समाचार

बौद्धमय बन्दै लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर

लुम्बिनी, १३ पुस । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरलाई बुद्धमय बनाउने अभियान सुरु गरिएको छ । विश्व शान्तिको केन्द्र लुम्बिनी पुग्ने स्वदेशी तथा विदेशी पर्यटकलाई सिद्धार्थनगर भैरहवा आउँदा बुद्धको झझल्को दिने गरी सिद्धार्थनगरलाई बुद्धमय बनाउने अभियान सुरु गरिएको हो । प्रवेशद्वारको रुपमा रहेको सिद्धार्थनगर भैरहवालाई बुद्धमय नगरी बनाउने उद्देश्यअनुसार पहिलो चरणमा भैरहवाको प्रमुख बजार बैंकरोडका […]


दृष्टिविहीन नमुना उद्यमी

बागलुङ, १२ पुस । हिँडडुल गर्न वैशाखी र दोस्रो व्यक्तिको सहारा चाहिने प्रेमबहादुर खत्री यहाँको समाजमा भने नमुना उद्यमीका रुपमा चिनिनुहुन्छ । जिल्लाको तित्याङ–७ सिमलपाटाका ४५ वर्षीय खत्रीका दुवै आँखाको दृष्टि र बायाँ कानको श्रवण शक्ति गुमेको २० वर्ष पुग्यो । उमेरमै अपाङ्ग भए पनि खत्रीले हिम्मत भने हार्नुभएन । व्यवसाय गर्ने सोँचले उहाँलाई अहिले […]


तथ्याङ्कको अभावमा नै जलविद्युत् क्षेत्रमा भ्रष्टाचार हुन्छ : ट्रान्सपरेन्सी

काठमाडौँ, १२ पुस । वस्तुगत तथ्य एवम् तथ्याङ्कको अभावमा नेपालको जलविद्युत् क्षेत्रमा नीतिगत भ्रष्टाचार मौलाउन मद्दत पुगेको ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोजना छनोट तथा पहिचानको क्रमबाटै अनियमितता सुरु हुने, सर्वेक्षण तथा योजनाको अवधिमा त्यस्तो प्रवृत्ति मौलाउने गरेको तथ्य प्रस्तुत गर्दै प्रतिवेदनले सरकार तथा सरकारी निकायलाई नै जिम्मेवार बनाउनुपर्ने सुझाव दिएको […]


स्थानीय निर्वाचनको मिति घोषणा र संविधान संशोधन एकसाथ बढाइने

काठमाडौँ, १२ पुस । सरकारले स्थानीय तह वा निकायको निर्वाचनको मिति घोषणा र संविधान संशोधन प्रस्ताव एकैसाथ लैजान लागेको जानकारी सङ्घीय गठबन्धनमा आबद्ध दललाई गराएको छ । सत्तारूढ नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संलग्न रहेको सङ्घीय गठबन्धनमा आबद्ध दलबीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा स्थानीय निर्वाचनमा सहयोग गर्न […]


सौर्य बत्तीले सडक झिलीमिली

बागलुङ, ११ पुस । सडक बत्तीको अभावमा रातिमा अँध्यारा देखिने बागलुङ नगरका मुख्य सडक अहिले झिलीमिली बनेका छन् । नगरलाई चौबीसै घन्टा उज्यालो राख्न सौर्य सडक बत्ती जडान भएपछि बजारको आकर्षण नै बदलिएको छ । स्थानीय विकास मन्त्रालय, बागलुङ नगरपालिका र उपभोक्ताको संयुक्त लगानीमा हालसम्म एक सयवटा सौर्य सडक बत्ती जडान भइसकेका छन् । पहिलो […]


‘उज्यालो नेपाल’को सपना साकार पार्न उर्जामन्त्रीको निर्देशन’

काठमाडौँ, ११ पुस । ऊर्जामन्त्री जनार्दन शर्माले ऊर्जा क्षेत्रको विकासका लागि तय गरिएका कार्ययोजनाको शतप्रतिशत कार्यान्वयनका लागि दिनरात नभनी काम गर्न मन्त्रालय र मातहतका विभागीय प्रमुखलाई निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज आयोजित ‘चालु आवको आयोजनाको पहिलो चौमासिक प्रगति समीक्षा एवम् समाधानका उपाय’ विषयको कार्यक्रममा उहाँले निर्माणाधीन आयोजनाको कार्यप्रगति बढाउन र समस्या देखिएका क्षेत्रमा विशेष […]


सामूहिक च्याउखेतीबाट मासिक ६० हजार आम्दानी

दाङ, ११ पुस । यहाँका महिलाले च्याउखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । स्थानीय घोराही–२ मघै गाउँका कोपिला कृषि महिला समूहले च्याउखेतीबाट मासिक रु ६० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ । पछिल्लो समयमा च्याउखेतीबाट बजारमा राम्रो स्थान पाइरहेका बेला सो गाउँका महिला पनि च्याउखेतीमा आकर्षित भएका हुन् । बजार नजिकै भएकाले र अरु व्यवसायभन्दा […]


रकम सङ्कलन गरेर बाटो निर्माण

दाङ, ११ पुस । यहाँका स्थानीयवासीले रकम सङ्कलन गरेर पश्चिम दाङको बाघमारेको हारीचौर हुँदै सल्यान जोड्ने सडकखण्ड स्तरोन्नति गरेका छन् । स्थानीयको रकमबाट गरुलेनीदेखि बसेनी जोड्ने सडकको स्तरोन्नति भएको छ । १० घर परिवारबाट प्रतिघर परिवार रु २४ हजारका दरले रकम सङ्कलन गरी ्दुई किलोमिटर बाटो निर्माण गरिएको स्थानीय अगुवा मानबहादुर केसीले बताउनुभयो । मूल […]


लगानी बोर्ड सुस्ताएकामा सांसदको आपत्ति

काठमाडौँ, १० पुस । लगानी बोर्डले अगाडि बढाएका आयोजना प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको भनी सांसदहरुले आपत्ति जनाउनुभएको छ । व्यवस्थापिका–संसद्, अर्थ समितिको आजको बैठकमा सांसदले ठूला जलविद्युत् आयोजना एवम् भौतिक पूर्वाधारको विकासका लागि बोर्ड स्थापना गरिए पनि पछिल्ला दिनमा बोर्ड सुस्ताएको आरोप लगाए । पाँच महिनादेखि बोर्डको बैठक बस्न नसक्दा माथिल्लो कर्णाली, अरुण तेस्रोजस्ता […]


भूकम्प अतिप्रभावित जिल्लामा ४१ हजार ३११ घर पुनःनिर्माण

काठमाडौँ, १० पुस । भूकम्प प्रभावित क्षेत्रमा ४१ हजार ३११ घर पुनःनिर्माण भएको र १७ हजार १४४ घर पुनःनिर्माणका क्रममा रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरण गठन भएको एक वर्ष पुगेका अवसरमा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो । भौतिक संरचनाको पुनःनिर्माणमा प्राधिकरणले निजी आवासलाई विशेष प्राथमिकता दिएको प्रमुख कार्यकारी […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter