समाचार

विष्रेषण भुक्तानी दिने व्यवस्था गर: राष्ट्र बैङ्क

काठमाडौँ, भदौ ५ गते । नेपाल राष्ट्र बैङ्कले निषेधाज्ञा जारी भएको अवस्थामा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले पठाएको विप्रेषण सहज रुपमा झिक्न पाउने व्यवस्था मिलाउन विप्रेषण सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । केन्द्रीय बैङ्कले आज विप्रेषण कम्पनीलाई निर्देशन जारी गर्दै वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा रहेका नेपाली नागरिकले पठाउने पैसा सहज रुपमा झिक्ने व्यवस्था […]


जोखिमयुक्त ठाउँमा निसङ्क्रमण गर्दै काठमाडौँ महानगर

काठमाडाैँ, भदाै ५ गते । काठमाडाैँ महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि निसङ्क्रमण गर्न शुरू गरेकाे छ । सङ्क्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक स्थानहरुमा निसङ्क्रमण गर्ने कार्यलाई निरन्तरता दिएको काठमाडौँ महानगरपालिकाको भनाई छ । काठमाडौँ महानगरपालिकाले टेकु, वीर अस्पताल, कालीमाटी फलफुल बजारलगायतका स्थानमा सुरुदेखि नै डीस–इन्फेक्टेन्ट कार्यलाई निरन्तरता दिदैँ आएको थियो । […]


मेलम्चीमा गेट फ्रेम परिवर्तन गर्न अध्ययन

लक्ष्मण दर्नाल / काठमाडौँ, भदौ ४ गते । मेलम्ची खानेपानी आयोजनाको सुरुङ प्रवेशद्वार (गेट)को फ्रेम परिवर्तन गर्न भारतीय कम्पनीका इन्जिनियरहरूले स्थलगत अध्ययन गरेका छन् । पीआईएल कम्पनी अमहदाबादका दुई समूहले मेलम्ची प्रवेशद्वार भत्किएको सुरुङ स्थल अध्ययन गरी पुनः जडान गर्नुपर्ने बताएका छन् । कम्पनीले गेटको फ्रेम अर्को बनाउने भएको छ । खानेपानी मन्त्रालयका अनुसार पीआईएल […]


प्रयोग भएको मास्क जथाभावी विसर्जनः सङ्क्रमणको जोखिम बढ्दो

नारायण अधिकारी / चितवन, भदौ ४ गते । कोरोना भाइरस सङ्क्रमण बढेसँगै चितवनमा मास्क लगाउनेको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृतिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ । यहाँका सडक, सडकपेटी र गल्लीमा प्रयोग भएको मास्क जथाभावी फालिएको देखिन्छ । यसरी मास्कको उचित प्रयोग र बिसर्जन हुन नसक्दा […]


निषेधाज्ञामा कुनै सामानको अभाव हुँदैन, हल्लाको पछि नलागौँ

मुकुन्द गैरे / काठमाडौँ, भदौ ३ गते । निषेधाज्ञा बढ्ने र सामानको अभावसँगै महङ्गो हुने डरका कारण धेरै सामान खरिद गरेर राख्ने गरेको पाइएको छ । औषधि पसलदेखि किराना पसल, सुपरमार्केटमा सामान खरिद गर्नेको भिडभाड अत्यधिक देखिन्छ । तर सरकारले बुधबार राति १२ बजेदेखि एक हप्ताको लागि मात्र निषेधाज्ञा जारी गरिसकेको छ । यसैबीच, वाणिज्य, […]


सङ्घीय संसद् सचिवालयका ब्याच पिन फिर्ता

काठमाडौँ, भदौ ३ गते । सङ्घीय संसद् सचिवालयले घरेलु तथा साना उद्योग कार्यालय ललितपुरबाट बनेका ब्याच पिनमा संरचनागत र साजसज्जासम्बन्धी समस्या देखिएको भन्दै फिर्ता गरेको छ । सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले आज जारी गर्नुभएको विज्ञप्तिमा ब्याच पिनमा समस्या आएकाले सुधार र परिमार्जनका लागि मङ्गलबार फिर्ता गरिएको उल्लेख छ । ब्याच पिन तयार गर्ने कार्यालयबाट […]


मङ्गलबार एक हजार १६ सहित कुल सङ्क्रमित २८ हजार १६ पुग्याे; काठमाडौँ उपत्यकाका २०५ मा सङ्क्रमण पुष्टि

काठमाडौँ, भदाै २ गते । कोरोना भाइरसका एक हजार १६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ४८१ पीसीआर परीक्षणमा साे सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २८ हजार २५७ पुगेको नियमित पत्रकार सम्मेलनमा […]


बुधबार रातिदेखि उपत्यकामा निषेधाज्ञा

काठमाडौँ, भदौ २ गते । बुधबार राति १२ बजेदेखि उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा लागू हुने भएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुको बैठकले १० भदौसम्म निषेधाज्ञामा जाने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले निषेधाज्ञा लागू गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी […]


चार लाख ७२ हजार ७८ जना विद्यार्थीको प्राप्ताङ्क प्रमाणित

शेषकान्त पण्डित / काठमाडौँ, भदौ १ गते । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण पूर्वनिर्धारित लिखित परीक्षा नलिई विद्यालयलाई नै आन्तरिक मूल्याङ्कन गर्न जिम्मा दिइएको एसईईको नतिजा सार्वजनिक गरिएको हो । वि.सं. २०७६ सालको एसईईमा चार लाख ८२ हजार ९८६ […]


निजी क्षेत्रलाई मन्त्री पुनको आग्रह– ढुक्क भएर जलविद्युतमा लगानी गर्नुस्, सरकार बिजुली किन्न तयार छ

काठमाडौँ, भदौ १ गते । ऊर्जा, जलस्राेत त तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले जलविद्युत् क्षेत्रमा ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई अपिल गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको ३५औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री पुनले निजी क्षेत्रको लगानी सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए । निजी क्षेत्रबाट उत्पादित बिजुली सरकारले खरिद गर्ने र बजारको […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter