
काठमाडौं, असार १२ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सरकारले ल्याएको आर्थिक वर्ष २०७९–८० को बजेटले समग्र नेपालीको हितमा नदेखिएको आलोचना गर्नुभएको छ । यसअघिको सरकारले ल्याएको राम्रो कार्यक्रमलाई वर्तमान सरकारले निरन्तरता दिन नसकेको उहाँले गुनासो गर्नुभयो । एमाले निकट उद्योग, बाणिज्य तथा आपूर्ति विभागको पहिलो बैठकअघि सो […]

अविनाश चौधरी / धनगढी, असार ११ गते । रोपाइँ गरेको खेतमा धाँजा फाटिसकेको थियो । रोपिएको धान सुक्न थालेको थियो । लामो खडेरी भएपछि कतिपय किसानले बीचमै रोपाइँ गर्न रोकिइसकेका थिए । शनिबार विहान यस क्षेत्रमा पानी परेपछि यहाँका किसानलाई ठूलो राहत भएको छ । शनिबार विहान मुसलधारे पानी प¥यो । वर्षाले किसानको जीवनमा खुशीको […]

काठमाडौं, असार ११ गते। नेपालका लागि नव-नियुक्त भारतीय राजदूत श्री नवीन श्रीवास्तव काठमाडौं आइपुग्नुभएको छ। शनिबार अपरान्ह काठमाडौँ ओर्लनु भएका श्रीवास्तव अनुभवी करियर कूटनीतिज्ञ भएको नेपालस्थित भारतीय दूतावासले बताएको छ। काठमाडौँमा जिम्मेवारी लिन आउनु अघि राजदूत श्रीवास्तव भारतीय विदेश मन्त्रालयमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो। श्रीवास्तवले […]

काठमाडौं, असार ९ गते। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले इन्धनको मूल्य घटाइने संकेत गर्नुभएको छ। संसद् भवन परिसरमा सञ्चारकर्मीसँग बोल्नुहुँदै मन्त्री बडूले करका दरमा समायोजन गरेर भए पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने बताउनुभएको हो। बिहीबारको प्रतिनिधिसभा बैठकमा यो विषयमा प्रतिनिधिसभा सदस्यले सरकारको ध्यानाकर्षण गराएपछि उहाँले यस्तो बताउनुभएको हो। उहाँले विद्युतको खपत बढाएर पनि […]

काठमाडौं, असार ५ गते। राष्ट्रियसभाको बिहीबारको बैठकमा ‘रेल्वे विधेयक, २०७९’ पेश भएको छ। भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक, २०७९ पेश गर्नुभएको हो। बैठकमा मन्त्री यादवले सो विधेयक संसदबाट पारित भएपछि देशको आर्थिक समुन्नतिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। उहाँले रेल्वे सेवा सञ्चालनले आम नागरिकलाई सरल र सुविधायुक्त यातायातको सुविधा उपलब्ध हुने विश्वास व्यक्त […]

काठमाडौं, असार ८ गते । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवारले गरेको खर्च विवरण पठाउन सबै निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ती जारी गर्नुहुँदै सो निर्देशन दिनुभएको हो । निर्वाचनमा उम्मेदवारले प्रचार प्रसारमा गरेको खर्च विवरण सम्बन्धित जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा तोकिएको ढाँचामा निर्वाचन सम्पन्न […]

लक्ष्मी सापकोटा / काठमाडौँ, असार ८ गते । चालु आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा बढेर करिब १६ खर्ब पुगेको छ । आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा बढ्दै गएको हो । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्ममा व्यापार घाटा २५ प्रतिशतले बढेर १५ […]

काठमाडौं, असार ७ गते। काठमाडौं महानगरपालिकासँग हालसम्म विभिन्न ३३ संघसंस्थाबीच निःशुल्क सार्वजनिक शौचालय सञ्चालन सम्बन्धमा सम्झौता भएको छ। बैङ्क, रेष्टुरेन्ट, विद्यालय, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहितका संघसंस्थाका प्रतिनिधिबीच सोमबार सम्झौता भएको हो। महानगरप्रमुख वालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको रोहवरमा भएको सम्झौतामा महानगरकातर्फबाट निर्देशक नुरनिधि न्यौपाने र दोस्रो पक्षकातर्फबाट प्रतिनिधिले हस्ताक्षर […]

काठमाडौं, असार ७ गते । औषधि व्यवस्था विभागले नयाँ औषधि दर्ता एवम् गुणस्तर यकिनका लागि ५८ वटा विदेशी कम्पनी छनाेट गरेको छ । विभागले सोमबार सूचना जारी गर्दै डब्लुएचओ–जीएमपी गाइलाइन बमोजिम प्राप्त निवेदनमध्येबाट ५८ कम्पनी छनोट भएको जानकारी दिएको छ । विभागको सिफारिसमा असार ६ गते स्वास्थ्य सचिवस्तरीय निर्णयबाट ५८ वटा कम्पनी छनाेट गरिएको हो […]

नरेन्द्र ढकाल / भैरहवा, असार ६ गते । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुईवटा विदेशी वायुसेवा कम्पनीले उडान भर्ने भएका छन् । हाल जजिरा एअरलाईन्सले मात्र अन्तर्राष्ट्रिय उडान भर्दैआएको गौतमबुद्ध विमानस्थलमा थप दुई विदेशी वायुसेवा कम्पनी थपिन लागेका हुन् । विमानस्थल गत जेठ २ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । विमानस्थल प्रशासनका अनुसार नियमित […]