काठमाडाैँ, जेठ २ गते । पछिल्लो समयमा कोरोना सङ्क्रमण बढ्दै गएपछि अब गल्लीहरूमा हिँडडुल गर्ने वा जम्मा हुनेलाई पनि प्रहरीले पक्राउ गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले आज एक सूचना जारी गरी गल्लीहरूमा जम्मा नहन आग्रह गरेको र जम्मा भएको वा हिँडडुल गरेको पाइएमा प्रहरीले नियन्त्रणमा लिन सक्ने जनाइएको छ । संघसंस्थाको हकमा […]
शुरोजङ्ग पाण्डे / काठमाडौँ, जेठ १ गते । सरकारले मुलुकको अर्थतन्त्रको पुनरुत्थान र कृषि क्षेत्रमा व्यापक रोजगारी सिर्जना गर्ने विषयलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम ल्याउने अन्तिम गृहकार्य गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट आर्थिक, सामाजिकलगायतका क्षेत्रमा उत्पन्न संकटलाई ध्यान दिँदै सरकारले तीलगायतका विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम […]
काठमाडौँ, जेठ १ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्यकर्मीको कोभिड–१९ परीक्षण गर्नेभएको छ । स्वास्थयकर्मीले कुनै पनि बिरामीको स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले जोखिम बढ्ने हुँदा पिसिआर विधिबाट परीक्षण गरिने भएको मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार आजैदेखि स्वास्थ्यकर्मीको परीक्षण शुरु गरिएको छ । यसैगरी मन्त्रालयले उपत्यकामा रहेका सुरक्षाकर्मी, […]
काठमाडौँ, वैशाख ३१ गते । पछिल्लो पटक गरिएको कोरोना परिक्षणमा थप २४ जनामा कोराना पोजिटिभ पाइएको छ । योसँगै कुल सङ्क्रमित सङ्ख्या २४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । थप काेराेना सङ्क्रमण पुष्टि भएकामा रूपन्देहीका ९ पुरूष र ३ महिला गरी १२ जना रहेका छन् । त्यस्तै, कपिलवस्तुका ८ पुरूष, पर्सा जिल्लाका २ […]
काठमाडौँ, वैशाख ३१ गते । कोरोनाको कहरबाट थलिएको मुलुकको अर्थतन्त्रलार्ई राहत दिने गरी आगामी आर्थिक वर्षको बजेट तथा नीति तथा कार्यक्रम जरुरी रहेको भन्दै सांसदहरुले सरकारको ध्यानकर्षण गराउनुभएको छ । महामारीलाई मध्यनजर गरी सरकारले आगामी आर्थिक वर्षको बजेटमा विशेष राहत प्याकेज ल्याउन, प्रभावकारी कार्यान्वयन प्रणाली लागू गर्न तथा रोजगारी प्रदान गर्ने गरी विशेष व्यवस्था गर्न […]
काठमाडौँ, वैशाख ३० गते । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा विवादबारे भारतसँग तत्काल वार्ता चाहेको बताउनुभएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा लिपुलेक सडक विवादबारे छलफलमा भाग लिँदै उहाँले राष्ट्रिय हितलाई केन्द्रमा राखेर तत्काल वार्ता अघि बढाउन चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर हामी वार्ताको प्रयासमा छौँ । सुगौली सन्धिले निर्दिष्ट गरेको हाम्रो सीमा पूर्वमा मेची […]
नारायण काफ्ले / काठमाडौँ, वैशाख ३० गते । आगामी वर्षको बजेटलाई कोरोना महामारी (कोभिड–१९)ले सिर्जना गरेको असरलाई सम्बोधन गर्ने गरी तर्जुमा गर्न प्रतिनिधिसभाका सांसदहरूले सुझाव दिएका छन् । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरूले सरकारद्वारा प्रस्तुत प्राथमिकता सामयिक नभएको भन्दै प्राथमिकीकरण गर्न सुझाव दिएका हुन् । परम्परागत ढङ्गको बजेटले कोरोनाको असर सम्बोधन गर्न नसक्ने भन्दै सामयिक बनाउन […]
काठमाडौँ, वैशाख २९ गते । नेपाललाई चीन सरकारले कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई आज यहाँ आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत होउ यान्छीले ४० हजार थान पिसीआर किट, २० हजार थान एन ९५ मास्क, आठ लाख सर्जिकल मास्क, १० हजार थान चस्मा […]
सविता शर्मा / काठमाडौँ, वैशाख २९ गते । अर्थ मन्त्री डा. युवराज खतिवडाले कोरोनाका कारण विकासको गतिमा केही शिथिलता देखिए पनि ‘भूकम्पपछि छिटै उठेझैँ हामी फेरि उठ्ने छौँ’ भन्नुभएको छ । राष्ट्रिय सभा बैठकमा पूर्वबजेट छलफल आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव […]
काठमाडौँ, वैशाख २८ गते । लकडाउनका कारण समस्यामा परेकालाई आगामी दिनमा राहत सामग्री होइन, रोजगारी दिने उपत्यका नगरपालिका फोरमले जनाएको छ । विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमणलाई नियन्त्रणका लागि सरकरले गत चैत ११ गतेदेखि नै लकडाउन गरेको छ । त्यसको प्रत्यक्ष असर श्रमिक वर्गमा परेको छ । श्रमिकको यस्तो समस्याको सहज समाधानका लागि फोरमले सङ्घीय […]