
काठमाडौं, वैशाख ३ गते। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विद्युतीय कोरोबार झण्झटिलो भएको भन्दै पर्यटकलाई नगदै बोकेर आउन आग्रह गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानस्थल ओर्लिएपछि पाउने भिसा अर्थात् अनअराइभल भिसा लिने पर्यटकलाई भिसा शुल्क बुझाउन सजिलोका लागि भन्दै कार्यालयले २०० अमेरिकी डलर बराबरको विदेशी मुद्रा बोकेर आउन आग्रह गरिएको हो। […]

लक्ष्मण पौडेल / भैरहवा, बैशाख ३ गते । बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटन क्षेत्रमा सुधारको संकेत देखिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै पर्यटन क्षेत्रमा सुधारको संकेत देखिएको हो । लुम्बिनी विकास कोषकाअनुसार पर्यटकहरु दैनिकजसो बढिरहेका छन् । आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्दा लुम्बिनीको आर्थिक चलायमान सुरु भएको व्यवसायीहरु बताउँछन् । पर्यटक आवागमन […]

काठमाडौं, वैशाख २ गते । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरामाथिको महाभियोगविरुद्धको सुनुवाइ गर्दै कागजात झिकाउन आदेश दिएको छ । शुक्रबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र तेजबहादुर केसीको संवैधनिक इजलासले सो आदेश दिएको हो । सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार महाभियोगविरुद्ध परेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै कागजात […]

लक्की चौधरी / काठमाडौं, वैशाख २ गते । स्थानीय तह निर्वाचन २०७९ मा कुन उम्मेदवारले कति खर्च गर्न पाउने खर्च हद निर्वाचन आयोगले तय गरेको छ । निर्वाचन आचारसंहिताअनुसार आयोगले तोकेको खर्च हदभित्रै रहेर उम्मेदवारले खर्च गर्नुपर्ने आयोगको भनाई छ । पछिल्लो समय निर्वाचनमा अस्वस्थ प्रतिस्पर्धाले चुनावी खर्च बढ्ने विकृति मौलाएकोभन्दै आयोगले खर्च हद तोकेको […]

विष्णु पाण्डेय / काठमाडौं, वैशाख १ गते । धरहरा पुनर्निर्माणको काम अझैँ सकिएको छैन । गत वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ धरहराको उद्घाटन गर्नुभएको थियो । तर, उद्घाटन भएको एक वर्ष बित्न लाग्दासमेत धरहरा पुनर्निर्माणकाे काम अझैँ सकिएको छैन । जसका कारण सर्वसाधारणकाे रहर चढ्ने ईच्छा पूरा हुन सकेको छैन […]

बैतडी, वैशाख १ गते । बैतडीमा हालसम्म २४ हजार बढीको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीबाट गत वर्ष असोज पहिलो सातादेखि सुरु भएको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्य हाल वडास्तरबाटै भइरहेको छ । हाल अभियानकै रुपमा वडास्तरमा परिचयपत्र विवरण सङ्कलनको काम भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र […]

सिमकोट,चैत ३० गते । पछिल्लो समय हुम्लाको सदरमुकाम सिमकोटका किसान परम्परागत बाली छाडेर आलुखेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर, चिसो र कोदोभन्दा सदरमुकामवासीका लागि आलुखेती मुख्य भएको छ । सदरमुकामवासी आफ्ना उत्पादनलाई बजारमा सहज बिक्री गर्न सकिने भएपछि तरकारी खेतीमा आकर्षित भएका हुन् । नेपालकै उच्च वातावरणमा उब्जेको जैविक आलु स्वादिलो र […]

सन्तोष राउत / सोलुखुम्बु, चैत ३० गते । सगरमाथा राष्ट्रिय निकुञ्जले बेरुजु फछ्र्यौट गर्न हेलिकप्टर कम्पनीलाई १५ दिने अल्टिमेटम दिएको छ । यसअघि निकुञ्ज क्षेत्रमा उडान र अवतरणमा रोक लगाउने निर्णय गरिएकोमा निकुञ्जले चैत २९ गते हेलिकोप्टर कम्पनीलाई सो अल्टिमेटम दिएको हो । तोकिएको समयावधिभित्रमा बेरुजु फछ्र्यौट नभएमा उडान अवतरणमा रोक लगाउने सगरमाथा राष्ट्रिय निकुञ्जका […]

काठमाडौं, चैत २९ गते । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको दीर्घकालीन समाधानको प्रयासमा सरकार लागेको बताउनुभएको छ । मेलम्चीको पानी सुरुङ्मा पठाएपछि सम्बाेधन गर्ने क्रममा उहाँले साे कुरा बताउनुभएको हो । स्व. कृष्णप्रसाद भट्टराईले देखेको सपना आफ्नो कार्यकालमा सम्पन्न गर्न पाएकोमा गौरव लागेको उहाँले बताउनुभयो । ‘केही व्यक्तिहरुले वैशाखमा यो सरकारले मेलम्चीको पानी […]

काठमाडौं, चैत २९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी पूर्वाधार निर्माणमा बन्ने र त्यसपछि खन्ने प्रवृत्तिको अन्त्य गर्दै समन्वयात्मक तवरले विकास निर्माणका काम गर्न युटिलिटी करिडोरसहितको सहरी विकास विधेयक तर्जुमा गर्न आवश्यक रहेको बताउनुभएको छ । सहरी विकास मन्त्रालयले आज आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी कोरिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श […]