
युवराज विष्ट / भोजपुर,माघ ९ गते । जिल्लामा राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका धेरै ऐतिहासिक धरोहर रहेका छन् । खुकुरीका लागि प्रख्यात भोजपुरमा देशभरका लागि आवश्यक पर्ने मुद्रा अर्थात् टक काट्ने ऐतिहासिक स्थान पनि छ । पहिलो संस्कृत पाठशाला पनि यही जिल्लामा स्थापना भएको थियो । पछिल्लो समय यहाँका पर्यटकीय, ऐतिहासिक तथा धार्मिकस्थलको संरक्षणमा स्थानीय तथा […]

पर्वत, माघ ९ गते । नेपाल विद्युत् प्राधिकरणले पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा निर्माण गरेको २२० केभी क्षमताको सबस्टेशनको गए रातिदेखि चार्ज गर्न शुरु भएको छ । सबस्टेशनमा जडान भएका उपकरण र प्रसारण लाइन चार्जका लागि गए राति १० बजेदेखि परीक्षण शुरु गरेको कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाले जनाएको छ । आयोजनाका सहायक निर्देशक महादेव भट्टराईले […]

काठमाडौँ, माघ ८ गते । नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयन गर्न दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आज आयोजित कार्यक्रममा सरकारका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र इजरायलका तर्फबाट नेपालका लागि इजरायली राजदूत […]

नवीन शिशिर विक / बागलुङ, माघ ८ गते । कुनै दिन खानजोत, मलजल, स्याहारसुसारको अभावले पटपटी फुटेर धाँजा फाटेको, कालोपाती र सिरु घाँसले भरिएको सहेँला फाँट अहिले हराभरा, आह ! लाग्दो भएको छ । बागलुङ नगरपालिका वडा नं. १२ को सहँेलामा रहेको ठुलो फाँट यतिबेला कागतीका बिरुवा कलकलाउँदो भएर हुर्केका छन् । कागतीका बिरुवाले उज्याले […]

मनोज दाहाल / मोरङ, माघ ७ गते । ‘बेसहाराका लागि सहारा’ बन्दै मानव सेवा आश्रमले आफ्नो नामअनुसार काम गरेको छ । मुख्य कार्यालय वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित आश्रम विसं २०६९ भदौ १३ गते पाँच सहयोगापेक्षीको सहारा बनी सञ्चालनमा आएको आश्रम ‘मानवीयताको कुनै सीमा हुदैन’ भन्ने नाराका साथ सर्वोत्कृष्ट जीवन, शाश्वत चिन्तन र भातृत्वको आधारमा काम […]

विवेक राई / भोजपुर, माग ७ गते । प्रकाश राईलाई यतिबेला पाहुनाको भीड थेग्न मुस्किल छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका २, छिनामखुका राईले ५ वर्षअघि करिब १५ लाखको लगानीमा जिल्लामै पहिलोपटक ‘गोठेसिं होमस्टे’ सञ्चालनमा ल्याउनुभएको हो । अग्लो स्थान, रमणीय वातावरण, स्वच्छ हावापानीसंगै अग्र्यानिक खानाबाट आगन्तुकहरुलाई सन्तुष्ट तथा नयाँ स्वाद दिन राईले होमस्टे सञ्चालनमा ल्याउनुभएको […]

काठमाडौं, माघ ६ गते । नेपालमा कोरोना भाइरसका ३४८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ४४१ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ६२ हजार २५९ जना सङ्क्रमित निको भइसकेका छन् । पछिल्लाे २४ घण्टामा नेपालमा चारहजार ९५६ जनाकाे […]

काठमाडौँ, माघ ६ गते । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौं चक्रपथ विस्तार आयोजनाको समस्या समाधानका लागि अन्तर मन्त्रालय, प्रदेश, स्थानीय तहबीच समन्वय बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा चक्रपथ सुधार आयोजनाको हालसम्मको प्रगति र वाटो विस्तारका क्रममा देखापरेका चुनौती र त्यसको समाधानका निम्ति भइरहेको प्रयासका बारेमा छलफल भएको […]

काठमाडौँ, माघ ५ गते । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आकर्षण देखिएको छ । शुक्रबार साँझ सार्वजनिक गरेको सो एपमा सोमबार उपराह्न ४ बजेसम्म दुई लाख ३८ हजार ८०६ जना प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार […]

काठमाडौं, माघ ५ गते । नेपालमा कोरोना भाइरसका ३२२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ३७४ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ६१ हजार ८१८ जना सङ्क्रमित निको भइसकेका छन् । हाल तीनहजार ८६१ जनामा भाइरसको सङ्क्रमण सक्रिय […]