलगायतका छपाई विदेशस्थित कम्पनीबाट गराउनुभन्दा स्वदेशमा नै गर्नुपर्नेमा जोड दिइएको हो । राज्यका अति महत्वपूर्ण वस्तु विदेशमा छाप्नु सोचनीय […]


स्नातक उत्तीर्ण वलीले कपाल काटेरै मासिक ५० हजार कमाउँछन्

कविता उपाध्याय / रोल्पा, १ फागुन । काम कहिले पनि सानो वा ठूलो हुँदैन भन्ने मान्यता राख्ने रोल्पाका २७ वर्षीय जीवन वलीले स्नातक उत्तीर्ण गरेर कपाल काट्ने पेसा अङ्गाल्दै आउनुभएको छ । स्थायी ठेगाना बागमारे–१ दाङ भएका वलीले सरस्वती प्रावि बागमारे दाङबाट अक्षर आरम्भ गरेको भएपनि करिव पाँच वर्ष पहिले मात्रै पद्मोदय पब्लिक उच्च मावि […]


चन्दलाई महानिरीक्षक बनाउने निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश

काठमाडौँ, १ फागुन । सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले आज महानिरीक्षकमा चन्दलाई नियुक्ति दिने÷दिलाउने, पदबहाली गर्ने÷गराउनेलगायत कुनै पनि कार्य नगर्नू, नगराउनू भनी सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । आदेशमा प्रहरी महानिरीक्षक […]


स्याङ्जालाई सुन्तला जोनका रुपमा विकास गरिने

वालिङ, १ फागुन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘जोन’ कार्यान्वयन इकाई अन्तर्गत स्याङ्जा जिल्लालाई सुन्तला जोनका रुपमा विकास गरिने भएको छ । कृषि विकास मन्त्रालय अन्तर्गत यहाँ १० वर्षका लागि छुट्टै परियोजना सञ्चालन गर्न लागिएकोे हो । “स्याङ्जा जिल्ला सुन्तलाको प्रचुर सम्भावना बोकेको जिल्ला भएको र यहाँका सुन्तला उत्पादन र स्वादका दृष्टिले निक्कै राम्रो छ” […]


ज्येष्ठ नागरिकको सारथी मिलन केन्द्र

वासुदेव पौडेल / पोखरा, २८ माघ । विन्ध्यवासिनी क्षेत्रमा सञ्चालनमा रहेको ‘ज्येष्ठ नागरिक मिलन केन्द्र’ यस आसपासका ज्येष्ठ नागरिकको सारथी बन्दै गएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा २०७२ माघदेखि सञ्चालित सो केन्द्रमा हाल दैनिक ४५ देखि ७० जनासम्म ज्येष्ठ नागरिक आउने गरेका छन् । सुरुमा दैनिक ३० जना ज्येष्ठ नागरिकलाई बस्न मिल्ने व्यवस्था […]


नगरपालिकाको लगानीमा यातायात कम्पनी

काठमाडौँ, २७ माघ । काठमाडौँ उपत्यकाका यात्रुलाई सस्तो, सुलभ, स्तरीय र भरपर्दो नगर यातायात सेवा दिने गरी सरकारीस्तरबाट यातायात कम्पनी खुल्ने भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको अग्रसरता एवम् काठमाडौँ महानगरपालिकाको नेतृत्वमा उपत्यकाका २२ नगरपालिकाले सेयर राखी कम्पनी स्थापना गर्न लागेका हुन् । रु १० करोड सञ्चालन खर्च हुने गरी कम्पनी स्थापनाको […]


चन्दाका भरमा सामुदायिक विद्यालय

नारायण अधिकारी / चितवन, २७ माघ । सरकारले माध्यमिक तहसम्मको पढाइलाई निःशुल्क घोषणा गरेको भए पनि विद्यालयमा आवश्यक पर्ने दरबन्दी उपलब्ध गराउन नसक्दा अधिकांश सामुदायिक विद्यालय विभिन्न नाममा शुल्क उठाउन बाध्य छन् । शिक्षा नियमावलीमा भर्ना र मासिक शुल्क लिन नमिल्ने उल्लेख भए पनि त्यही नियमावलीमा विद्यालय सञ्चालनका लागि सहयोग स्वरुप चन्दा जुटाउन सकिने उल्लेख […]


व्यापारघाटा ७१ प्रतिशतले वृद्धि

काठमाडौँ, २७ माघ । चालु आव २०७३÷७४ को पहिलो छ महिनाका अवधिमा निकासीमा सामान्य सुधार भए तापनि पैठारीमा देखिएको अत्यधिक वृद्धिका कारण व्यापार घाटामा ७१.३ प्रतिशतले वृद्धि भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले आज सार्वजनिक गरेको तथ्याङ्कानुसार चालु आवको समीक्षा अवधिमा व्यापार घाटा रु चार खर्ब २९ अर्ब ७३ करोड पुगेको छ । […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter