
काठमाडौं, पुस २६ गते । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले पेट्रोल पम्पलाई ‘रिफ्रेस्मेन्ट सेन्टर’का रूपमा स्थापित गर्न आग्रह गर्नुभएको छ । नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका मरासिनीले भन्नुभयो, “विकसित देशमा पेट्रोल पम्प रिफ्रेसमेन्ट सेन्टरका रूपमा रहेको पाइन्छ, नेपालका पेट्रोल पम्पलाई सोही रूपमा विकास गर्न सक्नुपर्छ ।” आज (मङ्गलबार) नेपाल […]

काठमाडौँ, पुस २६ गते । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको छ। अब भने ७७वटै निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता अनलाइनमार्फतै हुने भएको छ। आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले माघ २ गतेबाट नामावली दर्ता प्रक्रिया सुरु हुने बताउनुभएको छ। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि साउन […]

काठमाडौँ, पुस २५ गते । ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमान्डुको एकीकृत कारोबार सोमबारदेखि सुरु भएको छ । मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेसँगे प्रधानमन्त्री पुष्पकमल दाहालबाट सोमबार बिहान एक कार्यक्रमबीच कारोबारको शुभारम्भ गर्नुभएको हो । दुवै बैङ्कको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपछि बन्ने संस्थामा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएका सम्पूर्ण वित्तीय […]

प्रेम अधिकारी / इलाम, पुस २५ गते । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल एयरलाइन्सले साप्ताहिक रुपमा उडान भर्ने भएको छ । माघको पहिलो साताबाट साप्ताहिक रुपमा उडान भर्ने गरी इलाम नगरपालिका र एयरलाइन्सबीच सहमति भएको हो । उडानका लागि चाँडै मिति तय हुने इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाले जानकारी दिनु भयो । ‘माघ १ […]

काठमाडौं / पुस २४ गते। पूर्व अर्थमन्त्री तथा पूर्व गभर्नर युवराज खतिवडाले बैङ्क तथा वित्तीय संस्थाले कर्जाको आकारभन्दा गुणस्तर बढाउन आवश्यक रहेको बताउनु भएको छ। आइतबार बैङ्क तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री खतिवडाले बैङ्कले कर्जाको आकार बढाउँदा जोखिम आउनसक्ने भन्दै बैङ्क तथा वित्तीय संस्थाले कर्जाको आकारभन्दा गुणस्तर बढाउन आवश्यक […]

काठमाडौं / पुस २४ गते । सोमबार अपराह्न १ बजेका लागि आह्वान भएको सङ्घीय संसद्को पहिलो अधिवेशनको सबै तयारी पूरा भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार सङ्घीय संसद्को पहिलो अधिवेशनको सबै तयारी पूरा भएको हो । पहिलो बैठकमा सबै दलबाट संसदीय दलका नेताले सम्बोधन गर्नुहुनेछ । […]

काठमाडौँ, पुस २३ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँबाट मात्रै दिँदै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशबाट दिने तयारी गरेको छ । प्रदेश १ र मधेश प्रदेशबाट मात्रै श्रम स्वीकृति सेवा सुरु हुन सकेको छैन । प्रदेश १ को विराटनगर र मधेश प्रदेशको जनकपुरमा रहेको श्रम तथा रोजगार कार्यालयबाट […]

काठमाडौं, पुस २३ गते । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले प्रहरी कर्मचारीको सरुवा, बढुवालगायत कार्यहरू क्षमता, व्यावसायिकता, नैतिकता र ज्ञानमा आधारित हुने स्पष्ट पार्नुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकको निरीक्षण भ्रमणपछि आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछाने सेवामा रहँदा सरुवा र बढुवाको विषयले धेरैको मन अमिलो भएको हुनसक्ने उल्लेख […]

काठमाडौं, पुस २२ गते । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नु मानसिब नदेखिएको जनाएको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले अन्तरिम आदेश जारी नगर्ने आदेश दिएको हो । सर्वोच्चको आदेशमा भनिएको छ, […]

काठमाडौं, पुस २२ गते। बैंक तथा वित्तीय संस्थामा ५३ खर्बभन्दा बढी निक्षेप सङ्कलन भएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा ५३ खर्ब दुई अर्ब निक्षेप सङ्कलन भएको हो। पुस १९ सम्म वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीसँग ५२ खर्ब ९५ अर्ब निक्षेप रहेकोमा पुस २० गते ५३ […]