
काठमाडौँ, २३ पुस । महिलामा सबैभन्दा बढी देखिने पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशभरका सरकारी अस्पतालले निःशुल्क परीक्षण सेवा दिने भएका छन् । स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पताललाई पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा (प्याप स्मेयर टेस्ट) निःशुल्क उपलब्ध गराउन शुक्रबार निर्देशन दिएको छ । नेपालका महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर ९सर्भाइकल क्यान्सर० सबैभन्दा बढी […]

काठमाडौँ, २३ पुस । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका प्रा डा गोविन्द केसीले सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयनका लागि तीन हप्ताको समय दिनुभएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै प्रा डा केसीले त्रिवि कार्यकारी परिषद्ले आफूसँग भएको सहमति विपरीत विद्यार्थी भर्ना र शुल्कसम्बन्धी अधिकार आइओएम फ्याकल्टी बोर्डबाट हटाएको भन्दै विरोध गर्नुभएको छ । काठमाडौँ […]

काठमाडौँ, २३ पुस । उपत्यकाका प्रमुख नदी सफाइ गर्ने क्रममा आज तिलगङ्गास्थित बागमती किनारमा फोहरफाल्दै गर्दा चार पसल र एक होटल गरी पाँचलाई कारबाही गरिएको छ । अन्नपूर्ण मिठाई पसल गौशाला, तिलगङ्गाका प्रेम श्रेष्ठ फर्निचर पसल, अरुण शर्मा सिसा पसल र चिकेन हाउस तिलगङ्गाका कामदारलाई फोहर फाल्दै गर्दा पक्राउ गरी जनही रु पाँच हजारका […]

खोटाङ, २३ पुस । रक्त अर्बुदरोगबाट पीडित आमाको उपचारका क्रममा मृत्यु भएपछि बिचल्लीमा परेका उनका नाबालक छोराको पालनपोषण तथा शिक्षादीक्षाका लागि अक्षयकोष स्थापना गरिएको छ । खोटाङ खार्मी–८ की १८ वर्षीया कविता तामाङको उपचारका क्रममा गत साउन ३० गते मृत्युु भएपछि उनका छोरा तेन्जिङको पालनपोषण तथा शिक्षादीक्षाका लागि रु पाँच लाख ४७ हजार सात सय […]

पर्वत, २२ पुस । जिल्लामा उत्पादित लप्सीका परिकार अमेरिका पठाउने गरिएको छ । मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगमा उत्पादित लप्सीको १० वटापरिकार अमेरिका पठाउन थालिएको हो । लप्सीको माडा, अचार, क्यान्डी, तितौरा, जामलगायत परिकार उद्योगले गत वर्षदेखि अमेरिका पठाउन थालेको हो । पन्ध्र वर्षअघि लप्सी प्रशोधनका लागि स्थापित सामुदायिक खाद्य प्रशोधन उद्योगले गत वर्ष […]

काठमाडौँ, २२ पुस । नेपालको एक मात्र बाल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालमा (आइसियु) सघन उपचार कक्ष बढाएर ५२ श्ययाको बनाइएको छ । आज अस्पतालको ५५औँ वार्षिकोत्सवका अवसरमा स्वास्थ्यमन्त्री गगनकुमार थापाले नयाँ आइसियु कक्षको उद्घाटन गर्नुभयो । आइसियु कम हुँदा देशका विभिन्न ठाउँबाट आएका थुप्रै बिरामीले अन्य निजी अस्पतालमा गएर उपचार गराउनुपर्ने बाध्यता थियो […]

प्रकाश सिलवाल / काठमाडौँ, २२ पुस । ‘तराई–पहाड एउटै ज्यान, नेपाली हाम्रो पहिचान’ र यस्तै अन्य नाराका साथ पदयात्रा रत्नपार्कबाट पुरानो बसपार्कतर्फ अघि बढिरहेको थियो । बीचैमा केहीबेर प्रदर्शनकारी र सुरक्षाकर्मीबीच ठेलमठेल चल्यो । छेउमै रहेर नारा लगाइरहेका अरुले के भयो, कतै आन्दोलनकारीबीच विवाद त भएन वा कुनै घुसपैठ त भएन भन्ने जिज्ञासा राखे । […]

वासुदेव पौडेल / पोखरा, २१ पुस । साहसिक पर्यटनका रुपमा चासो र चर्चाको वषय बन्दै गएको खेल क्यानोनिङ (छाँगावरोहण)को पोखरा र आसपासका क्षेत्रमा थप सम्भावना खोज्न थालिएको छ । पोखरा र आसपासका क्षेत्रमा जलयात्रा, पदयात्रा, पर्वतारोहरण आदिको उद्देश्यका साथ आउने गरेका स्वदेशी एवम् विदेशी पर्यटकलाई छाँगावरोहणबाट समेत मनोरञ्जन दिलाउने उद्देश्यका साथ नेपाल क्यानोनिङ एसोसिएसनले यसका […]

दमक, २१ पुस । अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई झापाको दमकमा आज रु २८ लाखसहित सम्मान गरिएको छ । अल्ट्रा म्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नै नेपाललाई चिनाउन सफल हुनुभएको भन्दै बेलायतमा रहेका आधा दर्जन सङ्घसंस्थाले संयुक्तरुपमा उहाँलाई रु २८ लाख नगदसहितको सम्मान गरेको हो । आज स्थानीय दमक रेडक्रस भवनमा एक कार्यक्रम गरी राष्ट्रिय […]

काठमाडौँ, २१ पुस । सर्वोच्च अदालतले पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहलाई दाइजोस्वरूप दिइएको काठमाडौँ छाउनीमा रहेको १५ रोपनी एक आना जग्गा नेपाल ट्रस्ट्रको नाममा हुने फैसला गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीशद्वय दीपक कार्की तथा सपना मल्ल प्रधानको इजलासले आज प्रेरणा शाहको नाममा रहेको उक्त सम्पत्ति नेपाल ट्रस्टकै नाममा गर्ने फैसला गरेको सर्वोच्चका सहप्रवक्ता […]