
बागलुङ, असोज १४ गते। किसानलाई यतिबेला अलैँची टिप्ने चटारो छ । हजार-बाह्र सय मीटरको उचाइमा त साउन अन्तिमतिरै अलैँची पाक्न शुरु गर्छ । उपल्लो भेगको अलैँची टिप्न भने असोज पर्खनुपर्छ । अलैँचीको फल वर्षमा एकचोटि लाग्छ । बरेङ गाउँपालिका–२ को नमूना अलैँची उत्पादक कृषक समूहका सदस्य अहिले अलैँची टिप्न र सुकाउनमा व्यस्त छन् । दश […]

तारा चापागाईं / पोखरा, असोज १४ गते । कोरोना महामारीका कारण झण्डै छ महिनासम्म बन्द रहेको प्याराग्लाइडिङ सञ्चालनमा आएको छ । असोज ५ गतेबाट परीक्षण उडान भइरहेको प्याराग्लाइडिङ कम्पनीले असोज १५ गतेबाट नियमित सञ्चालनमा आउने भएको हो । नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले कोरोनाको जोखिमका कारण बन्द भएका कम्पनीहरुलाई पुनः बुकिङ […]

काठमाडौँ असोज १३गते। कोरोना महामारीका कारण समयमा मिटर रिडिङ हुन नसकेका ग्राहकलाई जरिवाना लगाउने काम नगर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ । मन्त्री पुनले आज प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला र उपकार्यकारी निर्देशक एवं ग्राहक तथा वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपानेलाई मन्त्रालयमा बोलाएर त्यस्ता ग्राहकलाई तत्काल जरिवाना […]

वासुदेव पौडेल / गण्डकी, असोज १३ गते । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ । विश्वमै ख्याति कमाएको नेपालको पर्यटकीयस्थल पोखराको दक्षिणभेगस्थित हुडिकोट पछिल्लो समय हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ । माछापुच्छ«े, अन्नपूर्ण, धौलागिरिलगायत हिमशृङ््खला तथा सेती नदी, सात तालको बगैँचा भनेर चिनिने लेखनाथ सहितको बृहत् […]

सिन्धुपाल्चोक, असोज १३ गते । चीन र नेपालको स्थल नाकामा अरबौ रुपैयाँको सामान रोकिएपछि सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले चीनतर्फको तीन वटा सरकारी निकायलाई चिठी लेखेर सामान पठाउने ब्यवस्था गर्न अनुरोध गरेको छ । नेपालीहरुको तीन ठूला चाडपर्व पनि नजिक आएको कारण पनि आवश्यक सामान नेपाल लैजाने ब्यवस्था गरिदिन संघले अनुरोध पत्र लेखेको हो । चीन […]

टीका खतिवडा / मङ्गलबारे असोज १२ गते । सरकारी जागिरमा प्रवेश गर्ने धेरैको रहर हुन्छ । अझ सरकारी जागिरमा स्थायी नै हुन पाए जीवनमा धेरै दुःख गर्न नपर्ने हामी धेरैको बुझाइ पनि छ । तर हाम्रो देशमा अहिले पनि ७० प्रतिशतभन्दा बढी नेपाली कृषि पेशामा नै रहेको भए पनि कृषकको सम्मान र यस पेशा प्रतिको […]

काठमाडौँ, असोज १२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले तीनवटा अध्यादेश सोमबार जारी गर्नुभएको छ । मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो । प्रवक्ता दाहालका अनुसार राष्ट्रपति भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने […]

काठमाडौँ, असोज ११ गते । मन्त्रिपरिषद बैठकले नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो बसेको बैठकले सो निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जानकारी दिनुभयो । मन्त्री अर्यालकाअनुसार बाढी पहिरोमा परेकाहरूको उद्धार, राहत तथा आर्थिक सहयोगको […]

तारानाथ आचार्य / बलेवा, असोज ११ गते । आज विश्व पर्यटन दिवस । परिस्थिति सहज हुँदो हो त पर्यटन क्षेत्रका सरोकारवालाको भीडभाड लाग्थ्यो । धेरै औपचारिक कार्यक्रम हुन्थे, योजना सुनाउने र बनाउने काम हुन्थे । कोभिड–१९ को त्रासदी हटेको छैन । प्रविधिको प्रयोगमार्फत हुने कार्यक्रमबाहेक बागलुङमा कुनै पनि कार्यक्रम भएनन् । पर्यटनका हिसाबले भरपुर सम्भावना […]

पोखरा, असोज १० गते। पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा पर्यटक लक्षित विभिन्न कार्यक्रमको तयारीमा जुट्ने यहाँका पर्यटनसम्वद्ध सङ्घसंस्थाले यस वर्ष भने कोभिड–१९ कारण पर्यटन केन्द्रित कार्यक्रमको आयोजना गरेका छैनन् । हरेक वर्ष सेप्टेम्बर २७ मा बाजागाजा, झाँकीसहित पोखरा विमानस्थल र पर्यटक बसपार्कमा पर्यटकलाई ढाकाटोपी […]