
काठमाडौँ / १५ मङ्सिर । भ्रष्टाचारविरुद्धको सहकार्यका लागि गठित नागरिकको संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआइ नेपाल) ले मुलुकमा कानुनको शासन संस्थागत हुन नसक्नुमा अस्थिर राजनीति जिम्मेवार रहेको जनाएको छ । आज यहाँ आयोजित अन्तक्र्रियामा टिआइ नेपालले सार्वजनिक जीवनमा नैतिक धरातल अत्यन्त कमजोर रहेकाले सदाचारयुक्त समाजको परिकल्पना गर्न पनि कठिन भएको बताएको छ । आफ्नो एक्लो प्रयासबाट […]

शर्मिला पाठक / काठमाडौँ, १५ मङ्सिर । काठमाडौँ महानगरपालिका (कामपा) ले निर्माण गर्न थालेको काठमाडौँ भ्यू टावरको निर्माण कार्य अझै अगाडि बढ्न सकेको छैन । टावर निर्माण गर्ने विषयमा ठेकदार कम्पनी र महानगरपालिकावीच कुरा नमिल्दा टावर निर्माण हुन नसकेको महानगरपालिकाका राजस्व महाशाखाका प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार विसं २०७२ मा गएको भूकम्प […]

काठमाडौँ, १५ मङ्सिर । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान कार्यान्वयनपछि देशमा आर्थिक समृद्धिको ढोका खुल्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाजको १९ औँ स्थापना दिवसको आज यहाँ उद्घाटन गर्दै उहाँले गत वर्ष आर्थिक वृद्धिदर शुन्य दशमलव ७७ प्रतिशतमा खस्केको भए पनि अहिले देशमा विद्युत्भार कटौतीमुक्त भएको, माछामा भारतको एकाधिकार तोडिएको तथा खराब कर्जा आधा घटेको […]

प्रकाश सिलवाल / काठमाडौँ, १५ मङ्सिर । व्यवस्थापिका–संसद्मा संविधान संशोधनको विधेयक दर्तासँगै राजनीतिक क्षेत्र एकाएक तातेको छ । संविधान जारी भएको डेढ वर्षमा तराई–मधेस केन्द्रित दलको आन्दोलनले उठाएका माग सम्बोधन गर्न सरकारले अघि सारेको सो प्रस्तावले आन्दोलनरत पक्ष सन्तुष्ट होलान् या नहोलान् ? प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संशोधनलाई गर्ने विरोधले कुनरुप लेला ? यस्ता […]

हेमन्त केसी / जाजरकोट, मङ्सिर, १५ । यहाँको सक्ला–१, लैखममा मात्र हुने अनौठो संस्कार महादेवको भैलो हिजोआज मनाइँदैछ । गाउँभरीका मानिस जम्मा भएर गाउँमा भैलो खेलेर यो महादेवको भैलो मनाईन्छ । खत्रीहरु मात्र बसोबास गर्ने लैखम गाउँमा कात्तिक १६ गतेदेखि सुरु भएको भैलो मङ्सिर २५ गते सम्पन्न हुने भैलो आयोजक समितिका संयोजक तथा स्वारे (नाइके […]

काठमाडौँ, १४ मङ्सिर । सरकारले संविधान संशोधनसम्बन्धी विधेयक सिंहदरबारस्थित व्यवस्थापिका–संसद् सचिवालयमा आज साँझ दर्ता गरेको छ । मन्त्रिपरिषद्को बैठक सकिएपछि विधेयकको प्रस्ताव सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहप्रवक्ता होमबहादुर केसीले सचिवालयको विधेयक शाखामा दर्ता गराउनुभएको हो । कानुनमन्त्री अजय शङ्कर नायकद्वारा हस्ताक्षरित पत्रसहित विधेयकको प्रस्ताव आएको हो । नेपालको संविधानको धारा २९६ […]

काठमाडौँ, १४ मङ्सिर । प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिले यस वर्षको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार मरणोपरान्त स्वर्गीय पत्रकारद्वय सञ्जय न्यौपाने र कर्ण बोहरालाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको छ । प्रेस काउन्सिल नेपालले आज पाँच लाख रुपैयाँ राशि रहेको उक्त पुरस्कार दुवै पत्रकारका परिवारलाई संयुक्तरुपमा प्रदान गरिने निर्णय गरेको […]

काठमाडौँ, १४ मङ्सिर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आज चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिन डा केपी सिंह र शिक्षण अस्पतालमा अनशनरत डा गोविन्द केसीसँग भेट गर्नुभएको छ । भेटका क्रममा मन्त्री थापाले डा केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुकासाथै समस्या समाधानका लागि आफूले उच्चस्तरीय राजनीतिक संयन्त्रसँग छलफल गर्ने बताउनुभयो । उहाँले डा. केसीका मागबारे आज बस्ने मन्त्रिपरिषद्को […]

प्रकाश सिलवाल / काठमाडौँ, १४ मङ्सिर । विद्यालय शिक्षाको नयाँ संरचना कार्यान्वयनका लागि प्रस्तावित शिक्षा नियमावलीबारे निजी तथा आवासीय विद्यालयका छाता संस्थाहरू दुई धारमा देखिँदा अन्यौल उत्पन्न भएको छ । शिक्षा ऐन (आठौँ संशोधन)मा उल्लेख भएअनुसार बाल शिक्षा (शिशु) देखि कक्षा ८ सम्म आधारभूत र कक्षा ९ देखि १२ सम्म माध्यमिक विद्यालयको संरचनाबारे प्रस्तावित नियमावलीमा […]

पोखरा, १४ मङ्सिर । रेस्टुराँ एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्ष २०१७ को स्वागत र पुरानोको बिदाइका लागि आगामी पुस १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा ‘पोखरा सडक महोत्सव’ गरिने भएको छ । महोत्सवको जानकारी गराउन रेवान पोखराद्वारा सोमबार यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा महोत्सवका संयोजक गोपीबहादुर भट्टराईले प्रत्येक वर्ष […]