समाचार

बन्ने भो दूधकोसी जलविद्युत् आयोजना

खोटाङ, चैत २३ गते । दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुङ्गाको नौ हजार रोपनी र सोलुखुम्बुको ५०० रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको हो । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको […]


स्याउको बोटमा ढकमक्क फूल फुल्दा मुस्ताङका कृषक उत्साहित

अमृतप्रसाद पौडेल / बेनी, चैत २३ गते । स्याउको राजधानीको रुपमा परिचित हिमालपारीको जिल्ला मुस्ताङका प्रायः सबै क्षेत्रमा स्याउको बोटमा ढकमक्क फूलखेल्दा कृषकहरु उत्साहित भएका छन् । स्याउलगायतका फलफूलको फूल खेल्ने समय भएकाले अहिले स्याउ बगैचामा भएका स्याउको विरुवामा फूल ढकमक्क भएको हो । यस वर्ष हिमपात राम्रो भएकाले मल तथा चिस्यान पनि राम्रोसँग पुगेको […]


जुठ्यानदेखि फलफूलको बोटसम्मकाे मुआब्जा निर्धारण

काठमाडौं, चैत २२ गते । बुढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितले विगत लामो समयदेखि माग गर्दै आएका एउटा महत्वपूर्ण विषयमा सरकारले अत्यावश्यक निर्णय गरेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनाको हालसम्म कुन ढाँचामा निर्माण गर्ने भन्ने बारेमा निर्णय नभएपनि स्थानीयवासीको घर गोठ, बोटबिरुवालगायतको मुआब्जा निर्धारण भएको छ । स्थानीयवासीको मागलाई धादिङ र गोरखाका जिल्ला […]


प्रधानमन्त्री देउवाद्वारा चोभार सुक्खा बन्दरगाहको उद्घाटन

काठमाडौं, चैत २२ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुक्खा बन्दरगाहको उद्घाटन गर्नुभएको छ । मंगलबार प्रधानमन्त्री देउवाले औपचारिक रुपमा बन्दरगाह उद्घाटन गर्नुभएको हो । वीरगञ्जबाट आएको मालबाहक ट्रकलाई प्रवेश गराएर आजदेखि बन्दरगाह सञ्चालनमा ल्याइएको छ । बन्दरगाह सञ्चालनमा आएपछि अब व्यवसायीले आयात गरेको वस्तु बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गराउन पाउने छन् । चोभारमा सुख्खा […]


२३ लहरका ७७ प्रकारका मतपत्र : काठमाडौंमा धेरै, डोल्पामा कम

काठमाडौं, चैत २१ गते । निर्वाचन आयोगले २३ लहर समूहका ७७ प्रकारका मतपत्र छपाइ गर्ने भएको छ । सोमबार नियमित पत्रकार सम्मेलनामा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख मतपत्र छपाइ हुने जानकारी दिनुभएको हो । उहाँका अनुसार सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुने छ भने […]


श्रम स्वीकृति लिने बढे, पुरानै लयमा फर्कँदै वैदेशिक रोजगार

विष्णु पाण्डेय / काठमाडौँ, चैत २१ गते । कोरोना महामारीले थलिएको वैदैशिक रोजगार यस वर्ष तङ्ग्रिएको छ । २०७८ साल सुरु भएयताको ११ महिनामा वैदेशिक रोजगारमा जान साढे चार लाखभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । विभागले २०७८ वैशाखदेखि फागुन मसान्तसम्मको अवधिमा उनीहरुलाई अन्तिम श्रम स्वीकृति प्रदान गरेको जनाएको छ । ‘कोरोना महामारी मत्थर हुँदै […]


नेपाल र भारतबीच ऊर्जामा उपलब्धि: बङ्गलादेशमा बेच्न बाटो खुल्यो

रमेश लम्साल / काठमाडौँ– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को फ्रेमवर्क र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को घोषणाभन्दा पनि माथि उठेर भारतले नेपालको बिजुली व्यापारका लागि मार्ग प्रशस्त गरेको छ। वर्षाको समयमा खेर जाने बिजुली क्षेत्रीय बजारमा बिक्री गर्न नेपालले लामो समयदेखि प्रयास गरे पनि सफलता पाउन सकेको थिएन। […]


भ्यू टावरमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्छ : कोइराला

तनहुँ, चैत २० गते। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपालमा विकासमा अनावश्यक खर्च गरिएको बताउनुभएको छ। तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित सिमलटार खानेपानी आयोजनाको आज उद्घाटन गर्दै डा कोइरालाले देशका विभिन्न ठाउँमा दृश्यावलोकन स्तम्भ (भ्यू टावर) बनाउने नाममा अनावश्यक खर्च गरिएको भन्दै त्यसमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्नेमा जोड दिनुभयो। ‘विकासका लागि […]


हिउँ पग्लन थालेपछि बिजुली उत्पादन बढ्यो, प्राधिकरणलाई राहत

काठमाडौँ, चैत १९ गते । हिउँ पग्लेसँगै नदीमा जलसतह बढेपछि ऊर्जा उत्पादनमा सकारात्मक प्रभाव परेको छ । मस्र्याङदी करिडोर, त्रिशूली करिडोरका आयोजना र माथिल्लो तामाकोसीमा समेत जलसतह बढेको छ । जलसतह बढ्दा बिजुलीको उत्पादनसमेत तुलनात्मकरूपमा बढेको छ । नेपाल विद्युत् प्राधिकरणका आफ्ना विद्युत् उत्पादन गृहहरूले हिउँदको समयमा पनि बढी बिजुली उत्पादन गरेका छन् । प्राधिकरणका […]


घोराहीमा जैविक फोहोरबाट ग्याँस उत्पादन सुरु

गोकर्ण पौडेल / तुलसीपुर, चैत १९ गते । घोराही उपमहानगरपालिका १७ करौतिडाँडामा जैविक (गल्ने) फोहोरबाट ग्याँस उत्पादन कार्यक्रमको शनिबार औपचारिक रुपमा उदघाटन गरिएको छ । दुई बिघा १२ कठ्ठा जग्गामा निर्माण गरिएको संरचनाबाट ग्याँस उत्पादन कार्यको नगरप्रमुख नरुलाल चौधरीले उदघाटन गर्नुभयो । ग्याँस उत्पादनका लागि २०७४ बाट प्रक्रिया सुरु गरिएको थियो । २०७७ सालबाट उद्योग […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter