समाचार

मनास्लु पदमार्ग दसैँअघि खुलाइने, ५० लाख बजेट विनियोजन

गोरखा, १० असोज । भूकम्पपछि अवरुद्ध गोरखाको मनास्लु पदमार्ग खुलाउन जिल्ला विकास समितिले प्राविधिकसहितको टोली खटाएको छ । थुमीको सोतीदेखि सिर्दिवास गाविससम्मको पदमार्ग दसैँअघि सुचारु गर्न जिल्ला प्राविधिक कार्यालयका ओभरसियर लालबहादुर गुरुङ र राजनीतिक परामर्श समितिका सदस्य अध्ययन गर्न खटिएका छन् । नेपाली काँग्रेसका जिल्ला सचिव पूर्णबहादुर दाहाल, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य विष्णु भट्ट, […]


तीन महिनाभित्र औषधि उत्पादन सुरु हुने

भीष्मराज ओझा / काठमाडौँ, १० असोज । हाल उत्पादन बन्द अवस्थामा रहेको नेपाल औषधि लिमिटेडलाई सरकारले पुनः सञ्चालन गरी औषधि उत्पादन गर्ने तयारी गरेको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले आज लिमिटेडमा रहेका उपकरण र पूर्वाधारको निरीक्षण गरी तीन महिनाभित्र पहिलो चरणमा आठ प्रकारका औषधि उत्पादन गरिने जानकारी गराउनुभयो । निरीक्षणपश्चात् सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले लिमिटेड पुनः […]


सोसल साइन्स बहाःमा करोडौँ भ्रष्टाचार भएको आयोगको खुलासा

काठमाडौँ, ९ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘सोसल साइन्स बहाः’ नामक गैरसरकारी संस्थामा भएको करोडौँ रुपैयाँ अनियमितताको खुलासा गरेको छ । समाज कल्याण परिषद्का पदाधिकारी समेतको मिलेमतोमा सो संस्थाका पदाधिकारी र सदस्यले विदेशी दाताबाट नेपाली जनताको नाममा आएको करोडाँै रुपैयाँ भ्रष्टाचार गरेको आयोगले आज प्रकाशित विज्ञप्तिमा जनाएको छ । सोसल साइन्स बहाः र सोही […]


साढे चार लाख पीडितसँग अनुदान सम्झौता

काठमाडौँ, ९ असोज । भूकम्प प्रभावित चार लाख ५४ हजार १५ घर परिवारसँग आइतबार बिहानसम्म अनुदान सम्झौता भएको छ भने तीन लाख ९३ हजार ६७७ परिवारलाई पहिलो किस्ताको रकम वितरण गरिएको छ । भूकम्पबाट अतिप्रभावित ११ जिल्लामा हाल अनुदान सम्झौताको काम भइरहेको छ । सिन्धुपाल्चोकमा ७४ हजार ८५७, रामेछापमा ४० हजार ७८७, ओखलढुङ्गामा १८ हजार […]


ग्राउन्डेड एयरबसले सोमबारदेखि उडान भर्ने

काठमाडौँ, ८ असोज । प्राविधिक समस्याका कारण आज ग्राउन्डेड भएको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को विमानले सोमबारदेखि उडान सञ्चालन गर्ने भएको छ । विमानको भोलि साँझसम्म मर्मत सकेर पुनः उडान सञ्चालन गरिने निगमका कर्पोरेट निर्देशक एवम् प्रवक्ता रामहरि शर्माले  जानकारी दिनुभयो । नेपाल एयरलाइन्सको एयरबस ३२०, नाइन एन एकेडब्लु कलसाइन सगरमाथा नामको विमान आज […]


‘नेपालको जल नेपालीकै लगानी’

भक्तपुर, ८ असोज । ऊर्जा मन्त्रालयले ‘नेपालको जल नेपालीकै लगानी’ भन्ने नाराका साथ नेपालीकै लगानी बढाएर ऊर्जा सङ्कट हटाउने कार्यक्रम अगाडि सारेको छ । आदर्श उमावि लायकुमा आज आयोजित प्रथम सितेरियो सोबुकान खुला राष्ट्रव्यापी कराँते प्रतियोगिता २०१६ को उद्घाटन कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्माले सो जानकारी दिनुभएको हो । पुनःनिर्माणको काम पनि पूरा गर्न नेपाली खेलाडी […]


मेलम्ची खानेपानीको काम आगामी नयाँ वर्षमा सम्पन्न गर्न निर्देशन

युवराज पाण्डे र आदित्य दाहाल / सिन्धुपाल्चोक, ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्धारित समयअघि नै राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ । सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमनपछि आज आयोजित कार्यक्रममा उहाँले निर्धारित समयअघि नै गुणस्तरीय तरिकाले आगामी वैशाख १ गते काठमाडौँमा खानेपानी पु¥याउनु जरुरी छ भन्नुभयो । उहाँले […]


विपद् व्यवस्थापनका लागि राष्ट्रिय क्षमता बढाउन आवश्यक

काठमाडौँ, ७ असोज । भूकम्प लगायत प्राकृतिक प्रकोपका घटनापछिको व्यवस्थापनका लागि बनाइएको विधि र प्रक्रियालाई सही रुपले कार्यान्वयन गर्न राष्ट्रिय क्षमता बढाउनुपर्ने निष्कर्ष निकालिएको छ । नेपाली र अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्र कमान्डको सहयोगमा आयोजित चारदिने विपद् व्यवस्थापन अभ्यास र आदानप्रदानबाट हामीमा भएको राष्ट्रिय क्षमतालाई बढाएमा र अन्तर्राष्ट्रिय तहबाट त्यसमा होस्टेमा हैँसा भएमा विपद्को […]


नयाँ पत्रकार आचारसंहिता जारी

काठमाडौँ, ६ असोज । पत्रकारिता पेसालाई थप मर्यादित बनाउनका लागि प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घले संयुक्त रुपमा ‘पत्रकार आचारसंहिता, २०७३ जारी गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज प्रेस काउन्सिल नेपालको ४७औँ वार्षिकोत्सवको अवसरमा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की र महासङ्घ अध्यक्ष डा महेन्द्र विष्टले संयुक्त रुपमा आचारसंहिता जारी गर्नुभएको हो । आचारसंहिता […]


चैतमा निर्वाचन गराउन आयोग तयार छ – प्रमुख निर्वाचन आयुक्त

बाँके, ६ असोज । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले राजनीतिक दलबीच सहमति भए चैतमा स्थानीय निर्वाचन गराउन आयोग तयार रहेको बताउनुभएको छ । उहाँले स्थानीय तहको निर्वाचनका लागि आयोग आन्तरिक र प्राविधिक हिसाबले तयार रहेको बताउनुभयो । नेपालगन्जमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त यादवले त्यसका लागि आयोग ‘इलेक्सन एक्सन प्लान’ बनाएर निर्वाचनको तयारीमा […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter