समाचार

विदेशबाट फर्केर सामुहिक तरकारी खेतीमा

उर्लाबारी (मोरङ), २९ जेठ । घरखर्च चलाउनसमेत मुस्किल भएपछि पैसा कमाउने आशामा गाउँका अन्य युवाजस्तै साहुसँग ऋण गरेर मलेसिया हानिएका मोरङ इटहरा–४ का दुर्गाप्रसाद गौतमले भनेजस्तो काम नपाएपछि दुई वर्षमै रित्तो हात नेपाल फर्किए । सिँचाइको अभावमा श्रम र लगानीको अनुपातमा उत्पादन नहुँदा मजदुरी गरेर परिवार पाल्नुपर्ने उनको बाध्यता गाउँमा सौर्य पम्पिङ प्रणालीबाट सिँचाइ सुविधा […]


मेलम्चीको पानी वितरणका लागि ३५० किमी पाइप ओच्छ्याइयो

काठमाडौँ, २८ जेठ । मेलम्चीको पानी उपत्यकामा आएपछि ग्राहकलाई वितरणका लागि ३५० किमी पाइप बिच्छ्याउने काम सम्पन्न भएको छ । पानी वितरणका लागि ६५० किमी पाइप बिच्छ्याउनु पर्नेमा आधाभन्दा बढी काम सम्पन्न भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । थोक वितरण प्रणालीका लागि ६१ किमी पाइप बिच्छ्याइनु पर्नेमा हालसम्म २२ किमी […]


मानवाधिकार चलचित्र महोत्सवमा ‘जोगिमाराका जिउँदाहरु’ देखि ‘रक्ताम्य गह्राहरु’सम्म

काठमाडौँ, २८ जेठ । चौथो नेपाल मानवाधिकार चलचित्र महोत्सव जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आजदेखि सुरु भएको छ । मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा तीन दिनसम्म चल्ने महोत्सवमा मानिसले सम्मानपूर्वक, समान व्यवहार पाएर बाँच्नुपर्छ भन्ने मान्यता बोकेर बनाएका १३ देशका ३२ चलचित्र देखाइनेछ । नेपालसहित भारत बङ्गलादेश, पाकिस्तान, अमेरिका, इजरायल, इरान, अस्ट्रेलिया, कम्बोडियालगायत देशका चलचित्र छन् […]


जग्गा प्राप्ति र वन क्षेत्र खाली नहुँदा अगाडि बढेनन् माथिल्लो कर्णाली र अरुण तेस्रो

रमेश लम्साल / काठमाडौँ, २७ जेठ । भारतीय लगानीकर्ताले अगाडि बढाएका दुई महत्वपूर्ण जलविद्युत् आयोजना जग्गा प्राप्ति र वन क्षेत्रको अनुमति नपाउँदा अगाडि बढ्न सकेको छैन । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको लगानीकर्ता ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर) र अरुण तेस्रो जलविद्युत् आयोजनाको लगानीकर्ता सतलज विद्युत् निगमको काम अगाडि बढ्न नसक्नुको पछाडि जग्गा प्राप्ति र वन क्षेत्र […]


ज्येष्ठ नागरिकलाई सम्मान

काठमाडौँ, २७ जेठ । गोकर्णेश्वर नगरपालिका वडा नं ९ का ७० वर्ष पार गरेका ७० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । गोकर्णेश्वर नगरपालिकाको सहयोगमा गोकर्ण महिला सञ्जालले आज आयोजित कार्यक्रममा दोसल्ला, माला, हर्लिक्स र बिस्कुटले ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । ज्येष्ठ नागरिकको सम्मान उहाँहरुले समाजमा पु¥याउनुभएको योगदानका लागि कदर भएको सो अवसरमा सञ्जालकी […]


अनियमितता गर्ने जो भए पनि कारबाहीका लागि सिफारिश गर्छु – सभापति अधिकारी

काठमाडौँ, २६ जेठ । विकास समितिका सभापति रवीन्द्र अधिकारीले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट दुरुपयोग भएको पाइए जुनसुकै राजनीतिक दलका नेता र सांसद भए पनि नछोड्ने प्रतिबद्धता जनाउनुभएको छ । व्यवस्थापिका–संसद् मातहतको उक्त समितिको आजको बैठकमा निर्वाचन क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको प्रभावकारिताका विषयमा भएको छलफलपछि सभापति अधिकारीले कसैले पनि बजेटको दुरुपयोग […]


मन्त्रिपरिषद् बैठकः उपराष्ट्रपतिको चीन भ्रमण स्वीकृत

काठमाडौँ, २६ जेठ । सरकारले उपराष्ट्रपति नन्दबहादुर पुनको आगामी चीन भ्रमण स्वीकृत गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति पुनको आगामी जेठ २८ गतेदेखि असार २ गतेसम्म हुने मित्रराष्ट्र चीनको औपचारिक भ्रमणलाई स्वीकृत गरेको हो । उपराष्ट्रतिमा निर्वाचित भएयता उपराष्ट्रपति पुनको यो पहिलो विदेश भ्रमण हो । त्यसैगरी सरकारले विज्ञान तथा प्रविधि मन्त्रालयका […]


एकवर्षभित्र बालबालिका, अपाङ्ग, ज्येष्ठ नागरिकमैत्री उद्यान निर्माण गरिने

  काठमाडौँ, २५ जेठ । काठमाडौँ उपत्यकाभित्र वाग्मती र यसका सहायक नदीलाई स्वच्छ, सफा र हराभरा बनाउने उद्देश्यले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले यस क्षेत्रमा बालबालिका, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकमैत्री उद्यान निर्माण कार्यलाई एक वर्षभित्र सम्पन्न गर्ने भएको छ । समितिले आज वाग्मती क्षेत्रको विकासका विषयमा सरोकारवालासँग गरेको छलफलमा एक वर्षभित्र वाग्मती […]


तिजी पर्वमा अहिलेसम्मकै उच्च विदेशी पर्यटक सहभागी

मुस्ताङ, २५ जेठ । उपल्लो मुस्ताङको सांस्कृतिक पर्व तिजीमा रमाउन अहिलेसम्मकै उच्च विदेशी पर्यटक पुगेको देखिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)ले वैशाख २१, २२ र २३ गते सञ्चालन भएको तिजी पर्वको अवसरमा ४४१ विदेशी पर्यटक लोमान्थाङ भित्रिएको जनाएको छ । विनाशकारी भूकम्पका कारण गतवर्षको तिजीमा विदेशी पर्यटकको सङ्ख्या शून्य थियो । हरेक वर्ष उपल्लो […]


कृषि यान्त्रीकरण दर ४० प्रतिशत

धनगढी, २४ जेठ । नेपालमा कृषि यान्त्रीकरण दर ४० प्रतिशत पुगेको एक तथ्याङ्क सार्वजनिक भएको छ । कृषि मन्त्रालयको पहलमा कृषि यान्त्रीकरण रणनीति तर्जुमाका लागि सुझाव सङ्कलन गर्न आइतबार यहाँ आयोजित गोष्ठीमा दिइएको जानकारीअनुसार दुई दशकयता कृषकले सरकारको कुनै लगानीबिना कृषि यान्त्रीकरणको प्रयोग र विस्तार बढाएको छ । कृषि यान्त्रीकरणमा भएको अभिवृद्धिसँगै देशको कुल खेतीयोग्य […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter