
काठमाडौं, वैशाख २६ गते । नेपालमा कोरोनाभाइरसका आठ हजार ७७७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १८ हजार ७८७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ७७७ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा थपिएका सङ्क्रमितसँगै […]

काठमाडाैं, वैशाख २६ गते । संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग, निर्वाचन आयोगलगायत रिक्त रहेका संवैधानिक आयोगमा पदाधिकारी सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको परिषद्को बैठकमा खाली रहेका सबै आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरिएको छ । बैठकपछि राष्ट्रियसभामा अध्यक्ष गणेश तिमिल्सिनाले भन्नुभयो, “परिषद्को बैठकले खाली रहेका संवैधानिक आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस […]

पुरुषोतम् खत्री / काठमाडौं, वैशाख २६ गते । वीर अस्पतालको भर्खरै निर्माण भएको नयाँ भवन कोभिड १९ को उपचारका लागि युनिफाइड अस्पतालका रुपमा विकास गर्न शुरु गरिएको छ । कम्तमा दुई हप्ता भित्र काम सक्ने गरी शुरु भएको सो युनिफाइड अस्पतालमा देशभरिका अस्पतालमा कोरोनाका उपचारका लागि कति शय्या, आईसीयू र भेन्टिलेटर छन् । कति शय्या […]

काठमाडौं, बैशाख २५ गते । नेपालमा कोरोनाभाइरसका आठ हजार ३८७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १७ हजार ३१५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार २८७ मा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमितको सङ्ख्या […]

काठमाडौँ, वैशाख २५ गते । नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ को महामारीबाट आक्रान्त सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसिसिआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान थालनी गरेको छ । विपत्तिमा मुलुक पर्दा मुलुकवासीको सहयोगार्थ संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी अभियान सञ्चालन गरिएको महासङ्घले जनाएको छ । एफएनसिसिआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानअन्तर्गत पहिलो कार्यक्रमका रूपमा […]

काठमाडौं, वैशाख २४ गते । नेपालमा कोरोनाभाइरसका नौ हजार २३ नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । पछिल्लो चौबीस घण्टामा १९ हजार ९८७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार २३ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या तीन लाख ७७ हजार ६०३ पुगेको […]

काठमाडौं, वैशाख २४ गते । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोभिड–१९ संक्रमितको उपचारका लागि सरकारले डोर टु डोर टिम निर्माणको तयारी गरिरहेको बताउनुभएको छ । विश्वव्यपाीरुपमा फैलिएको दोस्रो लहरको कोरोना महामारीले देशमा अप्ठ्यारो परिस्थती सिर्जना गरिरहेको अवस्थामा परिवारका सबै सदस्यहरु पनि कन्ट्रयाक्ट् ट्रेसिङमा परिरहेका बेला बेसहारा बनेका संक्रमितहरुको उपचारका लागि […]

काठमाडौँ, वैशाख २३ गते । सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री विदेशबाट ल्याउनका लागि पहल गरिरहेको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गर्दै कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा उपलब्ध नभएका, तत्काल खरिद गर्नुपर्ने औषधि, स्वास्थ्य सामग्री र उपकरण विदेशबाट खरिद, प्राप्ति र […]

काठमाडौँ, वैशाख २३ गते । सरकारले राष्ट्रिय राजमार्गको चौडाइ आवश्यकताका आधारमा नभएर सबै ठाउँमा एकनास बनाउँदा कार्यान्वयन गराउन कठिन भएको छ । सडक ऐन, २०३१ का आधारमा नै अहिलेसम्म सडक चौडाइ निर्धारण भइरहेको छ । त्यसका आधारमा नियमावली बन्न नसकेका कारण सबैतिर एउटै मापदण्ड लागु भइरहेको सडक विभागले जनाएको छ । कुनै पनि सडक कत्तिको […]

कैलाश लामा / चरिकोट, दोलखा बैशाख २२ गते । कुनै शील्पीको हातमा पर्यो भने फालएिको पत्थर पनि आकर्षक मूर्ति बन्न सक्छ भन्ने उदाहरण दोलखाको जिरी नगरपालिकास्थित स्टोन पार्कलाई लिन सकिन्छ । नगरपालिकाको वडा नम्बर–१ स्यामा, पुम्पा स्थिति यो बगर ढुङ्गैढुङ्गाले ढाकिएकाे छ । तर तिनै ढुङ्गालाई सजाएर बनाएको यो पार्क अन्य पार्क भन्दा फरक छ […]