समाचार

टोलटोलमा अत्यावश्यक वस्तु पु-याउने तयारीमा छौँ – आपूर्तिमन्त्री भट्ट

रमेश लम्साल /अशोक घिमिरे, काठमाडौँ, चैत १२ गते । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले साताव्यापी ‘लकडाउन’ गरेको छ । लकडाउनको आज दोस्रो दिन । नागरिकको दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउन सरकार प्रयत्नशील छ । सरकारले आफ्ना निकाय तथा सुरक्षाकर्मीको सहयोगमा सहज आपूर्तिका लागि भरमग्दूर प्रयत्न गरिरहेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज […]


विदेशमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिइँदै

काठमाडौँ, चैत १२ गते । नेपालका प्रमुख श्रम गन्तव्य मुलुकमा पनि कोभिड–१९ को सङ्क्रमण देखिएसँगै सरकारले त्यहाँ रहेका नेपाली कामदारको अवस्थाका बारेमा जानकारी लिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भिडियो कन्फ्रेन्समार्फत आज विभिन्न पाँच मुलुकका राजदूतसँग नेपाली कामदारको अवस्थाबारेमा जानकारी लिनुभएको हो । उहाँहरुले मलेसिया, इजरायल, […]


अत्यावश्यक स्वास्थ्य सामग्री चीनबाट ल्याउने एनआरएनएको तयारी

काठमाडौं, चैत १२ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरससँग लड्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ । संघका अध्यक्ष कुमार पन्तका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रहमा कोरोनाविरुद्ध जुध्न घोषणा गरेको एक करोड रुपियाँ सहयोगबाट सरकारलाई उक्त स्वास्थ्य सामग्रीका रूपमा उपलब्ध गराउन लागिएको हो । स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारको सुरक्षा उपकरण […]


कोरोनाविरुद्ध प्रविधिमार्फत् लड्ने प्रतियोगिताको घोषणा

काठमाडौँ, चैत ११ गते । नयाँ कोरोनाभाइरस (कोभिड–१९)को महामारीले नेपाल लकडाउनमा रहेको बेला ‘कोड फर कज’ नामक अनलाइन कोडिङ प्रतियोगिताको घोषणा भएको छ। मङ्गलबार क्याथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एन्ड मेनेजमेन्टको ओपन–सफ्टवेयर क्लब क्याथफोसले एक विज्ञप्ति जारी गर्दै यस महामारीविरुद्ध प्रविधिमार्फत् नयाँ सफ्टवेयर बनाउन आह्वान गरेको हो। ‘सेल्फ–क्वारेन्टाइन बेलालाई नयाँ कुरा सिक्न र उपलब्धिपूर्ण बनाउने […]


कोभिड–१९ बारे जानकारी दिन मिडिया सेन्टर स्थापना; कोरोना भाइरस नियन्त्रण र उपचारको नाममा जथाभावी कोष खडा गर्न बन्देज

काठमाडौँ, चैत ११ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना कोभिड–१९ सँंग सम्बन्धित सूचना एकद्धार प्रणालीबाट सञ्चारमाध्यममा प्रवाह गर्न ‘मिडिया सेन्टर’ स्थापना गरेको छ । सवै सञ्चारमाध्यमलाई एकद्धार प्रणालीबाट सूचना प्रवाह गर्न मन्त्रालयमा नै मिडिया सेन्टर स्थापना गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालका सल्लाहाकार डा। खेम कार्कीले जानकारी दिनुभयो । मिडिया सेन्टरमा हरेक दिन […]


चैत ११ देखि १८ गतेसम्म देशै लकडाउन; एक सातासम्म घर बाहिर निस्कन नपाइने

काठमाडौ, चैत्र १० गते । सरकारले भोली बिहानदेखि एक साताभरि देशभर लकडाउन गर्ने निर्णय गरेको छ। भोली बिहानबाट १८ गतेसम्मको लागि लकडाउन गर्ने निर्णय भएको हो। रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको उच्चस्तरीय समन्वय समितिले लकडाउन गर्ने निर्णय गरेको हो। विश्वर फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि लकडाउनको मोडालिटी तयार भएको हो। लकडाउनको समयमा […]


पाण्डेको नाम सर्वसम्मतिबाट अनुमोदित

काठमाडौँ, चैत १० गते । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले चीनका लागि आवासीय र प्रजग कोरिया तथा मङ्गोलियाका लागि गैरआवासीय राजदूतमा प्रस्तावित महेन्द्रबहादुर पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको सिंहदरबारमा आज बसेको बैठकले पूर्वपरराष्ट्रमन्त्री पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । समितिले पाण्डेविरुद्ध उजुरी आह्वानका लागि १० दिनको […]


नेपालीसँग नियमित सम्पर्क बस्न खाडीका दूतावासहरूलाई निर्देशन

काठमाडौ, चैत्र १० गते । पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले खाडी मुलुकमा रहेका नियोगहरूलाई त्यहाँ रहेका नेपालीसँग नियमित सम्पर्क बस्न निर्देशन दिनुभएको छ । परराष्ट्र मन्त्रालयबाट भिडियो कन्फरेन्स मार्फत खाडी मुलुकका नियोगका पदाधिकारीसँग गर्नुभएको छलफलमा सो निर्देशन दिनुभएको हो । उहाँले छलफलका क्रममा खाडीमा रहेका नेपालीलाई सुरक्षित रहन, आतङ्कित नहुन तथा त्यहाँको सरकारले दिएको स्वास्थ्य सम्बन्धी प्रोटोकललाई […]


माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध परीक्षण सफल

चरिकोट, चैत ९ गते । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधस्थलको परीक्षण सफल भएको छ । दोलखाको लामाबगरमा निर्माण भइरहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हेडवक्र्सको काम सम्पन्न भएसँगै बाँधमा पानी थुनेर एक सातादेखि गरिएको परीक्षण सफल भएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताउनुभयो । एक सातादेखि पानी थुनेर गरिएको परीक्षणमा सिभिलका सबै […]


चैत ६ पछि झण्डै पाँच लाखले छाडे राजधानी

नारायण ढुङ्गाना / काठमाडौँ, चैत ९ गते । सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै मुलुकको राजधानी काठमाडौँ छाड्ने मानिसको सङ्ख्या ह्वात्तै बढेको छ । चैत ६ गतेदेखि आज बिहानसम्म मात्रै झण्डै पाँच लाखले राजधानी छाडेका छन् । राजधानी भित्रिने क्रम भने न्यून छ । तीन दिनको अवधिमा राजधानी आउने यात्रु […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter