समाचार

नेपाली सेना समष्टिगत राष्ट्रिय हितको सुरक्षाका लागि प्रतिबद्ध

काठमाडौँ, १० साउन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना नेपालको समष्टिगत राष्ट्रिय हितको सुरक्षाका लागि प्रतिबद्ध रहेको तथा यसले विद्यमान राजनीतिक एवं सुरक्षा स्थितिलाई समेत सूक्ष्म ढङ्गबाट नियालिरहेको बताउनुभएको छ । कृषिमा व्यवसायीकरणको जागरण अभियानमा कार्यरत ‘अष्ट ज अभियान’ नामक संस्थाबाट आफू समक्ष गमला हस्तान्तरण तथा उत्पादन र व्यवसायीकरणका सम्बन्धमा नेपाली सेनाको भूमिकाबारे गरिएको अन्तक्र्रिया […]


प्रधानमन्त्रीद्वारा राजिनामा; ‘मुलुकलाई अव्यवस्थाको चक्रब्यूहमा फसाउने प्रयास भयो’ : प्रधानमन्त्री

काठमाडौँ, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज प्रधानमन्त्री पदबाट राजिनामा दिनुभएको छ । आफूविरुद्ध व्यवस्थापिका–संसदमा परेको अविश्वासको प्रस्तावको जवाफ दिँदै उहाँले नयाँ प्रधानमन्त्री निर्वाचनका निम्ति सहज मार्ग प्रशस्त होस् भन्ने हेतुले राजिनामा पेस गरेको र साथै बाधा अड्काउ फुकाउन राष्ट्रपति समक्ष सिफारिस गरेको सदनलाई जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले नेपालको […]


धार्मिक पर्यटनको आकर्षण बढ्दो ; पर्यटक आगमनमा एकाउन्न प्रतिशतले कमी

सिबी अधिकारी / काठमाडौँ, ९ साउन । विश्वमा धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रुपमा रहेको नेपालमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । नेपाल भ्रमणमा आउने पर्यटकमध्ये धेरैको रोजाइँ पवित्र धार्मिक क्षेत्रको भ्रमण हुने गरेको पाइएको छ । लुम्बिनी, पशुपतिनाथलगायत पुरातात्विक महत्वका सांस्कृतिक सम्पदाका कारण पर्यटक आकर्षित हुने गरेका छन् । विश्व सम्पदाका सूचीमा सूचीकृत १० सम्पदा […]


डा केसीको समर्थनमा पदयात्रा

काठमाडौँ, ८ साउन । चिकित्सा क्षेत्र र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै १४ दिनदेखि आमरण अनशन बस्नुभएका प्रा डा गोविन्द केसीको समर्थनमा आज यहाँ पदयात्रा गरिएको छ । सरकारलाई दबाब दिन नागरिकले स्वतस्फूर्त रुपमा आयोजना गरेको पदयात्रामा स्वास्थ्यकर्मी, विभिन्न राजनीतिक दलका विद्यार्थी सङ्गठन, पेसाकर्मी, कलाकार लगायत हजारौँकोे सहभागिता थियो । प्रा डा केसी चिकित्सा शिक्षा […]


सडकमा सौर्य बत्ती जडान गरिने

दाङ, ८ साउन । दाङको तुलसीपुर नगरपालिकाले रु ८० लाखको लगानीमा नगरपालिकाका मुख्य सडक र विभिन्न आठवटा टोलका सडकमा सौर्य बत्ती जडान गर्ने भएको छ । नगरपालिकाका इन्जिनियर पवनकुमार योगीकाअनुसार जनसहभागितामा आधारित सौर्य बत्ती जडान परियोजना अन्तर्गत आगामी भदौदेखि उज्यालो तुलसीपुर बनाउने उद्देश्यका साथ सौर्य बत्ती जडान गर्ने कार्यक्रम सुरु गर्न लागिएको हो । सौर्य […]


सन् २०३० मा विद्युत् माग दश हजार मेगावाट पुग्ने

काठमाडौँ, ८ साउन । सन् २०३०(विसं २०८७तिर) सम्म मुलुकको कुल ऊर्जाको माग दश हजार मेगावाट हुने देखिएको छ । राष्ट्रिय योजना आयोगले गरेको अध्ययनले प्रतिवर्ष कुल २० प्रतिशतको दरले ऊर्जाकोे माग बढ्दै जाने र सो अवधिसम्म माग उच्च विन्दुमा पुगेर दश हजार मेगावाट पुग्ने देखिएको हो । सरकारले योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाको संयोजकत्वमा […]


गत आवमा बिदेसिने ९४ हजार १७४ घटे

किरण भट्टराई / काठमाडौँ, ८ साउन । गत आर्थिक वर्ष २०७२÷७३ मा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या उल्लेख्यरुपमा घटेको छ । यो वर्ष अघिल्लो आवभन्दा ९४ हजार १७४ कम नेपाली बिदेसिए । वैदेशिक रोजगार विभागका अनुसार आव २०७१÷७२मा पाँच लाख १२ हजार ८८७ जना वैदेशिक रोजगारीमा गएकामा गत आवमा सो सङ्ख्या घटेर चार लाख १८ […]


अविश्वास प्रस्ताव जनता र संविधानको भावना विपरीतः नेम्वाङ; राष्ट्रिय सहमतिलाई बाधा पार्ने छैन : दाहाल

काठमाडाँ, ७ साउन । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले अर्काे संसदीय निर्वाचन नहुँदासम्म दलहरु सरकार परिवर्तनमा होइन संविधानको कार्यान्वयनमा लाग्ने परिकल्पना विपरीत अविश्वासको प्रस्ताव आएको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा प्रस्तुत अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेम्वाङले भन्नुभयो, “संविधानले नसोचेर होइन, जानेर नै नयाँ प्रधानमन्त्रीका बारेमा व्यवस्था नगरेको तथ्य निर्विवाद […]


भूकम्पपछिको पुनःनिर्माण वातावरणमैत्री हुनुपर्नेमा जोड

काठमाडौँ, ७ साउन । भूकम्पपछिको पुनःनिर्माण वातावरणमैत्री हुनुपर्नेमा सरोकार भएकाहरुले जोड दिनुभएको छ । जापान नेपाल दौत्य सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवका अवसरमा आज जापानको योकोहामा सहरी विश्वविद्यालय र यामादा मौरीपालन संस्थाले संयुक्त रुपमा यहाँ आयोजना गरेको कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावाले भूकम्पले हल्लाएको नेपाली जमिनमा पहिरो जानेक्रम बढेकाले सतर्क हुन अनुरोध गर्नुभयो । […]


डा केसीको मागका विषयमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ, ६ साउन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा विगत केही दिनदेखि अनशसनरत प्रा डा गोविन्द केसीले उठाउनुभएको मागलाई तत्काल सम्बोधन गर्न माग गर्दै व्यवस्थापिका–संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको छ । नेपाली काँग्रेसका सांसदद्वय गगनकुमार थापा र धनराज गुरुङ र नेकपा(माओवादी केन्द्र)का सांसद श्याम श्रेष्ठले आज सो प्रस्ताव दर्ता गराउनुभएको हो । दर्ता भएको प्रस्तावमा […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter