
धादिङ, २२ असोज । गत वर्षमा उत्तरी धादिङको मूलपानी गाविसवासी सात सयभन्दा बढी खसीबोका खरिद गर्थे । मोटो रकम दसैँको खसीबोका किन्दा बाहिर जान्थ्यो । पैसा मात्र बाहिर जाँदैन थियो गाउँमा गरिबपना पनि बढ्दै गएको थियो । एक वर्षभन्दा पहिलेदेखि गाउँवासीले सबैले पशुपालनलाई व्यावसायिक रुपमा सुरु गरेपछि यस वर्षदेखि दसैँमा ठूलो मात्रामा खसीबोका बिक्री भएको […]

प्रकाश सिलवाल / काठमाडौँ, २० असोज । आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउने कर्मचारी र शिक्षकलाई पुरस्कृत गर्नेलगायत १९ बुँदे कार्ययोजनासहित शिक्षा क्षेत्रमा रुपान्तरणको यात्रा प्रारम्भ भएको शिक्षामन्त्री धनीराम पौडेलले बताउनुभएको छ । अघिल्ला शिक्षामन्त्री गिरिराजमणि पोखरेलका १८ बुँदे शैक्षिक सुधारको मार्गचित्रलाई पछ्याउँदै पद बहालीको ४२ औँ दिनमा मन्त्री पौडेल र राज्यमन्त्री धनमाया विकले आज कार्ययोजना […]

काठमाडौँ, २० असोज । अनशनरत डा गोविन्द केसीले उठान गरेका अधिकांश माग पूरा हुने प्रक्रियामा रहेको भन्दै स्वास्थ्य मन्त्रालयले उहाँलाई अनशन फिर्ता लिन पुनः आग्रह गरेको छ । समग्र चिकित्सा शिक्षा सुधारको माग पुनः उठान गरी डा केसीले नवौँ अनशन सुरु गर्नुभएको आजबाट १० आँै दिन भएको छ । “म डा केसीले उठान गर्नुभएका माग […]

काठमाडौँ, १८ असोज । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनामा स्थानीय प्रभावितले समेत लगानी गर्न पाउने व्यवस्था गर्न लागेको छ । बहुउद्देश्यीय र ठूलो लगानीको आयोजना भएकाले तत्काल प्रतिफल नआउने भएकाले स्थानीय प्रभावितलाई सहभागी गराउने वा नगराउने भन्ने बारेमा अन्यौल रहेको बेला सरकारले स्थानीयवासीको लगानीको हक कायमै रहेको जनाएको हो । ऊर्जा […]

धनगढी, १८ असोज । सेती अञ्चल अस्पताल धनगढीमा आजबाट डायलसिस सेवा दिने गरी हेमो—डायलसिस, एचआइभी भाइरल लोड र सिकलसेल एनिमिया सेवा सुरु भएको छ । स्वास्थ्य मन्त्रालय र मानव अङ्ग प्रत्यारोपण केन्द्रको सहयोगमा पहिलोपटक यी सेवा सुरु गरिएको हो । होमो—डायलसिस सेवा किड्नीको उपचारसम्बन्धी सेवा हो । यस्तै एचआइभी भाइरल लोड सेवा एचआइभीको आधुनिक जाँच […]

काठमाडौँ, १८ असोज । चालु आर्थिक वर्षको वृद्धिदर पाँच प्रतिशतमा सीमित रहने प्रक्षेपण विश्व बैंकले गरेको छ । दक्षिण एसियाको अर्थतन्त्रबारे विश्व बैंकले आज जारी गरेको अर्धवार्षिक प्रतिवेदनअनुसार चालु आवमा कृषि तथा निर्माणका क्षेत्रमा सुधार हुने भएकाले नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने अनुमान गरिएको हो । भूकम्प र भारतसँगको सीमा क्षेत्रमा उत्पन्न अवरोधका साथै […]

काठमाडौँ, १७ असोज । नेपाल इन्भेस्टमेन्ट बैंकले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमानढोका परिसरमा रहेको गोपीनाथ तथा जगन्नाथ मन्दिर पुनःनिर्माणका लागि रु एक करोड सहयोग गर्ने घोषणा गरेको छ । गत वर्षको विनाशकारी भूकम्पले आंशिक रुपमा क्षति भएको ती ऐतिहासिक मन्दिर हाल जापान सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को०ले […]

काठमाडौँ, १७ असोज । बाँकेको राराबासदेखि मुुगुको रारा तालसम्मको नयाँ पर्यटन प्रवद्र्धन कार्यक्रम आज यहाँ सार्वजनिक गरिएको छ । नेपाल पर्यटन बोर्ड र सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स नेपाल (सोट्टो)को आयोजनामा आज पूर्व पर्यटन राज्यमन्त्री बलदेवबहादुर महत, नेकपा (एमाले)का पर्यटन विभाग प्रमुख सूर्य थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, बोर्डका […]

इलाम, १७ असोज । विश्वबाटै लोपोन्मुख सूचीमा सूचीकृत रेडपाण्डा (हाब्रे) को चोरी निकासी बढ्न थालेपछि मोबाइल एप्लिकेसनको प्रयोग सुरू गरिएको छ । रेडपाण्डा पाइने इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा रेडपाण्डाको संरक्षण र अनुगमनका लागि मोबाइल एप्लिकेसनको प्रयोग सुरू गरिएको हो । वन अभिभावकले रेडपाण्डाको बासस्थान, उसले हिँड्ने बाटो, रेडपाण्डाको दिसा र रेडपाण्डा देखिए तस्बिरसहितको एप्लिकेसनमार्फत […]

ललितपुर, १६ असोज । मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार वितरण गरेको छ । गुठीले यहाँ आज आयोजित कार्यक्रममा यस वर्षको मदन पुरस्कारद्वारा सम्मानित रामलाल जोशी र जगदम्बाश्री पुरस्कारद्वारा सम्मानित लीलबहादुर क्षेत्रीलाई पुरस्कार वितरण गरेको हो । जोशीले ‘ऐना’ कृतिका लागि यस वर्षको मदन पुरस्कार पाउनुभएको हो । मदन पुरस्कारबाट सम्मानित […]