समाचार

नेपालमा हरित हाइड्रोजन उत्पादन सम्भावनाबारे छलफल

काठमाडौँ, वैशाख २२ गते । आगामी दिनमा आफू कार्यरत मुलुकमा कोरोना भाइरसको प्रभाव र नेपाली समुदायको स्थितिका बारेमा सूचना आदानप्रदान गर्ने र गैरआवासीय नेपाली समुदायलगायत संघसंस्थासँग समन्वय गरी नेपालीलाई सुरक्षित राख्ने सम्बन्धमा छलफल गरेका छन् । ओमानका लागि नेपाली राजदूतावासको संयोजनमा मङ्गलबार पश्चिम एशियालगायत मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्टको प्रभाव तथा नेपालले चाल्नुपर्ने कदममा सम्बन्धमा […]


सात हजार ५८७ थपिए, एक हजार ७७५ कोरोनामुक्त, ५५ को मृत्यु

काठमाडौं, बैशाख २१ गते । नेपालमा कोरोनाभाइरसका सात हजार ५८७ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १६ हजार १३१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार ५८७ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड १९ बाट सङ्क्रमित हुने तीन […]


व्यायाम र खानपानले बढाउन सकिन्छ अक्सिजन

यलु जोशी . काठमाडौँ, वैशाख २१ गते । कोरोना (कोभिड–१९) सङ्क्रमणको दोस्रो लहरका कारण धेरैमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या बढी देखिएको छ । घरमै विभिन्न व्यायामको माध्यमबाट समेत शरीरमा अक्सिजन मात्रा बढाउन सकिने विज्ञहरूले जनाएका छन् । श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा. रक्षा पाण्डे सामान्य व्यायामले श्वासप्रश्वासलाई बढाउन सकिने बताउनुहुन्छ । “कोरोना प्रकोपले हजारौँ सङ्क्रमित […]


नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टी र एकदिवसीय वरीयतामा माथि उक्लियो

काठमाडौं, वैशाख २० गते । नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टीको विश्व वरीयतामा पुनः माथि उक्लेको छ । नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक श्रृङ्खला जितेर एक स्थानमाथि उक्लेको नेपाल एक साता नबित्दै आईसीसीको नयाँ वरीयतामा पुनः एक स्थानमाथि उक्लेको हो । आईसीसीले सोमबार जारी गरेको नयाँ वरियता बमोजिम नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टीको विश्व वरीयतामा १३ औं स्थानमा […]


गण्डकी र सदूरपश्चिम प्रदेश प्रमुखमा पौडेल र यादव नियुक्त

काठमाडौं, बैशाख २० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुखमा सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा गङ्गाप्रसाद यादवलाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएकाे छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी र सदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति मक्ष सिफारिस गरेको थियो भने उहाँहरुलाई नयाँ प्रदेश प्रमुखमा नाम सिफारिस गरेको थियो । ग्ण्डकी प्रदेशमा अमिक […]


दक्ष जनशक्तिको अभावमा आठ लाख श्रमिक भारतबाट

काठमाडौँ, वैशाख १९ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले नेपालमा दक्ष जनशक्ति नहुँदा आठ लाख श्रमिक भारतबाट ल्याउनुपरेको बताउनुभएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले १३२औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शनिबार आयोजना गरेको अभौतिक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष गोल्छाले श्रमिकसँगको सम्बन्ध सुधार भइरहे पनि यसलाई दिगो र […]


सरकारले रुपान्तरणकारी आयोजनाको रुपमा डिजिटल नेपाल फ्रेमवर्कलाई अघि बढाएको छः प्रधानमन्त्री

काठमाडौं, वैशाख १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उपलक्ष्यमा डिजिटल नेपाल फ्रेमवर्क २०७६ लाई रुपान्तरकारी आयोजनाको रुपमा अघि बढाइएको बताउनुभएको छ । जसअन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, शहरी पूर्वाधार, वृत्त, डिजिटल फाउन्डेसन लगायतका ८ वटासहित ८० वटा डिजिटल पोर्टल निर्माण गरिएको छ । उहाँले देशको दिगो विकासका […]


फागुनदेखि सुपरदोर्दी ‘ख’ को बिजुली राष्ट्रिय प्रसारण लाइनमा

लमजुङ, वैशाख १८ गते । आगामी फागुनदेखि सुपरदोर्दी ‘ख’ आयोजनाकोको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । जिल्लाको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षमताको यस आयोजनाको निर्माण कार्य सकेर आगामी फागुन महिनाबाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको हो । निर्माणकार्य तीव्र भएकोले आगामी फागुनमा बिजुली उत्पादन गर्ने आयोजना साइट इञ्चार्ज रमेश सिग्देलले […]


पेन्सन लिन बैंक हाजिर हुनुपर्ने व्यवस्था असार मसान्तसम्मका लागि हटाइयाे

काठमाडौं, वैशाख १८ गते । कोरोना सङ्क्रमण अवस्था विकराल बन्दै गएपछि महालेखा नियन्त्रक कार्यालयले पेन्सन लिने बैंकमा उपस्थित हुनुपर्ने व्यवस्थालाई हटाएको छ । सरकारी सेवाबाट निवृत्त भई निबृत्तिभरण पाइ राख्नु भएका निबृत्तभरकहरुले बैंकमा ६/६ महिनामा अनिवार्य रुपमा बैंकमा हाजिर हुनुपर्ने व्यवस्था थियो । कार्यालयले यस व्यवस्थालाई सरकारको संचित कोषबाट स्वीकृत बजेटको परिधिभित्र हुने गरी पेन्सन […]


प्राविधिक तथा जीवन उपयोगी शिक्षा सरकारको प्राथमिकताः प्रधानमन्त्री

सपना थामी / काठमाडौं, वैशाख १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र र समाजलाई योगदान पुर्‍याउनसक्ने एवम् जीवनउपयोगी शिक्षा निर्माणमा सरकारको जोड रहेको बताउनुभएको छ । शुक्रबार प्राविधिक प्रशिक्षण प्रतिष्ठानको २९ औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री ओलीले देश विकासका प्राविधिक एवम् जीवनउपयोगी शिक्षा आवश्इक रहेको बताउनुभएको हो । यसका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter