समाचार

राष्ट्रपति भण्डारीबाट डा केसीको अनशनमा चासो व्यक्त; संवाद गर्न तीन सदस्यीय वार्ता टोली गठन

काठमाडौँ, ५ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले अनशनरत डा गोविन्द केसीको माग र उहाँको स्वास्थ्य अवस्थाका बारेमा आज स्वास्थ्यमन्त्री रामजनम चौधरीसँग चासो व्यक्त गर्नुभएको छ । स्वास्थ्यमन्त्री चौधरीलाई राष्ट्रपति कार्यालय शितलनिवासमा बोलाएर राष्ट्रपति भण्डारीले डा केसीको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिनुभयो । भेटमा राष्ट्रपतिले डा केसीको जीवनरक्षाका लागि पहल गर्न […]


प्रधानमन्त्रीसमक्ष ‘राष्ट्रिय आमसञ्चार नीति २०७३’ प्रस्तुत

काठमाडौँ, ५ साउन । सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज आफ्नो प्रतिवेदन बुझायो । पाँच महिना लगाएर तयार पारिएको उक्त प्रतिवेदन प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमबीच समितिका अध्यक्ष काशीराज दाहालले प्रधानमन्त्री ओलीलाई बुझाउनु भएको हो । प्रधानमन्त्री ओलीले सो प्रतिवेदन कार्यान्वयनका निम्ति सूचना तथा सञ्चारमन्त्री शेरधन राईलाई हस्तान्तरण गर्नुभयो । समितिले […]


विभिन्न कार्यक्रम गरी बिपीलाई सम्झिँदै

काठमाडौँ, ५ साउन । मुलुकभर विभिन्न कार्यक्रम गरी जननायक विश्वेश्वरप्रसाद कोइरालाको ३४ औं स्मृति दिवस भोलि मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका […]


जुनारखेतीबाट जीवनस्तरमा सुधार

राजाराम कार्की / सिन्धुली, ४ साउन । बनेपा–सिन्धुली बर्दिबास (बिपी) राजमार्ग बनेपछि आसपासमा बसोबास गर्ने नागरिकको जीवनस्तर जुनार र तरकारीखेतीले सुधार गरेपछि भौतिक विकासको मेरुदण्ड राजमार्ग भएको कुरा प्रमाणित गरेको छ । राजमार्ग निर्माण अघि यहाँका वासिन्दालाई भात खान चाडपर्व कुर्नुपर्ने, हरियो तरकारीका लागि जङ्गलमा सिस्नो टिप्न जानुपर्ने तथा गाडी चढ्न काभ्रे सदरमुकाम धुलिखेल धाउनुपथ्र्यो […]


उद्यानको आम्दानी रु पचासी लाखभन्दा बढी

काठमाडौँ, ४ साउन । गत आवमा रत्नपार्कको आम्दानी रु ८५ लाख २१ हजार ६ सय ६७ भएको छ । केही समय बन्द उक्त उद्यान अघिल्लो आवको असार महिनादेखि केही थप व्यवस्थापनका साथ सर्वसाधारणका लागि खुला गरिएको थियो । कामपा, रत्नपार्क तथा रानीपोखरी एकाइका प्रमुख हरिशरण केसीले एक वर्षका अवधिमा तीन लाख २९ हजार ६ सय २३ […]


दुई हजारभन्दा बढी आयोजना पुनःनिर्माण

काठमाडौँ, ४ साउन । शान्ति तथा पुनःनिर्माण मन्त्रालयले आफ्नो स्थापनादेखि गत असार मसान्तसम्म देशका विभिन्न स्थानमा दुई हजार ८७० आयोजना पुनःनिर्माण गरेको छ । मन्त्रालयले मुलुकमा १० वर्षसम्म भएको द्वन्द्वमा ध्वस्त विभिन्न संरचनाअन्तर्गत कारागार, अदालत, उद्यान, स्मारक, सम्पदा, विद्यालय, गाविस भवन तथा जिल्ला, इलाका, क्षेत्रीय तहका सरकारी कार्यालय लगायत स्थलको मर्मत तथा पुनःनिर्माणको आयोजना सम्पन्न […]


रामसार सूचीमा सूचीकृत फेवाताल सङ्कटमा

वासुदेव पौडेल / पोखरा, ३ साउन । मानवीय एवम् प्राकृतिक अतिक्रमणको सिकार बन्दै गएको रामसार सूचीमा सूचीकृत पोखराको फेवाताल उचित संरक्षणको अभावमा बर्सेनि सङ्कटमा पर्दै गएको छ । पोखराको गहनाका रुपमा रहेको यो ताल आन्तरिक तथा बाह्य पर्यटकमाझ निकै लोकप्रिय बने पनि बर्सेनि यसको जलाधार स्रोतका रुपमा रहेका हर्पन र अँधेरी खोलामा आउने बाढी तथा […]


अनशनरत डा केसीको जीवन रक्षार्थ सरकारको ध्यानाकर्षण; अनशनप्रति मधेसी चिकित्सक सङ्घको असहमति

काठमाडौँ, ३ साउन । व्यवस्थापिका–संसद् सामाजिक न्याय तथा मानवअधिकार समितिले सरकार र डा गोविन्द केसीबीच विगतमा भएको सहमति कार्यान्वयन गर्न र उहाँको जीवन रक्षा गर्न सरकारलाई निर्देशन दिएको छ । अनशनरत डा केसीको स्वास्थ्य स्थिति नाजुक बन्दै गएको भन्दै समितिले तत्काल उहाँले अहिले उठान गर्नुभएको चारबुँदे माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको हो । समितिका […]


साझा प्रकाशनलाई संस्था सञ्चालन गर्न तत्काल रु ४० करोड आवश्यक

पोखरा, ३ साउन । साझा प्रकाशनको सञ्चालक समितिका पदाधिकारीसहितको टोलीले आज पोखरास्थित प्रकाशनको कार्यालयको स्थलगत अवलोकन गरेको छ । प्रकाशनका अध्यक्ष एवम् महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा नेतृत्वको टोलीले प्रकाशनका कर्मचारीलाई लामो समयदेखिको तलबभत्ता लगायत सुविधा प्रदान गर्न चलअचल सम्पत्ति बेच्नुपर्ने भएको जनाउँदै अवलोकन गरेको हो । “साझा प्रकाशनमा कर्मचारीको लामो समयदेखिको तलबभत्ता र सुविधा दिनुपर्ने छ,” […]


पुनःस्थापना नहुँदा पीडा भएको छ : मुक्त कमैया

धनगढी, २ साउन । पुनःस्थापनाको पर्खाइमा १६ वर्षसम्म कुर्दा पनि जग्गा र आवासविहीन बन्नुपर्दा पीडामा जीवन जिउनुपरेको पूर्व कमैयाले गुनासो गरेका छन् । कमैयामुक्ति दिवसका अवसरमा आज यहाँ आयोजित कोणसभामा मुक्त कमैया महिला विकास मञ्च कैलालीका अध्यक्ष दिलरानी चौधरीले एउटै देशका नागरिक कसैले ‘एसी‘मा बसेर जीवन जिउन पाउने तर कसैको भने १६ वर्षसम्म पनि गाँसबासको […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter