समाचार

सुनसान रहेन अन्नपूर्ण पदमार्ग

लमजुङ, २६ माघ । पदयात्राको लागि उपयुक्त मौसम नभए पनि अन्नपूर्ण पदमार्गमा यतिबेला पनि पर्यटकको चहलपहल घटेको छैन । अघिल्ला वर्षको तुलनामा मौसम अत्याधिक चिसो नभएकाले दैनिक स्वदेशी तथा विदेशी पर्यटक पदयात्रामा निस्किएका छन् । अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार पदयात्राको समय नमानिने डिसेम्बर र जनवरीमा पनि एक हजारभन्दा बढी विदेशी पर्यटक लमजुङ हुँदै […]


मोनो रेल सञ्चालन गर्नेबारे सम्झौता

काठमाडौँ, २६ माघ । दिगो सहरी यातायात व्यवस्थापनका लागि वाइबिडी सिमेक्स कम्पनी र काठमाडौँ महानगरपालिकाबीच मोनो रेलको सम्भाव्यता अध्ययन सम्बन्धमा आज द्विपक्षीय सम्झौता भएको छ । काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको हस्ताक्षर कार्यक्रममा महानगरका तर्फबाट प्रवक्ता ज्ञानेन्द्र कार्की र वाइबिडी सिमेक्सका अध्यक्ष प्रसिद्धजङ्ग पाण्डेले हस्ताक्षर गर्नुभएको हो । महानगरका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले काठमाडौँमा […]


भूकम्पपीडितलाई दोस्रो किस्ता तीन महिनामा वितरण गर्न निर्देशन

काठमाडौँ, २६ माघ । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले भूकम्पपीडितलाई पहिलो किस्ता एक र दोस्रो किस्ताको अनुदान तीन महिनाभित्र वितरण गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकपछि समिति सभापति डोरप्रसाद उपाध्यायले पुनःनिर्माण र पुनःस्र्थापनाका काम सन्तोषजनक नभएकाले पुँजीगत खर्च फ्रिज नहुने गरी काम गर्न निर्देशन दिनुभयो । “भूकम्पपछिको पुनःनिर्माण गर्न गठन भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले […]


मुक्त हलियालाई सौर्य बत्ती वितरण

कञ्चनपुर, २६ माघ । जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले कञ्चनपुरको झलारीमा आज सौर्यवती वितरण कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । मन्त्री जोशीले मुक्त हलिया परिवारका एकल महिला आशादेवी दमाईलाई सौर्य बत्ती उपलव्ध गराई वितरण कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । जिल्ला मुक्त हलिया पुनःस्थापन समाज कञ्चनपुरले आयोजना गरेको कार्यक्रममा मन्त्री जोशीले दलित समुदाय समाजमा पछाडि परेकाले आर्थिक […]


‘अयोग्य’ लडाकू भनेर पन्छाएकामा चित्त दुखेको छ खेमराजलाई

रामबहादुर थापा / बागलुङ, २५ माघ । सशस्त्र द्वन्द्वताका अग्र मोर्चामा लडेका खेमराज भित्रीकोटी ‘अथक’ समयक्रममा सबैभन्दा पछिल्तिर पु¥याइएका छन् । व्यवस्था बदल्ने उनको सपना आज निराशामा बदलिएको छ । साहस र सौर्य पढ्न पाइने उनको मुहारमा अहिले चमक छैन । दुःखी, गरिबको सुख र ऐश्वर्यका लागि हिँडेका उनी त्यसै थकित–थकित छन् । एकतीस वर्षीय […]


चाबहिलको मैजुबहालमा ‘हेल्थ प्रमोसन सेन्टर’

काठमाडौँ, २५ माघ । पछिल्लो समय नसर्ने रोगको बिगबिगी बढ्न थालेपछि यसबारे जनतालाई सचेत गराउने उद्देश्यले चाबहिलको मैजुबहालमा स्वास्थ्य प्रवद्र्धन केन्द्र (हेल्थ प्रमोसन सेन्टर) खोलिने भएको छ । राजधानीको १० स्थानमा खोल्ने लक्ष्य लिइएको भएपनि चाबहिलबाट सुरुआत गर्नेगरी स्थान टुङ्गो लगाएको स्वास्थ्य मन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो । उहाँले दशमध्ये सात स्थानको टुङ्गो लागिसकेको र […]


भूकम्पपीडितलाई अनुदान वितरण, थप बीस करोड निकासा

भक्तपुर, २५ माघ । भक्तपुरका छवटा नगरपालिकाका भूकम्पपीडित (लाभग्राही) लाई पहिलो किस्ताको अनुदान रकम रु ५० हजार वितरण सुरु भएपछि नपुग रकममध्ये थप रु २० करोड निकासा भएको छ । जिल्लाका १८ हजार लाभग्राहीका लागि सरकारले पठाएको रु ९० करोड रकम तोकिएको बैंक मार्फत वितरण भइरहेको र नपुगमध्येको रकम माग भएअनुसार रु २० करोड थप […]


चितवन निकुञ्जमा ११ अर्ना स्थानान्तरण, तीनवटा ल्याइँदै

चितवन, २४ माघ । कोसीटप्पु र चिडियाखानाबाट गरी आजसम्म चितवन राष्ट्रिय निकुञ्जमा ११ वटा अर्ना स्थानान्तरण गरिएको छ । कोसीटप्पु वन्यजन्तु आरक्षबाट दुई भालेसहित १० वटा र जावलाखेलको चिडियाखानाबाट एक गरी ११ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो । एउटा भाले अर्ना चिडियाखानाबाट केहीबेरअघि मात्रै निकुञ्ज ल्याइपु¥याइएको चितवन निकुञ्जका प्रमुख रामचन्द्र कँडेलले जानकारी दिनुभयो […]


वाइडबडी एयर बस थप्दै जाने निगमको सोच

काठमाडौँ, २४ माघ । नेपाल वायुसेवा निगमले प्रत्येक वर्ष कम्तीमा पनि एउटा एयर बस थप्ने महत्वकाङ्क्षी सोच अघि सारेको छ । एयरबस वाइडबडी ए ३३०–२०० खरिद गर्ने विषयमा उठेका प्रश्नको सम्बोधन गर्ने उद्देश्यले निगमले आज आयोजना गरेको पत्रकार सम्मेलनमा महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमले हरेक वर्ष कम्तीमा पनि एउटा विमान थप्दै जाने योजना लिएको बताउनुभयो । […]


पर्यटन विश्वविद्यालय बनाउन माग

काठमाडौँ, २४ माघ । पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि पर्यटन विश्वविद्यालय बनाउन सरोकार भएकाहरुले माग गरेका छन् । समृद्ध नेपाल निर्माण अभियानले यहाँ आज आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले आर्थिक समृद्धिको महत्वपूर्ण आधार मानिने पर्यटनमा दक्ष र पर्याप्त जनशक्तिका लागि पर्यटन विश्वविद्यालय बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter