
काठमाडौं । माघ २४ गते हुने भनिएको राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारलाई आगामी सोमबार चुनाव चिन्ह प्रदान गर्ने तयारी भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने तयारी गरेको गरेको हो । राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारलाई नाम फिर्ता लिन चाहेमा […]

काठमाडौं, माघ १२ गते । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू भएको छ। निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा निर्वाचन गर्न आचारसंहिता लागू गरिएको निर्वाचन आयोगले बताएको छ। निर्वाचन आयोगले एक सूचना जारी गर्दै नेपाल सरकार र मन्त्री, प्रदेश र स्थानीय तह, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सुरक्षा नकाय, निर्वाचनको काममा संलग्न कर्मचारी, […]

काठमाडौं– अब बन्ने प्रदेश सरकार चुस्त र छरितो बनाउन बाम गठबन्धनका नेताहरु सहमति नजिक पुगेका छन् । बिहीबार बसेको गठबन्धनको बैठकमा नेताहरुबीच अन्तराष्ट्रिय मान्यता, विज्ञको सुझाव र जनताको भावनालाई समेत ख्याल गर्दै प्रदेश मन्त्रिमण्डल सानो आकारको बनाउन नेताहरु सकारात्मक भएको कार्यदल सदस्य तथा एमाले नेता सुवास नेम्वाङले बताए । ‘कार्यदलको आजको बैठकमा धेरै विषयमा छलफल […]

काठमाडौँ माघ १० गते । माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार सातै प्रदेशमा उम्मेदवारी दर्ता भएको छ । निर्वाचनबाट चयन हुने कुल ५६ सिटका लागि ८३ जनाको उम्मेदवारी परेको छ । निर्वाचनमा ९ राजनीतिक दलले उम्मेदवारी दिएका छन् । विभिन्न प्रदेशका महिलालगायत क्लस्टरमा निर्धारित सिट संख्याजति नै उम्मेदवारी परेकाले १७ जना निर्विरोध […]

काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालनका लागि सघाउ पु¥याउने उद्देश्यले ३० वटा नमूना कानून तयार पारेको छ । देशभरिका ७५३ स्थानीय तह सञ्चालनका लागि ३० नमूना कानून तयार पारिएको मन्त्रालयका संघीय मामिला महाशाखाका उपसचिव छवि रिजालले जानकारी दिए । उनले तत्काल स्थानीय तह सञ्चालनका लागि नमूना कानून बनाइएको बताए । […]

पूर्णप्रसाद मिश्र / काठमाडौं । सार्वजनिक यातायातमा रेलको चर्चा धेरै हुने गरेको छ, रेल विभाग पनि गठन गरिएको छ तर विभागमा आवश्यकमात्रामा जनशक्ति र रेलकै इञ्जिनियरसमेत छैनन् । यसै कारण एक वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने बथना–जोगवनी–बुधनगर हुँदै विराटनगर आउने १८.५ किमी र जनकपुर–जयनगर–बिजुलपुरा–बर्दिवास ६९ किमीमा एक हजार ६७६ मिलिमिटर चौडाइको ब्रोडगेज रेलमार्ग पनि अलपत्र छ […]

काठमाडौँ, माघ ७ गते । काउन्सिलसंग सम्बन्धित उजुरी अनलाइनबाटै दिन सकिने प्रणालीको आज एक कार्यक्रमबीच प्रधान न्यायाधीश गोपाल पराजुलीले उद्घाटन गर्नुभयो । प्रेस काउन्सिल नेपालले सूचना विभागमा आयोजना गरेको अनलाइन उजुरी प्रणालीको सञ्चालन शुभारम्भ समारोहमा प्रधान न्यायाधीश पराजुलीले काउन्सिलले महत्वपूर्ण उपलब्धि हाशिल गरेको भन्दै पेशागत आचरण कायम गर्न, नियमन–अनुगमन गर्न र स्वस्थ, सभ्य, मर्यादित, व्यवस्थित […]

काठमाडौं, माघ ६ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोली र नेकपा माअोवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको बैठक सकिएको छ । अाज अोली निवास बालकोटमा बसेको बैठक अाइतबार भोली बस्ने पार्टी एकता संयाेजन समितिकाे बैठकका एजेण्डा तय गर्न बैठक बसेको हो । अाेली निवास बालकाेटमा भएकाे छलफलमा राष्ट्रिय सभाकाे निर्वाचन, प्रदेश सरकारकाे गठनका […]

काठमाडौँ, माघ ५ : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरुलाई आज पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा आज अयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त सातै प्रदेशका प्रमुखलाई शपथ गराएका हुन् । राष्ट्रपतिसँग शपथ लिनेमा प्रदेश नं १ का प्रा डा गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश नं २ का रत्नेश्वरलाल कायस्थ, प्रदेश नं […]

काठमाडाैँ, ४ माघ | सरकारले बुधबार १ नम्बर प्रदेशको अस्थायी राजधानी विराटनगर तोकेपछि यतिखेर धनकुटामा चर्को नाराबाजीका साथै विरोध प्रदर्शन भएको छ । विराटनगरलाई राजधानी तोकेपछि बिहीबार विरोधमा उत्रिएका धनकुटाबासी र प्रहरीबीच धनकुटा ६ भीमनारायण चोकमा दोहोरो झडप समेत भएको छ । झडपका क्रममा प्रहरीको लाठीचार्जबाट ४ जना प्रदर्शनकारी घाइते भएका छन् । धनकुटाका नेपाली […]