समाचार

पाँच वर्षभित्रमा सबै स्वास्थ्य चौकीमा डाक्टरको नेतृत्व हुन्छ– स्वास्थ्य मन्त्री थापा

सोलुखुम्बु, १५ पुस । नेपाल सरकारका स्वास्थ्य मन्त्री गगन थापाले आगामी पाँच वर्षभित्रमा देशभरका सबै स्वास्थ्य चौकीमा एमबिविएस डाक्टरको नेतृत्व हुने बताउनुभएको छ । पर्यटन व्यवसायी वाङछु शेर्पाको स्मृतिमा याकु फाउन्डेसनले सोलुखुम्बुको टाप्टिङ गाविसमा स्थापना हुन लागेको अस्पतालको शिलान्यास गर्दै उहाँले अहिले तल्लो तहका स्वास्थ्यकर्मीको नेतृत्व रहेको स्वास्थ्य चौकीमा डाक्टरको उपस्थिति गराएर गाउँघरका नागरिकलाई उपचारका […]


थकाली समुदायको बाह्र वर्षे मेला ‘ल्हफेव’ पर्व सुरु

सिबी अधिकारी / मुस्ताङ, १५ पुस । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको आदिवासी थकाली समुदायको महान पर्व ‘ल्हफेव’ आजदेखि सुरु भएको छ । हरेक १२ वर्षमा आयोजना हुने यो पर्वलाई मुस्ताङीले महाकुम्भ मेलाका रुपमा मनाउने गर्छन् । ल्हफेव अर्थात् देउता उदानेर निस्कने यो पर्व मुस्ताङको संस्कृतिको अभिन्न पाटो मानिन्छ । यो पर्व यस वर्ष परेको […]


सातौँ राष्ट्रिय खेलकुद सम्पन्नः आठौँ मध्यपश्चिमाञ्चलमा हुने

विक्रम गिरी र याम प्रधान / इटहरी, १५ पुस । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चलको नेपालगन्जमा हुने घोषणा गर्दै सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन भएको छ । प्रतियोगिताको आज सुनसरीको धरानस्थित एन्फा टेक्निकल खेल मैदानमा समापन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न कठिनाइ र भौतिक पूर्वाधार अभाव भए पनि राष्ट्रको गौरव राख्नेगरी खेलाडीले विभिन्न कीर्तिमान […]


तरकारी खेतीबाट बुबाको सपना साकार पार्दै हिदराज

अमृता केसी / बाँके, १५ पुस । नेपालगन्ज उपमहानगरपालिका–२४ बन्जाडे गाउँका हिदराज अली बेहनाले तरकारी खेती गरी आफ्नो बुबाको सपना साकार पार्नुभएको छ । आजभन्दा ५ वर्षअगाडि वैदेशिक रोजगारका लागि आफूलाई थाहै नदिई राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय नेपालगन्ज पुग्नुभएका आफ्ना बुबाको ‘छोराले धेरै पैसा कमाओस्’ भन्ने चाहनालाई आफूले स्वदेशमै व्यावसायिक तरकारी खेती गरेर पूरा […]


सातौँ राष्ट्रिय खेलकुदः नेपाली सेना १०८ स्वर्णसहित अग्रस्थानमा

विक्रम गिरी / सुनसरी, १४ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आजसम्म सम्पन्न खेलमा नेपाली सेनाले १०८ स्वर्ण पदक जित्दै पहिलो स्थानमा रहेको छ । आजसम्म सम्पन्न खेलको नतिजा अनुसार सशस्त्र प्रहरी बल ४६ स्वर्णसहित दोस्रो तथा नेपाल प्रहरी ४० स्वर्ण पदकसहित तेस्रो स्थानमा रहेका छन् । नेपाली सेनाले ६० रजत र ४३ कास्यसहित कुल […]


देशभरका ४३ अस्पतालबाट निःशुल्क डायलाइसिस सेवा

काठमाडौँ, १४ पुस । स्वास्थ्य मन्त्रालयले मिर्गौला रोगीका लागि निःशुल्क गरेको डायलाइसिस सेवा थप ११ अस्पताललाई प्रदान गर्न अनुमति दिएको छ । सेवाग्राहीको सहजताका लागि सरकारले वीरेन्द्र सैनिक अस्पताल र १० निजी अस्पतालसहित ११ वटा स्वास्थ्य संस्थालाई सो सेवा प्रदान गर्न अनुमति दिएको हो । यो अनुमतिसंगै मुलुकभरका ४३ अस्पतालवाट निःशुल्क डायलाइसिस सेवा उपलब्ध हुनेछ […]


मोबाइल टर्चको भरमा प्रसूति सेवा

डोल्पा, १४ पुस । यहाँको त्रिपुराकोट गाविस–२ बगरमा रहेको स्वास्थ्य चौकीमा बत्तीको सुविधा नहुँदा सुत्केरी गराउन समस्या भएको छ । स्वास्थ्य संस्थामा जडान गरिएको सौर्य बत्तीमा समस्या उत्पन्न भएपछि प्रसूति सेवा लिन आउने महिलालाई सुरक्षित सेवा दिन कठिनाइ भएको अनमी सुष्मा न्यौपानेले बताउनुभयो । न्यौपानेले भन्नुभयो – “गाउँमा भएको विद्युत् लाइन पनि अस्पतालमा जडान गरिएको […]


वरिष्ठ साहित्यकार दीक्षितको निधन

काठमाडौँ, १४ पुस । मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार एवम् पत्रकार कमलमणि दीक्षितको आज बिहान निधन भएको छ । नेपाली भाषा–साहित्यमा निरन्तर योगदान पु¥याउँदै आउनुभएका दीक्षितको आज बिहान २:४५ बजे ८७ वर्षको उमेरमा निधन भएको मदन पुरस्कार पुस्तकालयले जनाएको छ । पिता केदारमणि आचार्य तथा माता विद्यादेवी दीक्षितका माहिला पुत्रका […]


शिक्षण अस्पताललाई करिब सत्तरी करोड सहयोग

काठमाडौँ, १३ पुस । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई स्वास्थ्यसम्बन्धी उपकरण सुधार परियोजनाका लागि रु ६९ करोड २० लाख अनुदान सहयोग प्रदान गर्ने सहमति गरेको छ । उक्त सहमति पत्रमा आज अर्थ सचिव शान्तराज सुवेदी र नेपालका लागि जापानका राजदूत मासासी ओगावाले हस्ताक्षर गर्नुभयो । यसैगरी जाइकाले जापानको आर्थिक वर्ष […]


नयाँ वर्षमा उपत्यकामा विशेष सुरक्षा

काठमाडौँ, १३ पुस । नेपाल प्रहरीले सन् २०१७ को अङ्ग्रेजी नयाँ वर्षको अवसरमा उपत्यकामा विशेष सुरक्षा योजना ल्याएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौँ, भक्तपुर र ललितपुरले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा महाशाखाका प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले नयाँ वर्षमा लुटपाट, चोरी तथा दुर्घटना नहोस् भन्ने उद्देश्यका साथ विशेष […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter