समाचार

‘वैदेशिक रोजगारीका लागि श्रम आप्रवास’ प्रतिवेदन सार्वजनिक

काठमाडौँ, २ साउन । ‘वैदेशिक रोजगारीका लागि श्रम आप्रवास’मा नेपालको स्थिति २०७१÷७२ विषयक प्रतिवेदन आज सार्वजनिक भएको छ । श्रम तथा रोजगार मन्त्रालयले विसं २०६५÷६६ देखि २०७१÷७२ सम्म सात वर्षको अवधिमा नेपालीको वैदेशिक रोजगारीको अवस्थाबारे केन्द्रित रहेर तयार पारेको प्रतिवेदन श्रम तथा रोजगार मन्त्री दीपक बोहराले आज सार्वजनिक गर्नुभयो । यो अवधिमा २७ लाख २३ […]


डा केसीको मागको समर्थन गर्दै प्रदर्शन

काठमाडौँ, १ साउन । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा भएको बेथितिविरुद्ध अनशन बसेका डा गोविन्द केसीको समर्थनमा प्रदर्शन गरिएको छ । डा केसीले राखेको मागको समर्थन गर्दै आज माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म पदयात्रा निकालिएको हो । प्रदर्शनमा ‘माथेमा प्रतिवेदन पूर्णरुपमा कायम गर, स्वास्थ्यमा गुणस्तर कायम गर, माफियाको मिसन सिटामोलमा कमिसन, डा केसीको अनशन मेडिकल माफियालाई […]


विद्युत् नीति बनाएर मात्रै वैदेशिक लगानी भित्र्याउन सुझाव

रमेश लम्साल / काठमाडौँ, १ साउन । कानुनी व्यवस्था गरेर मात्रै नेपालको जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन पाइने प्रबन्धसहितको सुझाव व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले सरकारलाई दिएको छ । नीतिगत व्यवस्था नहुँदा हचुवाको भरमा वैदेशिक लगानी भित्र्याउने र अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता गरेर नेपाल विद्युत् प्राधिकरणलाई धरासायी बनाउने प्रवृत्ति बढ्दै गएपछि संसद्कै पहलमा नयाँ नीति […]


भूकम्पपीडितलाई ट्याक्सी दर्ता खुला

काठमाडौँ, १ साउन । सरकारले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितलाई उपलब्ध गराउने गरी ट्याक्सी दर्ता खुलाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रिस्तरीय निर्णयअनुसार ट्याक्सी दर्ताको प्रक्रिया सुरु भएको हो । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितले दर्ता गर्न पाउने गरी विसं २०७२ जेठ २८ र सोही वर्षको चैत २१ को मन्त्रिस्तरीय निर्णयअनुसार दर्ता […]


उपत्यकाका नदी सफाइबाट बाह्र टन फोहर व्यवस्थापन

काठमाडौँ, १ साउन । उपत्यकाको सभ्यताका रुपमा रहेका प्रमुख नदी सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती नदी सफाइको १६६ औँ हप्तामा आज टेकुपारिको ललितपुर क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौँ महानगरपालिका, […]


प्रसारण लाइनमा जताततै समस्या

रमेश लम्साल / काठमाडौँ, ३१ असार । प्रसारण लाइनको अभावमा उपभोक्ताको घरसम्म विद्युत् पुग्न नसकिरहेको बेला विद्युत् विकास विभागले भने उल्लेख्य सङ्ख्यामा अनुमतिपत्र प्रदान गरेको छ । विभागले प्रसारण लाइन निर्माणका लागि हालसम्म ५६ वटा आयोजनालाई अनुमतिपत्र प्रदान गरेको छ भने १०७ वटा आयोजनाले सर्वेक्षण अनुमतिपत्र लिएका छन् । विभिन्न निकायले हाल ४१ वटा जलविद्युत् […]


रु एक अर्बका दुई हजार आयोजना

काठमाडौँ, ३१ असार । शान्ति तथा पुनःनिर्माण मन्त्रालयले आगामी आव २०७३। ०७४मा पुनःनिर्माण तथा पुनःस्थापना कार्यक्रमका लागि रु एक अर्ब ४४ करोड बराबरको दुई हजार १७३ आयोजना प्रस्ताव गरेको छ । चालु आवमा भने सोही शीर्षकमा एक हजार ४५० आयोजनाका लागि रु एक अर्ब ३२ करोड छुट्याइएको थियो । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा शान्तिका […]


राष्ट्रिय आमसञ्चार नीतिमाथि सञ्चारविज्ञको सुझाव

काठमाडौँ, ३१ असार । सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिले तयार गरेको सञ्चार नीतिसम्बन्धी मस्यौदामाथि सञ्चारविज्ञ तथा सम्बन्धित निकायले सुझाव दिएका छन् । सूचना तथा सञ्चार मन्त्रालय र सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिले यहाँ आज संयुक्त रूपमा आयोजना गरेको ‘प्रस्तावित राष्ट्रिय आमसञ्चार नीति र नियामक निकायको संरचना’ विषयको अन्तत्र्रिmयामा सभामुख ओनसरी घर्तीले सबैको सुझावका आधारमा सबैलाई […]


गाउँमा नगद भित्र्याउने माध्यम बन्यो आलुखेती (आलेख)

सन्तोष गौतम / म्याग्दी, ३० असार । म्याग्दीको हिस्तान–३ का धन तिलिजाले गत हप्ता ४५ मुरी आलु पोखरा लगेर बेच्नुभयो । अघिल्लो वर्ष आलु बेचेर एक लाख ९० हजार रुपैयाँ आम्दानी गर्नुभएका तिलिजाले यसपालि पनि त्यति नै कमाई हुने अनुमान गर्नुभएको छ । तिलिजा जस्तै उत्तरी म्याग्दीको नागी, राम्चे, टिकोट, घराम्दी, खिवाङ, शिख, फलाते, चित्रे […]


छवटा हिमताल जोखिमपूर्ण अवस्थामा

काठमाडौँ, ३० असार । व्यवस्थापिका–संसद् वातावरण संरक्षण समितिको आज बसेको बैठकमा हिमताल विस्फोट तथा जोखिम न्यूनीकरणका सम्बन्धमा सम्बन्धित निकायका पदाधिकारीसँग छलफल भयो । बैठकमा छोरोल्पा र इम्जालगायत छवटा हिमताल जोखिमपूर्ण अवस्थामा रहेको समुदायमा आधारित बाढी तथा हिमताल विस्फोटन जोखिम न्यूनीकरण आयोजनाका प्रमुख टोपबहादुर खत्रीले जानकारी दिनुभयो । छोरोल्पाबाट सोलुखुम्बुका चौँरीखर्क, खुमजुङ्, नाम्चेलगायत क्षेत्र र तराईका […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter