समाचार

गृहमन्त्रीद्वारा उम्मेद्वार मनोनयनको सुरक्षा प्रबन्धबारे चासो

काठमाडौँ, बैशाख १० गते । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनमा उम्मेद्वारको मनेनयनका बोला हुन सक्ने अप्रत्यासित घटना रोक्न गरिएको सुरक्षा तयारीबारे नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सातै प्रदेशका प्रमुख र केन्द्रको निर्वाचन हेर्ने सेलका प्रमुखसँग जानकारी लिनुभएको छ । गृहमन्त्री खाणले शनिबार दिउँसो नेपाली प्रहरीका निर्वाचन हेर्ने प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा […]


विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोसद्वारा नेपालको प्रशंसा

काठमाडौं, वैशाख ९ गते । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुटारमा भएको भेटमा प्रधानमन्त्रीले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको जानकारी गराउनु भएको थियो । साथै कोभिड नियन्त्रणलगायत स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनको सहयोगको लागि पनि प्रधानमन्त्रीले धन्यवाद […]


औषधिको गुणस्तरमा कुनै सम्झौता नहोस् : राष्ट्रपति

वसन्त पराजुली/शालिग्राम नेपाल / चितवन, वैशाख ९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली औषधिको उत्पादनमा अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तरमा कुनै सम्झौता नगरी उत्पादन, बजारीकरण र वितरणलाई सुदृढ पार्नुपर्ने बताउनुभएको छ । नेपाल औषधि उत्पादक संघको आयोजनामा भरतपुरमा शुक्रबारबाट शुरु भएको नेपाल फर्मा एक्स्पो २०२२ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अन्य उद्योगहरुको सापेक्षतामा औषधि उद्योगको सामाजिक, […]


डब्ल्यूएचओका प्रमुख टेड्रोस नेपालमा; दोस्रो कार्यकालका लागि नेपालले सहयोग गर्ने

काठमाडौं, वैशाख ८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडासँग विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस एइहानोम गेब्रेयससले भेटर्वार्ता गर्नुभएको छ । तीन दिने नेपाल भ्रमणको क्रममा उहाँ बिहीबार काठमाडौं आइपुग्नुभएको हो । उहाँले बिहीबार नै स्वास्थ्य मन्त्रालय पुगेर मन्त्री खतिवडासँग भेटवार्ता गर्नुभएको हो । भेटमा मन्त्री खतिवडाले दोस्रो कार्यकालका लागि महानिर्देशक […]


उदार आर्थिक प्याकेज ल्याउन राष्ट्रपतिबाट विश्व समुदायलाई अपिल

काठमाडौं, वैशाख ८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य, शिक्षा र स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ । बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनलाई बिहीबार भिडियो सन्देशमार्फत सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले नवीन र गुणस्तरीय स्वास्थ्य शिक्षासँगै स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले यस सन्दर्भमा कोभिड–१९ महामारीबाट सिकेका महत्वपूर्ण पाठहरू […]


‘फिल्म साउथ एसिया-२०२२’ बिहीबारदेखि

काठमाडौं, वैशाख ७ गते । दक्षिण एसियाली डकुमेन्ट्रीहरुको १३ औं संस्करण महोत्सव ‘फिल्म साउथ एसिया-२०२२’ बिहीबारबाट ललितपुरको यल माया केन्द्रमा सुरु हुने भएको छ । महोत्सवमा आठ देशका ७१ वटा फिल्म प्रदर्शन हुने तयारीमा रहेको छ । चारदिनसम्म चल्ने फेस्टिभलको थिम ‘सेलेब्रेटिङ द डकुमेन्ट्री’ राखिएको छ । महोत्सवमा दक्षिण एसियाली मुलुकका सामाजिक, सांस्कृतिक आन्दोलनसहित मानवअधिकार, […]


खाद्यान्नमा परनिर्भरता बढ्दो : पाँच वर्षमा साढे दुई खर्बको खाद्यान्न आयात

लक्ष्मी सापकोटा / काठमाडौँ, वैशाख ७ गते । मुलुकमा खाद्यान्नको परनिर्भरता बर्सेनि बढ्दै गएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा आयातमा परनिर्भरता बढ्दै गएको हो । व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा मुलुकमा दुई खर्ब ५१ अर्ब १२ करोड रुपियाँको खाद्यान्न (चामल, मकै र गहुुँ) आयात भएको हो । पाँच वर्षको […]


निलम्बित गभर्नर अधिकारीको रिटमा अल्पकालीन अन्तरिम आदेश

काठमाडौं, वैशाख ६ गते। सर्वोच्च आदालतले निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले निलम्बित गभर्नर अधिकारीको रिटमा आल्पकालीन अन्तरिम आदेश दिएको हो। उक्त रिटमाथि न्यायाधीश फुयालले छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेशसमेत दिनुभएको छ। २०७८ चैत २४ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा जाँचबुझ […]


जनप्रतिनिधिले राजीनामा दिएमात्रै उम्मेदवारी दिन पाउने

काठमाडौं, वैशाख ६ गते। स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिएमात्रै उम्मेदवारी दिन पाउने भएका छन्। हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले २०७८ चैत ७ गते दायर गर्नुभएको रिट मंगलबार सर्वोच्चका न्यायाधीशद्वय तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले खारेज गरेको हो। जनप्रतिनिधिले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनुअघि राजीनामा गर्नुपर्ने निर्वाचन अयोगको निर्णयविरुद्ध शेर्पाले सर्वोच्चमा रिट निवेदन […]


ऊर्जामन्त्री भुसालसँग एडीबीका उपाध्यक्षको भेट

काठमाडौं, वैशाख ५ गते। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष सिचिन छिनले शिष्टाचार भेट गर्नुभएको छ। मन्त्रालयमा सोमबार भएको भेटमा उहाँहरूबीच एडीबीको लगानी रहेका ऊर्जा तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित विभिन्न आयोजनाको कार्यान्वयनको अवस्थाबारे विचारविमर्श भएको थियो। सो अवसरमा मन्त्री भुसालले नेपालको विकासमा एडीबीले पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter