
काठमाडौं, साउन १४ गते । नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले यस वर्षको उत्कृष्ट ‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार पत्रकार गजेन्द्र बुढाथोकीलाई प्रदान गरेको छ । अन्तर्राष्ट्रिय कम्पनी कोकाकोलाले नेपालमा कर छली गरेको विषयलाई पत्रकारिताको माध्यमबाट सूचना सम्पे्रषण गरी राज्यलाई सात अर्ब रुपियाँ राजस्व असुल गर्न सहयोगी भूमिका निर्वाह गर्नुभएको भन्दै पत्रकार बुढाथोकीलाई सो सम्मान प्रदान […]

काठमाडौं, साउन १४ गते । बाटो मर्मतको कारण साबिकबमोजिम फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौंको सडमा फोहोर थुप्रिन थालेका छन् । सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साबिकबमोजिम फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौंको मुख्य चोकमा फोहोर थुप्रिन थालेको हो । मुख्यगरी अनामनगर, कलङ्की, कालीमाटी, बल्खुलगायतका स्थानमा फोहोर थुप्रिन थालेको छ । यही असार ४ […]

काठमाडौं, साउन १३ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल नागरिकता विधेयक पारित गरेको भन्दै धन्यवाद प्रकट गरेको छ । नेपालको नागरिकतासम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ संसदको दुवै सदनबाट पारित भएको छ । शुक्रबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै संघका कार्यकारी अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीको मातृभूमिप्रतिको दायित्व अझ बढेको महसुस गरेको […]

काठमाडौं, साउन १३ गते । प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । शुक्रबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेर लूले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो । भेटमा नेपाल–अमेरिकाबीच मैत्रीपूर्ण सहयोग र सम्बन्धका विषयमा विचार आदान–प्रदान भएको जानकारी प्रधानमन्त्री देउवाले ट्वीटमार्फत सार्वजनिक गर्नुभएको छ । प्रधानमन्त्री देउवाले अमेरिकाको […]

काठमाडौं, साउन १२ गते । संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आइपुग्नु भएको छ। बिहीबार अपराह्न अमेरिकी विदेशमन्त्री लु काठमाडौं आइपुग्नु भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई नेपालस्थित अमेरिकी राजदूतावासका उच्च अधिकारीले स्वागत गर्नुभएको छ। यसअघि गत मङ्सिरमा नेपालको भ्रमण गरिसक्नुभएका उहाँ दुई दिनसम्म नेपालमा रहनुहुनेछ। नेपालमा उहाँले उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने […]

निशा राई / धरान, साउन १२ गते । निजी विद्यालयहरुले अत्यधिक शुल्क लिएको गुनासो आएपछि धरान उपमहानगरपालिकाले विद्यालयको स्थलगत अनुगमन गरेको छ । बुधबार उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईसहित शिक्षा महाशाखाले तीन वटा विद्यालयको अनुगमन गरेको हो । प्रमुख राइले धरान १५ को केके इन्टरनेशनल विद्यालय, धरान ९ को विष्णु मेमोरियल स्कूल र धरान १ […]

काठमाडौं, साउन ११ गते। सरकारले विद्युतीय गाडी आयातमा लाग्ने भन्सार तथा अन्तशुल्कमा छुट दिएपछि एक वर्षमा नेपालमा झन्डै दुई हजार विद्युतीय गाडी भित्रिएका छन्। भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कअनुसार एक वर्षमा एक हजार ८०७ वटा विद्युतीय चारपाङ्ग्रे सवारीसाधन नेपाल भित्रिएको हो। अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २६१ मात्रै विद्युतीय चारपाङ्ग्रे […]

काठमाडौं, साउन ११ गते । राष्ट्रिय सूचना आयोगले विभिन्न राजनीतिक दलसहित सार्वजनिक निकायलाई सूचनाको हक कार्यान्वयन गर्न आदेश गर्ने निर्णय गरेको छ । आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै सूचनाको हक कार्यान्वयन गर्न सो आदेश जारी गरेको हो । सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा २ ९क० को बुँदा ५ मा प्रचलित कानुनबमोजिम दर्ता भएका […]

काठमाडौं, साउन १० गते। परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई राष्ट्रिय सूचना आयोगले बीस हजार जरिवाना गर्ने निर्णय गरेको छ। मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनालीसहित बसेको आयोगको इजलासले सूचना नदिएको भन्दै सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा १ […]

बनेपा, साउन १० गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शिक्षित बेरोजगारीको अन्त्य नभएसम्म मुलुकको विकास सम्भव नभएको बताउनुभएको छ। काभ्रेको बेथानचोक गाउँपालिकामा रहेको पार्वती बहुमुखी क्यापसको प्रथम क्याम्पस सभामा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। मन्त्री कार्कीले प्रमुख चुनौतीको रुपमा रहेको शैक्षिक बेरोजगारीको अन्त्यका लागि शिक्षामा भएका विश्वव्यापी विकासलाई आत्मसात गर्दै मुलुकको शिक्षा प्रणाली पनि […]