समाचार

एन्फा अध्यक्षमा पंकज निर्वाचित

काठमाडौं, असार ६ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित हुनुभएको छ । एन्फाको सोमबार काठमाडौंमा भएको २१औं चृुनावी साधारण सभाबाट पंकज निर्वाचित हुनुभएको हो । पंकजले अध्यक्षका प्रत्यासी कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्नुभयो । कर्मा यसअघि अध्यक्ष हुनुहुन्थ्यो भने पंकज वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । एन्फा निर्वाचनमा खसेको कूल […]


काठमाडौं महानगरमा घरजग्गा बहालको लेनदेन कम्पनीमार्फत्

काठमाडौं, असार ५ गते। काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा घरजग्गा बहालमा लिने, दिने सम्बन्धमा कम्पनीमार्फत् कारोबारेको व्यवस्था मिलाइने उल्लेख गरिएको छ। महानगरप्रमुख बालेन्द्र शाहले आइतबार सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा राजस्व तथा वित्त व्यवस्था सम्बन्धी नीति अन्तर्गत महानगर क्षेत्रभित्रका घरजग्गा लेनदेनका लागि आवश्यक प्रबन्ध मिलाइने जनाइएको छ। करदाताको विद्युतीय लागतका लागि […]


‘खानेपानी आयोजना स्थानीय तहको जिम्मा लगाउँदा समस्या भयो’

भक्तपुर, असार ५ गते। जनसङ्ख्याको आधारमा ठूला आयोजना मात्र संघीय सरकारले निर्माण गर्न पाउने क्षेत्राधिकार तोकिएका कारण नागरिक स्वच्छ पिउने पानीबाट बञ्चित भएको जनप्रतिनिधिले गुनासो गर्नुभएको छ। संघीय संसदको विकास तथा प्रविधि समितिका सांसद र खानेपानी मन्त्रालय तथा मन्त्रालय मातहतका कार्यालयका प्रमुख तथा प्रतिनिधि सहभागी दुई दिने कार्यशालामा सहभागी प्रतिनिधि सभाका सांसदले यस्तो गुनासो गर्नुभएको […]


सामाजिक सुरक्षा कोषबाट एक अर्ब ४३ करोड दाबी भुक्तानी

काठमाडौं, असार ४ गते । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई झण्डै डेढ अर्ब भुक्तानी गरिसकेको छ । कोषले यही असार २ गतेसम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा रु. एक अर्ब ४३ करोड ५३ लाख भुक्तानी गरेको हो । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत १० हजार ५९६ योगदानकर्तालाई रु. १९ करोड ४५ […]


सुकुम्बासीलाई चाँडो जग्गाको स्वामित्व दिन आयोगलाई गृहमन्त्री खाँणको निर्देशन

कबिन्द्र नेपाल / रुपन्देही, असार ४ गते । गृहमन्त्री बालकृष्ण खाँणले भूमि आयोगलाई परिणाम दिने गरी काम गर्न निर्देशन गर्नुभएको छ । उहाँले सुकुम्बासीलाई जतिसक्दो चाँडो जग्गाको स्वामित्व प्रदान गर्न आयोगलाई निर्देशन गर्नुभएको हो । राष्ट्रिय भूमि आयोगले लुम्बिनी प्रदेशस्तरीय जिल्ला समितिका पदाधिकारीहरुका लागि शनिबार बुटवलमा आयोजना गरिएको अभिमुखिकरण गोष्ठीमा बोल्दै मन्त्री खाँणले प्रक्रिया पूरा […]


सुदूरपश्चिम विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययनको सुरुवात गर्नुपर्छ : प्रधानमन्त्री देउवा

लक्ष्मणदत्त पन्त / महेन्द्रनगर, असार ३ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालयले चिकित्साशास्त्रको पठनपाठन सुरुवात गर्नुपर्ने बताउनुभएको छ। शुक्रबार कञ्चनपुरको महेन्द्रनगरस्थित विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो। प्रधानमन्त्री देउवाले सुदूरपश्चिम विश्वविद्यालयको प्रशंसा गर्नुहुँदै यो विश्वविद्यालयले देशको शैक्षिक क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘सुदूरपश्चिम विश्वविद्यालयले मुलुकमा आवश्यक […]


वातावरणीय अध्ययन गरेर मात्रै प्राकृतिक स्रोतको उत्खनन गर्न राष्ट्रपतिको आग्रह

बाबुराम देवकोटा / सिन्धुली असार २ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे क्षेत्रको वातावरणीय अध्ययन गरेर मात्रै ढुङ्गा, गिटी र बालुवा जस्तो प्राकृतिक स्रोतको उत्खनन तथा सङ्कलन गर्न आग्रह गर्नुभएको छ । उहाँले बिहीबार सिन्धुलीको दुधौली नगरपालिका–३ स्थित रानीबासमा राष्ट्रपति चुरे–तराई संरक्षण विकास समिति र नेपाली सेनाको श्री नं. १ वन तथा पर्यावरण सुरक्षा गणले […]


जिल्ला तहमा अभिमुखीकरण कार्यक्रम गर्न आयोगलाई काउन्सिलको सुझाव

काठमाडौं, असार २ गते। प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिताबारे जनचेतना बढाउन जिल्ला तहमा अमिभुखीकरण कार्यक्रम गर्नुपर्ने लगायत १६ बुँदे सुझाव निर्वाचन आयोगलाई दिएको छ। सुझावमा प्रादेशिक र संघको आउँदो निर्वाचनमा सामाजिक सञ्जाल अध्ययन, अनुगमनका लागि पहिले नै प्रर्याप्त जनशक्तिको व्यवस्था गरिनुपर्नेसमेत उल्लेख छ। स्थानीय तह चुनावको विशेष अनुगमनको अन्तिम प्रतिवेदन पेस गर्दै काउन्सिलले यस्ता सुझाव […]


ग्रिड पुगेपछि उपेक्षामा लघुजलविद्युत्

रमेश लम्साल र रामबहादुर थापा / काठमाडौँ, असार १ गते । लघुजलविद्युत् आयोजनाको केन्द्र भनेर चिनिएको बाग्लुङका सबै साना तथा लघुजलविद्युत् आयोजनाबाट उत्पादित बिजुली मिनिग्रिडमा जोड्ने योजना सात वर्षदेखि अलपत्र छ । लघुजलविद्युत् आयोजनालाई मिनिग्रिड बनाएर केन्द्रीय प्रसारण लाइनमा जोड्ने योजना कार्यान्वयन नहुँदा अधिकांश लघुजलविद्युत् आयोजनाको बिजुली खेर गइरहेको छ । गलकोट नगरपालिका–१ दुदिलाभाटीमा रहेका […]


हुुम्लामा ३१ वटा बस्ती मनसुुनजन्य प्रकोपको उच्च जोखिममा

राजन रावत / हुुम्ला, असार १ गते । जिल्लाका सातवटै गाउँपालिकाका ३१ वटा बस्ती मनसुनजन्य बिपदको उच्च जोखिममा रहेको छ । जिल्ला मनसुुनजन्य बिपद तथा प्रतिकार्य योजना २०७९ ले ती वस्तीलाई उच्च जोखिममा रहेको औल्याएको हो । जिल्ला बिपद ब्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सीता परियारले कार्य दलले तयार पारेको मनसुनजन्य बिपद प्रतिकार्य […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter