
लक्की चौधरी / काठमाडौं, चैत २८ गते । निर्वाचन आयोगले चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म सात वटै प्रदेशको ८ स्थानमा स्थानीय तह निर्वाचनमा खटिने ७५३ जना निर्वाचन अधिकृत र ७७ जिल्ला निर्वाचन कार्यालयका प्रमुखका लागि अभिमुखीकरण तालिम प्रशिक्षण सञ्चालन गर्दैछ । निर्वाचन आयोगमा सोमबार भएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा […]

अविनाश चौधरी / धनगढी, चैत २८ गते । वनजङ्गल र सिमसार क्षेत्र रहेको कैलालीमा ८६९ प्रजातिका वनस्पति पाइने गरेको छ । यो जिल्लामा ८१२ प्रजातिको फूल फुल्ने र ५७ उन्यू प्रजाति गरेर ८६९ प्रजातिका वनस्पति पाइने गरेको वैज्ञानिक रुपमा पुष्टि भएको वनस्पति अनुसन्धान केन्द्र कैलालीले जानकारी दिएको छ । २३ औं वनस्पति दिवसको अवसरमा सो […]

सूर्यप्रसाद पाण्डे / काठमाडौँ, चैत २७ गते । महँगो उपचार प्रणालीका कारण हरेक वर्ष नागरिक गरिब हुँदै गएको सरकारी तथ्याङ्कले देखाएको छ । नागरिकको स्वास्थ्य सेवामा सरकारी लगानी बढाउन थुप्रै प्रयास भए पनि लक्ष्यअनुसार काम हुन नसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकार गरेको छ । मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार स्वास्थोपचारका लागि जनताले ५७ प्रतिशत रकम आफ्नै […]

काठमाडौं, चैत २७ गते। वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैङ्कर्स सङ्घले अति आवश्यक बाहेकका वस्तुको प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ। आइतबार बसेको सङ्घको बैठकले अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय गरेको हो। बैङ्कर्स सङ्घका कार्य समिति सदस्य तथा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले आज बसेको बैठकले गाडी, सुनचाँदीसहित अत्यावश्यक […]

काठमाडौं, चैत २६ गते । यस वसन्त मौसममा रूससहित ४२ देशका २०४ जना आरोहीले सगरमाथाको आरोहण गर्ने भएको छ । पर्यटन विभागले दिएको जानकारी अनुसार रूस गणतन्त्रका १४ जनासहितको २०४ जनाको टोलीले सगरमाथाको आरोहण अनुमति लिएको हाे। यी मध्ये धेरै आरोही रहेका देशहरुमा अमेरिका ५१ जना, बेलायत २५ जना, भारत १५ जना, क्यानडा ११, नेपालका […]

काठमाडौँ, चैत २६ गते । मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मङ्गलबार हुने भएको छ । मङ्गलबार सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्नुहुनेछ । खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानी आयोजनाको सम्पूर्ण सफाइ पूरा भएको र यही चैत २९ गते मङ्गलबार प्रधानमन्त्रीबाट उद्घाटन हुने जानकारी दिनुभयो । उहाँले […]

काठमाडौं, चैत २५ गते । यस वर्ष १७ वटा हिमाल आरोहणका लागि ४८० जना आरोहीले पर्यटन विभागबाट अनुमती लिएका छन् । विभागले जारी गरेको सूचना अनुसार यी मध्ये सगरमाथा सहित १७ वटा हिमाल आरोहण गर्न ५६ वटा आरोहणदलबाट अनुमती लिएको हो । आरोहण अनुमती लिने मध्ये सबैभन्दा धेरै सगरमाथाका लागि दुई सय जना, ल्होत्से हिमाल […]

काठमाडौं, चैत २५ गते । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता शुक्रबार मध्य रातिदेखि लागू गर्ने निर्णय गरेको छ । शुक्रबार पत्रकार सम्मेलन माफर्त आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबारबाट निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय भएको जानकारी गराउनुभयो । आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आयोगले सरकार, […]

रमेश लम्साल / काठमाडौँ, चैत २४ गते । नेपाल आयल निगमले निर्धारण गरेको मूल्य अनुसार हाल एक लिटर पेट्रोलको मूल्य रु. १६० पर्छ । अन्तर्राष्ट्रिय बजारमा लगातार पेट्रोलियम पदार्थको मूल्य उकालो लागिरहेको छ । खासगरी रुस र युक्रेनबीचको सङ्घर्षको बाछिटाले लगातार इन्धनको मूल्यवृद्धि भइरहेको छ । यस्तो अवस्थामा राज्यको ठूलो धनराशि पेट्रोलियम पदार्थको खरिदमा खर्च […]

काठमाडौं, चैत २४ गते। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध नेपाल निर्माणका लागि निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ। ललितपुर चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले ठूलो राजनीतिक परिवर्तनपछि सार्वजनिक, निजी र सहकारी गरी तीनखम्बे अर्थनीति अवलम्बन गरी देशको आर्थिक विकास गर्न सकिन्छ भन्ने लक्ष्य […]