समाचार

तिहारमा खुल्छ रानीपोखरी

काठमाडौँ, असोज २४ गते। पुनर्निर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ । यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको दसैँअघि नै राष्ट्रप्रमुखबाट उद्घाटन गर्ने तयारी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ । गोर्खा भूकम्पका कारण पूर्ण रूपमा भत्किएको रानीपोखरीमा अहिले सरसफाइ र बत्ती राख्ने काम भइरहेको राष्ट्रिय […]


सरकार जनताको जीवनरक्षामा केन्द्रित छ – प्रधानमन्त्री ओली

काठमाडौं, असोज २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रमुख काम अहिले कोभिडविरुद्ध लडेर नेपाली जनताको जीवनरक्षा गर्नु रहेको बताउनुभएको छ । गैर आवासीय नेपाली सङ्घको विश्व ज्ञान सम्मेलनलाई शुक्रबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभयो । कोरोना महामारीका बेला जनतालाई कुनै चिजको अभाव र समस्या नहोस् भन्नेमा सरकार पूर्णतः ध्यान दिइरहेको उहाँले […]


काेराेना समुदायमा फैलिएकाे छ छैन जान्न ‘एन्टिबडी’ परीक्षण टाेली खटाइयाे

काठमाडौँ, असोज २३ गते । सरकारले कोभिड– १९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको बारेमा ‘एन्टिबडी’ परीक्षण गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा एन्टिबडी परीक्षणका लागि विज्ञसहितको प्राविधिक टोली आजदेखि सातवटै प्रदेशमा खटाएको छ । काठमाडौँमा तालिमपश्चात टोलीलाई आज प्रदेश खटाइएको हो । महाशाखाका निर्देशक […]


कुन देशका शहरमा कहिले दशैँटीका

काठमाडौँ, असोज २२ गते। अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिको बैठकले नेपालको काठमाडौँका लागि कात्तिक १० गते (अक्टोबर २६) बिहान १०:१९ बजेको साइत उत्तम रहेको जनाएको छ । यसैगरी भारतको दिल्लीमा बिहान १०:३५, अमेरिकाका न्युयोर्कमा अक्टोबर २५ (कात्तिक ९ गते) बिहान ११:०५, केन्टुकीमा […]


‘बाख्रा स्मार्ट गाउँ’ कार्यक्रमले कोहला गाउँको घरघरमा बाख्रापालन

सिराज खान / नेपालगञ्ज, असोज २२ गते । बाँकेको नरैनापुर गाउँपालिकाको वडा नं. ६ कोहोला गाउँमा बाख्रा स्मार्ट गाउँ कार्यक्रम सञ्चालन भएपछि सो गाउँका हरेकजसो घरमा व्यावसायिक बाख्रापालन शुरु गरिएको छ । नरैनापुर गाउँपालिकाका अनुसार कोहोला गाउँमा ५० घर परिवारले अहिले व्यवसायिक रुपमै बाख्रा पालिरहेका छन् । पहिले शोखका लागि एक दुईवटा बाख्रा पाल्नेहरूले पनि […]


देशभित्रै कृषि र पशुपालनमा रमाइरहेका छन् तनहुँका युवा

दमौली, असोज २१ गते । देशभित्रै प्रशस्त अवसर हुँदाहुँदै पनि रोजगारीको सिलसिलामा धेरै युवा विदेशिएका छन् । तर केही त्यस्ता युवा पनि छन्, जो देशभित्रै बसेर कृषि र पशुपालनमा रमाइरहेका छन् । त्यस्तै मध्येका एक हुन् तनहुँको व्यास नगरपालिका–५ फुस्रेटारका रवीन्द्र श्रेष्ठ । माध्यमिक तहको पढाइ सकेर श्रेष्ठले भैँसीपालन व्यवसाय शुरु गर्नुभएको हो । विदेशमा […]


शैक्षिक संस्थाहरूलाई परीक्षा सञ्चालन गर्न सैध्दान्तिक स्वीकृति

लक्की चौधरी / काठमाडौं, असोज २१ गते । परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले देश अझै कोरोनाको उच्च जोखिममा रहेकाले दशैं तिहार मनाउँदा विशेष सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभएको छ । मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा बुधबार मन्त्री ज्ञवालीले सो आग्रह गर्नुभयो । मानिसहरु स्वस्थ रहेमा चाडपर्वहरु फेरि आउने भन्दै मन्त्री ज्ञवालीले […]


राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी घोषणा

बुटवल, असोज २० । प्रदेश ५ को स्थायी राजधानी दाङ जिल्लाको देउखुरी उपत्यकाको भालुवाङ घोषणा भएको छ ।प्रदेश नं. ५ प्रदेश सभाको आजको वैठकमा भएको मत विभाजनका आधारमा सरकारको प्रस्ताव पारित भएको हो । यस्तै नाम लुम्बिनी राख्ने प्रस्ताव पनि पारित भएकाे छ । सरकारले दाङ जिल्लाको भालुवाङ क्षेत्रमा प्रदेशका स्थायी राजधानी कायम गरियोस भनी […]


उड्न थाले पर्यटक पोखराको आकाशमा

पोखरा,असोज २० गते। लामो समयको बन्दाबन्दीका कारण एकै ठाउँको बसाइ र मनोरञ्जनबाट वञ्चित भएका साहसिक खेलप्रेमीहरु पोखरामा प्याराग्लाडिङ खुलेसँगै आकाशमा उडेर मनोरञ्जन लिन शुरु गरेका छन् । साहसिक खेल प्याराग्लाडिङको व्यावसायिक उडान शुरु भएसँगै पोखरेली र आसपास जिल्लाका आन्तरिक पर्यटकहरु पोखराको आकाशमा उड्न थालेका हुन् । केही दिनअघि मात्रै प्याराग्लाडिङबाट पोखराका आसपासका हिमशृङ्खला तालतलैयाको दृश्वालोकन […]


प्रदेश ५ प्रदेश सभामा बैठकमा प्रतिपक्षिद्वारा ताेडफाेड, कुनै निर्णय भएन, भाेलि पुन बैठक बस्ने

बुटवल, असोज १९ गते । प्रदेश ५ सरकारले प्रदेश सभामा प्रस्तुत गरेको प्रदेशको राजधानी र नामको प्रस्ताव उपर सोमबार प्रदेश सभामा औपचारिक रुपमा छलफल सुरु भएको छ । छलफल सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सदन अवरोध गर्दै कुर्सी तोडफोड गरेका छन । सभामुख पूर्णवहादुर घर्तीले वैठक अघि बढाएपछि कांग्रेसका सांसदहरुले दुवै बैठकको […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter