एक्सक्लुसिभ समाचार

पञ्चवर्षीय योजनाको अन्त्यसम्ममा ९९ प्रतिशतलाई खानेपानी; निष्पक्ष निर्वाचन गराउन सरकारले आयोगलाई सहयोग गर्छ : प्रम देउवा

पाँचथर, चैत ७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचथरको तुम्बेवा गाउँपालिका–३ मौवास्थित ‘आङ्ना मौवा वृहत पम्पिङ खानेपानी आयोजना’ को आज उद्घाटन गर्नुभएको छ । उहाँले इन्द्राणी माध्यमिक विद्यालयमा निर्माण गरिएको खानेपानीको धारा उद्घाटन गर्नुभएको हो । सो आयोजनाबाट तुम्बेवा गाउँपालिका– १, २ र ३ का एक हजार ६०० घरधुरी लाभान्वित हुने बताइएको छ । सो […]


कामीरिताको नेतृत्वमा सगरमाथा आरोहणको बाटो बनाइने

काठमाडौं, चैत ६ गते । वसन्त ॠतुमा सगरमाथा र ल्होत्से हिमाल आरोहणका लागि आरोहण मार्ग निर्माण गर्ने जिम्मा २५ औं पटक सगरमाथा आरोहण गर्ने कीर्तिमानी आरोही कामी रीता शेर्पाले पाउनुभएको छ । चुचुरोसम्म पुग्न बाटो निर्माणसँगै डोरी टाँग्ने जिम्मा उहाँकाे नेतृत्वमा आठ जनाले पाउनुभएकाे हो । कीर्तिमानी आरोहीसहितको टोलीमा गाइड सोना, ङिमा टासी, छिरिङ ग्याल्जेन, […]


जलाशययुक्त आयोजना अगाडि बढाउँछौँ : प्रधानमन्त्री देउवा

दीपक श्रेष्ठ / गाेंगर, चैत ५ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा जलाशययुक्त जलविद्युत आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाउने बताउनुभएको छ। शनिबार दोलखाको बिगु गाउँपालकिा १ गोगरस्थित माथिल्लो तामाकोशीको पावर हाउसमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो। प्रधानमन्त्री देउवाले आयोजनाले देशकै लगानी, जनशक्ति व्यवस्थापनमा विद्युत उत्पादन गर्न सक्छै भन्ने उदाहरण दिएको उल्लेख गर्नुभयो। माथिल्लो तामाकोसी जलविद्युत् […]


देशकै दोस्रो ठूलो सबस्टेशन सञ्चालनमा, प्रधानमन्त्रीबाट उद्घाटन गर्नुहुने

काठमाडौँ, चैत ३ गते। जलविद्युत् आयोजना निर्माण गरेर मात्रै हुँदैन। त्यसका लागि प्रसारण लाइन सबस्टेशनको पनि उत्तिकै आवश्यकता पर्दछ। प्रसारण प्रणालीको निर्माणपछि मात्रै जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली सबस्टेशन भएर तपाईँ हाम्रो घर–घरमा आइपुग्छ। उद्योग कलकारखानामा पुग्छ। पछिल्ला दिनमा सरकारले जलविद्युत् आयोजनाको निर्माणसँगै प्रसारण प्रणाली र सबस्टेशन निर्माणमा पनि उत्तिकै ध्यान दिएको छ। देशभित्र उत्पादित बिजुली […]


कृषिलाई प्राथमिकता; किसान, व्यवसायी र विज्ञबाट विभिन्न सुझाव पेस

काठमाडौँ, चैत २ गते । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणको गृहकार्य थालेको छ । मन्त्रालयले मङ्गलबार कृषिसँग सम्बन्धित सरोकारवालासँग अन्तक्र्रिया गर्दै बजेट निर्माणको गृहकार्य थालेको हो । छलफलमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कृषिलाई पहिलो प्राथमिकतामा राखेर सुझाव सङ्कलन थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी आर्थिक २०७९/८० को बजेटमा कृषिमा अनुदान होइन, […]


उपभोक्ता अधिकार कागजमै सीमित !

सीता शर्मा / काठमाडौँ, चैत १ गते । हजारौँ किलोमिटर टाढा रहेको युक्रेनमाथि रुसको सैनिक हमलाको प्रभाव नेपालीको जनजीवनमा पनि परेको छ । युक्रेन सङ्कटका कारण अहिले पेट्रोलियम पदार्थ र सुनचाँदीको मूल्य मात्रै होइन, अति आवश्यकीय खाद्यवस्तु खाने तेल, चिनी, दलहनलगायतका उपभोग्य वस्तुको मूल्य उच्चदरमा वृद्धि भएको छ । पछिल्लो समयमा सनफ्लावर तेल बजारमा अभाव […]


साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री काठमाडाैंमा

काठमाडौँ, फागुन ३० गते । साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री फैजल अल बिन फरहान अल साउद सोमबार दुई दिने नेपाल भ्रमणका लागि काठमाडाैं आइपुग्नु भएकाे छ । उहाँलाई परराष्ट्र सचिब भरतराज पाैडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वाग्त गर्नुभएकाे थियाे । नेपाल भ्रमणका क्रममा राजकुमार फैजलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ […]


पर्यटन क्षेत्रमा सुधारको सङ्केत : पर्यटकको सङ्ख्या र आम्दानी दोब्बर

विश्वास रेग्मी / काठमाडौँ, फागुन २९ गते । कोभिड–१९ सङ्क्रमणको तेस्रो लहर मत्थर भइरहेको र धेरै देशले यात्रा प्रतिबन्ध खुकुलो बनाइसकेको अवस्थामा नेपाल भित्रिने पर्यटकको आवागमन बढ्न थालेको छ । पर्यटक आगमन बढेसँगै पर्यटन आय पनि क्रमशः बढ्दो क्रममा छ । अध्यागमन विभागको तथ्याङ्कअनुसार सन् २०२२ को फेब्रुअरीमा मात्रै १९ हजार ७६६ विदेशी पर्यटक नेपाल […]


दुई लाख नेपाली विदेशीए, पाँच खर्ब ४० अर्ब विप्रेषण भित्रियो

काठमाडौं, फागुन २७ गते । देशभित्र रोजगारीको अवसर नपाएपछि दुई लाख बढी नेपाली नागरिक विदेशिएका छन् । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्यरुपमा बढेको पाइएको हो । एक विवरणअनुसार गत माघ मसान्तसम्म कूल दुई लाख १०२ नेपाली रोजगारीको खोजीमा विदेशिएका हुन् । अघिल्लो वर्षको सोही अवधिमा […]


दुई वर्षपछि भारतको मुम्बई र बैंग्लोरमा उडानः पर्यटक बढ्ने अपेक्षा

काठमाडौं, फागुन २६ गते । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले झन्डै दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैंग्लोरमा पुनः उडान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ महामारीका कारण स्थगित भएको उक्त गन्तव्यको उडान पुनः सञ्चालन गर्न लागिएको निगमले जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आगामी चैत १३ गते (मार्च २७, […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter