
काठमाडौँ, १८ पुस । चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा आज भएको सेमिफाइनल खेलमा नेपालले भारतसँग ३–१ गोल अन्तरको हार व्यहोरेको थियो । जितसँगै भारत फाइनलमा प्रवेश गरेको छ । भारतका जितमा कमलादेवी, इन्दुमती र सस्मिता मलिकले एक एक गोल गरे । खेलको पहिलो […]

चितवन, १८ पुस । दुर्लभ वन्यजन्तु चोरी सिकार नियन्त्रण अभियानमा सार्थक बनेको ‘अप्रेसन महाहन्ट’ चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालन गरिएको छ । गतवर्षमा माघ दोस्रो साताबाट मात्र सञ्चालन गरिने महाहन्ट यस वर्ष पुस १५ गतेबाट नै सञ्चालन गरिएको हो । माघ १४ गते दुर्लभ एकसिङ्गे गँैंडा चोरी सिकार शून्य भएको एक हजार दिन पुग्दैछ । सो […]

भीष्मराज ओझा / काठमाडौँ, १७ पुस । सरकारले ट्याक्सी चढ्दा सर्वसाधारण नठगिऊन् भनेर आजदेखि काठमाडौँ उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर) जडान गर्ने कामको सुरुआत गरेको छ । उद्योग मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभागले हाल सञ्चालनमा रहेका मिटरजडित ट्याक्सीमा अनिवार्य रुपमा कम्प्युटर बिलिङ प्रणाली कार्यान्वयन गर्न तालिका बनाई जाँच पास गराउन सूचित गरेको छ […]

काठमाडौँ, १७ पुस । नेपाल टेलिकमले आजदेखि चौथो पुस्ताको मोबाइल सेवा फोरजी सञ्चालनमा ल्याएको छ । विगत १८ वर्षदेखि जिएसएम सेवा उपलब्ध गराउँदै आएको टेलिकमले जिएसएम प्रविधिमा भएको नवीनतम् उपलब्धिलाई अवलम्बन गर्दै ‘लङ टर्म इभोलुसन’ (एलटिई) सेवाका रूपमा फोरजी सेवा आजदेखि सञ्चालनमा ल्याएको हो । सेवाग्राहीको चाहना र आवश्यकतालाई प्राथमिकतामा राखी सञ्चार क्षेत्रमा विकसित प्रविधिलाई […]

काठमाडौँ, १७ पुस । स्वयम्भूको ठूलो भ¥याङबाट पनि सवारी चालक अनुमतिपत्रसम्बन्धी काम सुरु भएको छ । यातायात व्यवस्था विभागले आजदेखि ठूलो भ¥याङमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र वाग्मतीको सेवा विस्तार गरेको हो । कार्यालयको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले यही पुस २७ गतेदेखि चाबहिल र भक्तपुरको जगातीमा पनि कार्यालय खोलिने जानकारी […]

कुमार चौलागार्इँ / काठमाडौँ, १६ पुस । गएको एक वर्ष ( सन् २०१६) मा नेपाली मिडियाले शान्तिपूर्ण वातावरण पाए पनि प्रेस स्वतन्त्रताविरुद्धका अपराधमा दण्डहीनता कायमै रहेको एक अध्ययनले देखाएको छ । फ्रिडम फोरमले आज सार्वजनिक गरेको वार्षिक मिडिया प्रतिवेदनका अनुसार गत वर्षको तुलनामा यो वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा भने कमी आएको छ । सन् […]

गोरखा, १६ पुस । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले भूकम्प प्रभावित गोरखाको लाप्राकस्थित गुप्सीपाखामा नमुना बस्ती बनाउन निजी आवास निर्माणलगायत संरचनाका लागि धमाधम घडेरी खार्ने काम अघि बढाएको छ । भूकम्पप्रभावित लाप्राकीलाई सरकारले गुप्सीपाखामा घर बनाउने प्रयोजनका लागि घडेरी उपलब्ध गराएपछि एनआरएनएले अहिले घडेरी खार्ने काम गरिरहेको छ । ६१७ टहरा हटाएर गुप्सीमा घडेरी बनाइएको […]

चितवन, १६ पुस । नेपालकै तेस्रो पर्यटकीय क्षेत्र चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्षका कारण पर्यटक भरिभराउ भएका छन् । अङ्ग्रेजी नयाँ वर्षका कारण यहाँको होटलमा पर्यटक भरिएका हुन् । अधिकांश आन्तरिक पर्यटक छन् । सौराहाको सुविधायुक्त होटल वाइलाईफ क्याम्पमा ४३ कोठा छन् । विगत तीन दिनदेखि आन्तरिक पर्यटकले भरिएपछि आएका पर्यटक अन्यत्रै गएको होटलका सञ्चालक […]

नेपालगन्ज, १६ पुस । राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले नेपालको पछिल्लो मानवअधिकारको अवस्था चुनौतीपूर्ण रहेको बताउनुभएको छ । आयोगको क्षेत्रीय कार्यालय, नेपालगन्जद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “अन्यौलपूर्ण राजनीतिक अवस्थाका कारण आमनेपाली जनता उकुसमुकुसको अवस्थामा छन्, मानवअधिकारको अवस्था झन् जटिल बन्दै गएको छ ।” उहाँले मानवअधिकार उल्लङ्घनमा परेका नागरिकलाई न्याय दिलाउन तथा […]

काठमाडौँ, १६ पुस । विगतका वर्षमा जस्तै यस वर्ष पनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अङ्ग्रेजी नयाँ वर्ष मनाउन तेस्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस आयोजकले आह्वान गरेका छन् । यसले अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवद्र्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रवद्र्धन र प्रसार गर्न मद्दत पुग्ने सो अभियानका डा लेखनाथ काफ्ले र शङ्कर बन्जाडेले […]