एक्सक्लुसिभ समाचार

प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री एस जयशंकरको भेट

काठमाडौं, चैत १८ गते। भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। नयाँ दिल्लीको चाणक्यपुरीस्थित होटल आईटीसीमा विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्नुभएको हो। प्रधानमन्त्री देउवा साेही होटलमा बस्नुभएको छ। विदेशमन्त्री जयशंकरसँगको भेटपछि प्रधानमन्त्री देउवा भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालय पुग्नुभएको छ। भ्रमणको दोस्रो दिन शनिबार प्रधानमन्त्री देउवाले […]


मेलम्चीको सुरुङ सफाइ जारी : मुहान सफाइको काम ९५ प्रतिशत सकियो

विष्णु पाण्डेय / काठमाडौँ, चैत्र १६ गते । मेलम्चीको पानी चैत अन्तिम सातासम्म अस्थायी रुपमा उपत्यकामा ल्याउने गरी काम भइरहेको छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार चैत अन्तिम साता मेलम्चीको पानी उपत्यका ल्याउने गरी मेलम्ची मुहानमा तीव्र गतिमा काम भइरहेको छ । समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तका अनुसार अहिले सुरुङ मार्गमा रहेको पानी निकालेर […]


उम्मेदवारले १९ बुँदे स्वघोषणा गर्नुपर्ने, ठेकेदारले चुनाव लड्न नपाउने

काठमाडौं, चैत १६ गते । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारले स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उम्मेदवारको मनोनयन–पत्र साथ १९ बुँदाको स्वघोषणा गर्नुपर्नेछ । आफूले गरेको स्वघोषणाप्रति उम्मेदवार स्वयम् जिम्मेवार हुनुपर्ने नयाँ व्यवस्था आयोगले गरेको हो । ‘आयोगले नेपालको संविधान तथा निर्वाचनसम्बन्धी प्रचलित कानुनी व्यवस्था समेतको आधारमा स्थानीय […]


स्थानीय तहमा आवश्यकता अनुरुप गठबन्धनसँग तालमेल गर्ने निर्णय

काठमाडौं, चैत १५ गते । सत्तारुढ दल नेपाली काँग्रेसको चैत ११ गते शुक्रबारदेखि बसेको केन्द्रीय समितिको बैठक मंगलबार सम्पन्न भएको छ । बैठकले स्थानीय परिस्थति र आवश्यकता अनुसार गठबन्धन गरेका दलहरुसँग चुनावी तालमेल गर्ने नीतिगत निर्णय गरिएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानमा काँग्रेस जिवयी हुने बलियो परिस्थिति र […]


काठमाडौंबाट ४६ दलले निर्वाचनमा भाग लिने, कुन जिल्लामा कति ?

आशा साह / काठमाडौं, चैत १४ गते । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा काठमाडौंबाट ४० दलले भाग दिने भएका छन् । सोमबार आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलन प्रवक्ता शालिग्राम शर्मा पौडेलले काठमाडौंमा राष्ट्रिय दल बाहेक ४० दलले निर्वाचनमा भाग लिने जानकारी दिनुभयो । राष्ट्रिय छ दलसहित काठमाडौंमा ४६ दलले निर्वाचनमा भाग […]


चिनियाँ विदेशमन्त्री वाङ स्वदेश फिर्ता

काठमाडौं, चैत १३ गते। तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार स्वदेश फर्किनुभएको छ। शुक्रबार साँझ पाँच बजे काठमाडौं आइपुग्नुभएका वाङ आइतबार दिउँसो स्वदेश फर्किनुभएको हो। नेपाल भ्रमणका क्रममा वाङको प्राथमिकता राजनीतिक भेटवार्तामै केन्द्रित रहयो। शिष्टाचार भेट र छलफलसँगै उहाँले केही सम्झौतामा हस्ताक्षर गर्नुभएको छ। तीन दिने भ्रमणका लागि विदेशमन्त्री वाङ भारतको […]


परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता; एकचीन नीतिप्रति नेपालको प्रतिबद्धता

काठमाडौं, चैत १२ गते। परराष्ट्रमन्त्री डा. नारायण खड्काले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्नुभएको छ। शनिबार सिंहदरबारमा परराष्ट्रमन्त्री खड्काले तीन दिने भ्रमणका लागि शुक्रबार नेपाल आउनुभएका चिनियाँ विदेशमन्त्री वाङसँग भेट गर्नुभएको हो। परराष्ट्रमन्त्री खड्कासँग भेट गर्दै वाङ यीले औपचारिक भेटवार्ता सुरु गर्नुभएको हो। भेटमा नेपाल–चीन सम्बन्धका समग्र पक्षमा छलफल भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा […]


वैशाख ११ र १२ गते उम्मेदवारकाे मनोनय दर्ता

काठमाडौं, चैत १० गते । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रक्रिया वैशाख दोस्रो सातादेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले बिहीबार सार्वजनिक गरेको स्थानीय तह निर्वाचन कार्यतालिका अनुसार वैशाख ११ देखि १२ गतेसम्म उम्मेदवार मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ । उम्मेदवार मनोनयन दर्ताका लागि बिहान १० देखि साँझ ५ बजेसम्मको […]


मानवीय जीवनको निरन्तरताका लागि पर्वतीय क्षेत्रको संरक्षण आवश्यक : प्रधानमन्त्री

काठमाडौं, चैत ९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले पर्वतीय क्षेत्र स्वच्छ पानी तथा प्राकृतिक स्रोतका रुपमा रहेको र पर्वतबाटै विश्वको झण्डै आधा जनसङ्ख्याले पानीका स्रोतहरु प्राप्त गरिरहेकाले पर्वतीय क्षेत्रको संरक्षण र संवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष, २०२२ का सन्दर्भमा आजदेखि यहाँ सुरु भएको दिगो पर्वतीय समाधानसम्बन्धी क्षेत्रीय नीतिगत बहससम्बन्धी […]


मस्तिष्क मृत्यु भएकाको अङ्गबाट धेरैको ज्यान जाेगाउन सकिन्छ

सिर्जना खत्री, काठमाडौं, चैत ८ गते । नेपालमा ब्रेन डेथ ‘मस्तिष्क मृत्यु’ भएको मानिसको अङ्गबाट पुनर्जीवन पाउने पहिलो व्यक्ति हुन्, १९ वर्षीय मिलन श्रेष्ठ । सवारी दुर्घटनामा परी ब्रेन डेथ भएका सिन्धुलीका ३० वर्षीय गोविन्द भुजेलका दुबै मिर्गौला अन्य व्यक्तिमा प्रत्यारोपण गरिएको थियो । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले दिएको जानकारी अनुसार मिर्गौला प्रत्यारोपणका लागि […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter