
काठमाडौं, मंसिर ४ गते । नामिबियामा डिसेम्बर २ देखि ८ तारिखसम्म सञ्चालन हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार साँझ रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । लिग–२ सिरिजमा नेपाल, नामिबिया र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । नेपाली […]

काठमाडौं, मङ्सिर ४ गते । बर्दिया ठाकुरद्वार–९ का गोरखबहादुर कार्की एकसुरमा हथौडा चलाइरहनु भएकाे छ । उहाँलाई सघाउँदै श्रीमती नजिकै बालुवा र सिमेन्टको घोल बनाउँदै हुनुहुन्छ । देशभर प्रतिनिधिसभा र प्रदेशसभाको मतदान जारी छ तर कार्की दम्पती बेखबर नभए पनि मतदानको अवसर पाउनुभएको छैन । बरु परिवारको खर्च टार्न चुवानको दिन पनि दिनभर मजदुरीमै हुनुहुन्छ […]

काठमाडौं, मङ्सिर ३ गते। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गर्न जाँदा मतदाता परिचय–पत्र अनिवार्य लैजान आग्रह गर्नुभएको छ। प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाता परिचयपत्र नभएकाले आयोगले तोके बमोजिम आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पुर्जा, सवारी अनुमति-पत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एउटा परिचय पत्र बोकेर जानसक्ने बताउनुभएको हो। उहाँले मतदाताहरुले मतदानका लागि […]

चित्र मिजार / सिन्धुपाल्चोक, मङ्सिर ४ गते । बलेफी गाउँपालिका–८ का बोल्न नसक्ने ७० वर्षीया (आवाजविहीन) जुल्फे तामाङलाई ७० वर्षपछि नेपाली नागरिकता प्रदान गरिएको छ । तामाङ २००९ जेठ २० गते जन्मेको आधारमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले नागरिकता दिलाइएको छ । उक्त वडाका अध्यक्ष रमेशकुमार श्रेष्ठले वडा मुचुल्का उठाएर वंशजको आधारमा तामाङलाई नागरिकता दिलाएको जानकारी […]

काठमाडौं, मङ्सिर २ गते। सरकारले निर्वाचनलाई असर गर्ने खालका गतिविधि नियन्त्रण गर्न सक्षम रहेको बताएको छ। शुक्रबार निर्वाचन पूर्व तयारीको सम्बन्धमा जानकारी दिन गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचनलाई असर गर्ने खालका क्रियाकलापलाई नियन्त्रण गर्न सरकार सक्षम रहेको बताएको हो। पत्रकार सम्मेलनमा बोल्दै गृहसचिव विनोदप्रकाश सिंहले अराजक र हिंसात्मक गतिविधि गर्ने व्यक्ति तथा समूहलाई कानुनी […]

काठमाडौं, मंसिर २ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता कार्यान्वयनमा निर्वाचन आयोग कडा नभई दलका नेता तथा कार्यकर्ता अनुशासित भएको बताउनुभएको छ । आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जियोक) द्वारा शुक्रबार यहाँ आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । निर्वाचन कानुन र आचारसंहिताको परिपालना गरेमा निर्वाचन अनुशासित, भयरहित, स्वतन्त्र र स्वच्छ हुने […]

काठमाडौँ, मङसिर १ गते । विगत केही महिनायता समस्याग्रस्त रहेको अर्थतन्त्रका केही सूचकमा सुधार देखिएको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिनासम्मको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार शोधनान्तर, विदेशी विनिमय सञ्चिति तथा विपे्रषण आप्रवाहमा क्रमिक सुधार भइरहेको छ। लामो समय घाटामा रहेको मुलुकको शोधनान्तर स्थिति असोजसम्म आइपुग्दा बचतमा रहेको छ। प्रतिवेदनअनुसार […]

कीर्तिपुर, मङ्सिर १ गते । करिब साढे दुई सय वर्षअघि भत्किएर भग्नावशेषसमेत लोप हुने अवस्थामा पुगिसकेको कीर्तिपुर दरबार (लायकु) पुनः अस्तित्वमा ल्याउने प्रयास सुरु भएको छ । कीर्तिपुरको सर्वाधिक ठूलो र महत्त्वपूर्ण सम्पदा मानिएको लायकु दरबार लामो समयसम्म राज्यबाट ओझेल पर्नुका साथै स्थानीयवासीको अतिक्रमणमा परेर लोप हुने अवस्थामा पुगेको थियो । कीर्तिपुर डाँडाको सबैभन्दा अग्लो […]

काठमाडौं, कात्तिक ३० गते । निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय चुनावको स्थिर समय मंसिर १ गते राति १२ बजेदेखि सुरु हुने बताएको छ। निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर १ गते राति १२ बजेबाट स्थिर समय सुरु हुने भएको हो। यो समयमा चुनावी प्रचारप्रसार गर्न नपाइने उहाँले जानकारी दिनुभयो। केन्द्रीय आचारसंहिता अनुगमन […]

धीरेन्द्रप्रसाद साह / जनकपुर, कात्तिक ३० गते । नेपाल रेल सेवा चार दिन बन्द हुने भएको छ । जयनगरदेखि जनकपुरसम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा भोलि बिहीबार मङ्सिर १ गतेदेखि ४ गतेसम्म सेवा बन्द रहने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिनुभयो । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई ध्यानमा राखी सो […]