समाचार

सत्र प्रतिशत मात्रै काम

काठमाडौँ, असार १८ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल खण्ड विस्तार कार्य सम्पन्न हुने समयसम्ममा १७ प्रतिशत मात्र काम भएको छ । आयोजना विस्तारको अन्तिम म्याद आगामी साउन २२ सम्मको रहेको छ । साढे तीन वर्षभित्र सम्पन्न गर्ने गरी यो सडक विस्तारका लागि २०७५ माघमा नेपाल सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबीच सम्झौता भएको […]


कैदीबन्दीलाई मताधिकार दिन आयोग प्रतिवद्ध छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

दीपा चाैधरी / काठमाडौं, असार १७ गते। सर्वोच्च अदालतले आसन्न आम चुनावमा कैदीबन्दीलाई मताधिकार दिन आदेश दिएसँगै निर्वाचन आयोगले आवश्यक कानुनी प्रक्रियाका लागि कानुनी परामर्श सुरु गर्ने भएको छ। निर्वाचन आयोगमा लिखित पत्र आएपछि आवश्यक कानुनी प्रक्रियामा जाने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार आयोगमा आदेश आइनपुगेको हो। “पहिला लिखितरुपमा निर्वाचन […]


विकास आयोजनामा राजनीति मौलायो : विज्ञ

विष्णु पाण्डेय / काठमाडौं, असार १७ गते। आर्थिक वर्ष समाप्त हुन १३ दिन मात्र बाँकी छ । अहिलेसम्म ४०.३९ प्रतिशत मात्र विकास खर्च भएको छ। महालेखा नियन्त्रण कार्यालयका अनुसार हालसम्म विकास निर्माणमा कुल विनियोजित बजेटमार्फत् ४०.३९ प्रतिशत मात्र खर्च भएको हो। विकास निर्माणतर्फ कुल विनियोजित बजेट तीन खर्ब ७८ अर्ब ९ करोडमध्ये बिहीबारसम्म एक खर्ब […]


वन्यजन्तुका लागि जंगलभित्र पोखरी

ठाकुरप्रसाद आचार्य / म्याग्दी, असार १६ गते । वनजंगलका जनावर र चराचुरुङ्गीका लागि पानी खान सहज बनाउन म्याग्दीका जंगलभित्र पोखरी निर्माण गरिएको छ । जिल्लाका सामुदायिक वनमा उक्तखालका पानी जम्मा गर्न मिल्ने पोखरी निर्माण गरिएको हो । पानीका स्रोत खोज्दै वन्यजन्तुहरु गाउँतिर नआउन भन्ने उद्देश्यले जंगलभित्र पोखरीहरु निर्माण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । […]


टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौं, असार १६ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल एयरवेजले शुक्रबार असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ । थाई स्माइलले काठमाडौं विमानस्थलबाट पहिलो पटक नियमित […]


पाँचखाल ‘ग्रीन स्मार्ट सिटी’ : यो वर्ष डिपिआर र रोजगारी सिर्जना

काभ्रेपलाञ्चोक, असार १४ गते । पाँचखाल नगरपालिकाले नेपालमै पहिलो ‘ग्रीन स्मार्ट सिटी’ निर्माणका लागि आर्थिक वर्ष २०७९/८० मा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरी निर्माणकार्य थालनी गर्ने भएको छ । ‘ग्रीन स्मार्ट सिटी’का लागि नगरले विदेशी कम्पनीसँग सम्झौता गरी प्रक्रिया थालिसकेको छ । यसका लागि गतवर्ष फागुनमा सहरी विकास मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गत सहरी […]


पाँच वर्षपछि वार्षिक सत्तरी अर्बको बिजुली निर्यात हुने

काठमाडौँ, असार १४ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अबको पाँच वर्षमा वार्षिक करिब ७० अर्ब रुपियाँको विद्युत् निर्यात हुने बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा राष्ट्रिय सभा सदस्यहरूले उठाउनुभएका प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले आन्तरिक माग पूरा भएको अवस्थामा मात्र विद्युत् निर्यात गरिने स्पष्ट पार्नुभयो । मन्त्री भुसालले राष्ट्रिय सभामा दिनुभएको जानकारीअनुसार […]


ढल्केबर चार्जिङ स्टेशनले सवारी चार्ज गर्नमा सहज

विजयकुमार साह / ढल्केबर, असार १३ गते । धनुषाको ढल्केवरमा चार्जिङ स्टेशन राखेपछि पूर्व–पश्चिम राजमार्गमा गुड्ने विद्युतीय सवारीसाधनलाई चार्ज गर्न सहज भएको छ । गत फागुन महिनामा एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले ढल्केबरमा पहिलो पटक चार्जिङ स्टेशन राखेको हो । यहाँस्थित कोमल होटलमा राखिएको सो चार्जर ३२ किलोवाट क्षमताको डिसी र सात […]


जिल्ला अदालत काठमाडौंका न्यायाधीश निलम्बित

काठमाडौं, असार १३ गते । जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला निलम्बित हुनुभएको छ । न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच भएको टेलिफोन संवाद र सोसँग सम्बद्ध तथ्यहरु सम्बन्धमा आवश्यक छानबिन गर्न न्यायपरिषद् बैठकले छानबिन समिति बनाएको थियो । छानबिन समिति गठनबारेको सूचना राजपत्रमा प्रकाशित भएसँगै न्यायाधीश कोइराला स्वतः निलम्बित हुनुभएको हो । राजपत्रमा प्रकाशित […]


सबल अर्थतन्त्रका लागि उत्पादन वृद्धि आवश्यक छ : राष्ट्रपति भण्डारी

काठमाडौं, असार १२ गते। राष्ट्रपति विद्यादेवी भण्डारीले सबल राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि वन-पैदावारजन्य उत्पादनमा वृद्धि हुनुपर्ने बताउनुभएको छ। सामुदायिक वन उपभोक्त महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले त्यसखाले उत्पादनमा वृद्धि गरेर आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिनुभयो। पानीका मुहान जोगाउन तथा भूमिगत पानीको पुनर्भरण प्रक्रिया दीगो बनाउन पूर्वजले अपनाएको पोखरी खन्ने र संरक्षण गर्ने […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter