
काठमाडौँ, १६ असोज । उद्योग मन्त्री नवीन्द्रराज जोशीले हाल बन्द अवस्थामा रहेका सार्वजनिक उद्योगलाई निजी क्षेत्रको सहभागितामा पुनः सञ्चालन गरिने बताउनुभएको छ । मन्त्री नियुक्त भएपछि आफूले गरेका कार्य र उपलब्धिका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री जोशीले बन्द उद्योगलाई पुनः सञ्चालन गर्ने अभियानको थालनी नेपाल औषधि लिमिटेडबाट सुरु भइसकेको बताउनुभयो । […]

काठमाडौँ, १५ असोज । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीको महान् चाड बडा दसैँ घटस्थापना गरी आजबाट सुरु भएको छ । घटस्थापनाका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान ८ बजेर ३५ मिनेटको साइत निकालेको थियो । बडा दसैँ पर्व आजदेखि आश्विन शुक्ल पूर्णिमा अर्थात् असोज २९ गते कोजाग्रत पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने […]

काठमाडौँ, १४ असोज । साझा यातायातले दसैँमा काठमाडौँ उपत्यका बाहिर जाने यात्रुको चापलाई ध्यानमा राखी वीरगन्जका लागि पनि सेवा विस्तार गर्ने भएको छ । आइतबारदेखि बाग्लुङ र गोरखाका लागि बस सेवा सञ्चालनमा ल्याउने तयारी गरेको साझा यातायातले वीरगन्जका लागि पनि सेवा विस्तार गर्ने तयारी गरेको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । […]

काठमाडौँ, १४ असोज । बडादसैँ, तिहार छठ पर्वका समयमा राजधानीको सुरक्षा व्यवस्थालाई त्रुटिरहित र मजबुत बनाउन प्रहरीले तीन चरणको सुरक्षा योजना अवलम्बन गर्ने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी चाडपर्वमा जनतालाई सुरक्षा दिलाउन र विदेशबाट घर फर्कने एवम् काठमाडौँ उपत्यकाबाट गन्तव्यमा जाने यात्रु समेतलाई पूर्ण सुरक्षाको सुनिश्चितता दिलाउन सुरक्षा रणनीति […]

मुस्ताङ, १३ असोज । जिल्लामा यस वर्ष चार हजार ४०० मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्षभन्दा यस वर्ष ४०० मेट्रिक टन कम स्याउ फलेको छ । सबैभन्दा बढी स्याउ उत्पादन मार्फा र जोमसोममा भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर गुरुङले जानकारी दिनुभयो । लामो समयसम्म खडेरी पर्नु, जिजिनामथ किराको सङ्क्रमण, स्याउको […]

काठमाडौँ, १३ असोज । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकप्पपीडितको आवास निर्माणका लागि अब निर्माण सामग्री र आवश्यक कर्मी (डकर्मी, सिकर्मी, कालीगढ)को व्यवस्थापन कार्यलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आज ललितपुरमा आयोजित नियमित पत्रकार भेटघाटमा लाभग्राहीको सूचीमा परेका र भूकम्प प्रतिरोधी घर निर्माण गरेकाहरुलाई अनुदान प्राप्तिमा अब कुनै समस्या […]

काठमाडौँ, १२ असोज । अन्तर्राष्ट्रियस्तरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को प्रभावकारितालाई कसरी अभिवृद्धि गर्ने भन्ने विषयमा केन्द्रित भई काठमाडौँमा दुईदिने सम्मेलन हुने भएको छ । बिहीबारदेखि सुरु हुने सम्मेलनमा नेपालसहित यसका सदस्य राष्ट्र भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, मालदिभ्स, अफगानिस्तान, पाकिस्तानका विधायिका, राजनीतिज्ञ, कूटनीतिज्ञ तथा सञ्चारकर्मीको सहभागिता रहनेछ । सम्मेलनमा पाँच विषयमा सात वटा कार्यपत्र […]

चितवन, १२ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै दललाई मिलाएर राष्ट्रलाई उन्नतितर्फ लैजाने जिम्मेवारी आफ्नो काँधमा आएकोे बताउनुभएको छ । पश्चिम चितवनको दिव्यनगरमा रहेको आदर्श माविको स्वर्ण महोत्सवको आज समापन गर्दै उहाँले गणतन्त्रका संस्थापक नेता गिरिजाप्रसाद कोइरालाको निधनपछि सबैलाई मिलाएर देशलाई समृद्घितर्फ लैजाने जिम्मेवारी आफ्नो काँधमा आएको बताउनुभयो । यो जिम्मेवारीलाई रत्तिभर विचलित नभई पूरा […]

म्याग्दी, ११ असोज । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा क्रमिक रुपमा देखिन थालेको छ । अस्वाभाविक रुपमा तापक्रममा वृद्धि हुने क्रमसँगै म्याग्दीको मुदी गाविसमा रहेको संसारको सातौँ अग्लो धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएको छ । आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल पहिले बाह्रै महिना पूरै हिउँले ढाकिने गरेको भएपनि पछिल्लो समय गर्मीयाममा भने […]

काठमाडौँ, ११ असोज । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले ‘दोस्रो राष्ट्रिय आप्रवास सम्मेलन’ आज यहाँ उद्घाटन गर्नुभयो । अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन (आइओएम), दी एसिया फाउन्डेसन, माइती नेपाललगायत आप्रवासका क्षेत्रमा क्रियाशील १४ सङ्गठनको संयुक्त अयोजनमा सो सम्मेलन सुरु भएको हो । आप्रवास समस्या, चुनौती र त्यसको समाधनमा केन्द्रित रहेर दुई दिनसम्म चल्ने सम्मेलनमा वैदेशिक रोजगारीका लागि […]