समाचार

धमाधम सडक निर्माण हुँदै

भीमदत्तनगर, २१ पुस । कञ्चनपुरका विभिन्न स्थान जोड्ने लामो तथा छोटो दूरीका सडक र हुलाकी मार्ग धमाधम निर्माण थालिएका छन् । लामो समयदेखि सुस्त गतिमा रहेका सडक तथा पुल निर्माणका योजना प्राथमिकताका साथ अघि बढिरहेका छन् । महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणदेखि कञ्चनपुरकै धेरै जनसङ्ख्यामा रहेको दक्षिणक्षेत्र जोड्ने ६० किमी लम्बाइ भएको दैजी–बेल्डाँडी […]


साझा बसको सेवा उपत्यकाका सबै मार्गमा बढाउन यात्रुको माग

पूर्णप्रसाद मिश्र / काठमाडौँ, २० पुस । विभिन्न बाहनामा बारम्बार हुने बन्दमा पनि साझा यातायातले सेवा दिन थालेकाले उपत्यकाका सबै मार्गमा यसको सेवा विस्तार गर्नुपर्ने माग पीडित यात्रुकोे छ । सडक विस्तार गर्दा भत्कने घर र सडकमा पर्ने जग्गाको क्षतिपूर्ति माग गर्दै पीडित सङ्घर्ष समितिले आज उपत्यका बन्दको आयोजना गर्दा विभिन्न पेसा र व्यवसायमा आबद्ध […]


मुलुकभर ४५ हजार सौर्य सडक बत्ती जडान गरिँदै

अशोक घिमिरे / काठमाडौँ, २० पुस । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लागत जनसहभागितामा आधारित रहेर हरेक नगरपालिकामा सडक सौर्य बत्ती जडान गर्न आवश्यक बजेट विनियोजन गरेको छ । मन्त्रालयले मुलुकभरका २१७ नगरपालिकामध्ये एक सय ४३ नगरपालिकालाई सौर्य सडक बत्ती जडान गर्न रु ५० करोड विनियोजन गरेको हो । मन्त्रालयले जनहसभागितामा आधारित रहेर सौर्य […]


भूकम्पपीडितले रु तीन लाख पाउने पक्का

काठमाडौँ, २० पुस । सरकारले परिमार्जित राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान वितरण कार्यविधि प्रमाणित गरेपछि भूकम्पपीडितले रु तीन लाख पाउने बाटो खुलेको छ । गत साउन १९ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनुभएपछि पीडितलाई रु एक लाख थप गरी रु तीन लाख अनुदान दिने प्रतिबद्धता जनाउनुभएको थियो । गत कात्तिक र मङ्सिरमा बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण […]


‘मानसिक स्वास्थ्य सेवा उपचार निर्देशिका’; वीरमा चौबीसै घन्टा डायलासिस सेवा

काठमाडौँ, २० पुस । स्वास्थ्य मन्त्रालयले मानसिक स्वास्थ्य समस्याको उपचार प्रदान गर्न ‘उपचार निर्देशिका’ ल्याएको छ । प्राथमिक स्वास्थ्य सेवा पुर्नजागरण महाशाखाले तयार पारेको निर्देशिकामा उदासिनता, चिन्ता, छारेरोग, गम्भीर मानसिक समस्या, लागु पदार्थजन्य मानसिक समस्याको पहिचान, उपचार र व्यवस्थापनको पद्धतिका बारेमा उल्लेख गरेको छ । महाशाखाका निर्देशक मोहम्मद दाउदका अनुसार जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र […]


हात्ती आतङ्कका कारण रातभर जाग्राम

अजितकुमार झा / इनरुवा, २० पुस । सुनसरी पश्चिम कुशाहा गाविस–४ का योगेन्द्र उराव रातिको समयमा चयनले सुत्न पाउनुहुन्न । दिनभरि काममा थाकेर आराम गर्नका लागि घर आउने योगेन्द्रको आराम गर्ने सपना करिब चार महिनादेखि पूरा भएको छैन । कारण एउटै हो, जङ्गली हात्तीको आतङ्क । कोसी टप्पु वन्यजन्तु आरक्षबाट दैनिकरुपमा राति र दिउँसोको समयमा […]


स्वास्थ्य परीक्षणका नाममा मलेसियन कम्पनीबाट नेपाली कामदार ठगिँदै (आलेख)

किरण भट्टराई / काठमाडौँ, १९ पुस । वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली कामदारबाट स्वास्थ्य परीक्षणको नाममा एक संस्थाले अवैध रुपमा रकम उठाइरहेको भेटिएको छ । गत वैशाख १९ गतेदेखि माईग्राम नामक मलेसियन कम्पनीले प्रति कामदार ३० डलर अर्थात करिब रु तीन हजार २ सय रुपैयाँ उठाउँदै आएको छ । सो कम्पनीले नेपाल सरकारबाट स्वीकृति नलिएको […]


एघार हजारलाई नयाँ दृष्टि

दाङ, १९ पुस । यहाँको अस्पतालले सन् २०१६ मा ११ हजारभन्दा बढी मोतीविन्दुका बिरामीको शल्यक्रिया गरी नयाँ दृष्टि प्रदान गरेको छ । राप्ती आँखा अस्पताल दाङले एक वर्षका अवधिमा दुई लाख २० हजार ५९ जना आँखाका बिरामीलाई सेवा दिएको र तीमध्ये ११ हजार २०५ जनामा मोतीविन्दुका कारण आँखा नदेख्ने समस्या थियो । त्यसैगरी अस्पतालले यस […]


नाटकमा अभिनय गर्दागर्दै कलाकार फुयाँलको निधन

काठमाडौँ, १७ पुस । रङ्गकर्मी एवम् कलाकार विष्णुभक्त फुयाँलको हृदयघातका कारण आज ७९ वर्षको उमेरमा निधन भएको छ । राष्ट्रिय नाचघरमा नाटक ‘महर्षि याज्ञबल्कय’ मा अभिनय गर्दागर्दै स्वास्थ्यमा समस्या आएपछि उपचारका क्रममा उहाँको निधन भएको हो । दुई घन्टाको सो नाटक सुरुवात भएको डेढ घन्टा पुगेपछि एक्कासि नाटक गर्दागर्दै बेहोस भई फुयाँल ढलेपछि तत्कालै वीर […]


भारतबाट आयात भएको विद्युत् सोझै काठमाडौँमा हेटौँडा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन सञ्चालनमा

रमेश लम्साल / काठमाडौँ, १८ पुस । भारतबाट आयात गरिएको विद्युत् काठमाडौँ ल्याउन महत्वपूर्ण मानिएको हेटाँैडा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन मङ्गलबारदेखि सञ्चालनमा आउने भएको छ । हेटौँडा–कुलेखानी दोस्रो स्यूचाटार १३२ केभी क्षमताको प्रसारण लाइन चार्ज हुनेबित्तिकै भारतबाट आयात गरिएको विद्युत् काठमाडौँ ल्याउन सहज हुने भएको छ । आयोजना प्रमुख केदार सिलवालले मकवानपुर जिल्लाको चौकीटोलदेखि कुलेखानी दोस्रो जलविद्युत् […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter