
करन ताम्राकार / अमरगढी, माघ २० गते । डडेल्धुराको अजयमेरु गाउँपालिका कृषक लक्ष्मी पाठक मौरीपालन व्यवसायवाट छोटो समयमै आम्दानी हुँदा दङ्ग देखिनुहुन्छ । तीस घार मौरीपालन गरिरहनुभएका उहाँको वर्षमा झण्डै रु दुई लाख ५० हजार आम्दानी हुन्छ । “यो व्यवसायवाट सन्तुष्ट छु”, उहाँले भन्नुभयो, “घरपरिवारका सबै सदस्य यसै व्यवसायमा लाग्दा बेरोजगार भएर बस्नुपरेको छैन ।” […]

काठमाडौं, माघ २० गते । नेपालमा कोरोना भाइरसका एकसय ७१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार २८९जना पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा दुई हजार ९४६ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका एकसय ७१ सङ्क्रमित […]

चौतारा, माघ १७ गते । पर्यटकीय दृष्टिले उत्कृष्टमा पर्ने सिन्धुपाल्चोकको हेलम्बुमा निर्माण भइरहेको हिमालयन ग्रेट ट्रेल (पदमार्ग) निर्माणमा तीव्रता आएको छ । हालसम्म २६० मिटर सम्पन्न भएको छ भने नागीडाँडाको बुद्धपार्क र सेर्माथाङ दुवैतिरबाट काम शुरु भएकाले यस वर्ष ३०० मिटर सम्पन्न गर्ने लक्ष्य रहेको पालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताउनुभयो । चालू आर्थिक वर्षमा थप […]

हेमन्त केसी / जाजरकोट, माघ १८ गते । छिमेकी मुलुक चीनसँग सिमाना जोडिएको डोल्पास्थित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हुने गरेको तस्करी नियन्त्रणको प्रयास बढाइएको छ । यो निकुञ्ज वन्यजन्तु र जडीबुटी चोरीको अखडा बन्दै आएको छ । निकुञ्ज ठूलो क्षेत्रमा फैलिएको तर सुरक्षा सीमितताको अभाव रहेकाले यहाँ तस्कारी मौलाउने गरेको हो । तस्करहरुलाई हतियार बुझाउन जिल्ला […]

काठमाडौँ, माघ १७ गते । तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत ढाँचामा विकास गर्न भारतको एजेभिएन लिमिटेड छनोट भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीज्यूको अध्यक्षतामा शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बोर्डको ४६ औँ बैठकले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा सूचीकृत भएका कम्पनीको मूल्याङ्कन गरी सो निर्णय गरेको हो । कुल क्षमता ६७९ मेगावाट […]

काठमाडौं, माघ १७ गते । नेपालमा कोरोना भाइरसका एकसय नाै जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ८५४ जना पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा तीन हजार ६१८ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका एकसय नाै […]

टीकाबहादुर बस्नेत / दाङ, माघ १६ गते । दाङको बबई गाउँपालिकाले भूमिहीनका लागि जग्गा बितरण गर्ने कार्यको थालनी गरेपछि वडा नम्वर ५ का दोलख डाँगी बल्ल सरकार भएको महसुस भएको बताउनुभयो । पुस्तौं पुस्तादेखि भूमिहीन भएर बसिरहेको बताउँदै दोलखले तीन दशकपछि जग्गाको मालिक बन्ने सपना पूरा हुन लागेको हर्षित भएको बताउनुभयो । ‘हामी जस्ता भूमिहीनको […]

काठमाडौं, माघ १६ गते । नेपालमा कोरोना भाइरसका १५७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ७४५ जना पुगेको छ । पछिल्लो चौबीस घण्टामा तीन हजार २२१ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका १५७ जना सङ्क्रमित थपिएका […]

काठमाडौं, माघ १५ गते । सर्वाेच्च अदालतको मानहानीसम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली र सर्वाेच्च अदालतमा चार पूर्वन्यायाधीश, पूर्व सभामुखलाई जावाफ सहित सात दिन भित्र आफै उपस्थित हुन आदेश भएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धमा सर्वाेच्च अदालतमा विचाराधीन मुद्दामा विभिन्न समयमा दिएका अभिव्यक्तिबाट अदालतको मानहानी भएको भन्दै सर्वोच्च अदालतमा बेग्लाबेग्लै दायर मुद्दामा न्यायाधीश डा.मनोजकुमार शर्माको इजलासबाट […]

काठमाडौं, माघ १५ गते । नेपालमा कोरोना भाइरसका २१३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ५८८ जना पुगेको छ । पछिल्लो चौबीस घण्टामा तीन हजार ७९१ जनाकाे पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका २१३ जना सङ्क्रमित थपिएका […]