
अञ्जलि रम्तेल / काठमाडौँ । कास्मिर क्षेत्रमा दिनहुँ कैयौँ युवा सरकारी पक्षले गायब बनाइरहेको छ । तिनका आफन्त एक न एक दिन उनीहरु फर्कने आशामा कुरिरहेका हुन्छन् । केहीका आशा पूरा हुन्छन् भने केहीका आफन्तका लास भेटिन्छन् कोही भने जीवनभर प्रतीक्षा गरिरहन्छन् । यो अहिले काठमाडौँमा चलिरहेको दक्षिण एसिया चलचित्र–२०१५ मा देखाइएको एक वृत्तचित्र ‘ब्लड […]

बागलुङ, ६ मङ्सिर । एक्लोपनाको पीडा भुल्न भकुण्डे–५ की टिका थापाले व्यावसायिक तरकारी खेती अँगाल्नु भएको छ । रोजगारीको सिलसिलामा भारतमा पुगेका श्रीमान्को उतै निधन भएपछि थापाले १० वर्षदेखि एकल जीवन बिताईरहनुभएको छ । “कमाउन गएका श्रीमान्को उतै निधन भएपछि जीवनको साहरा गुम्यो,” ३७ वर्षीया थापाले भन्नुभयो, “गुजारा चलाउने उपाय त निकाल्नै प¥यो, त्यसैले तरकारी […]

प्रशन्न पोखरेल / गोरखा । मनास्लु पदमार्गको केही खण्ड हुँदै गुम्दा–लाप्राक–बारपाक घुमेर सदरमुकाम फर्केको विदेशी पर्यटकको टोलीले भूकम्पपछि पनि गोरखाका पदमार्गहरु सुरक्षित रहेको बताएका छन् । पहिरोले पदमार्गका केही ठाउँ जोखिमयुक्त भए पनि अधिकांश ठाउँ सुरक्षित रहेकाले निर्धक्क साथ घुम्न आउन विदेशी पर्यटकले आग्रह गरेका छन् । तेह्रदिने पदयात्रा आफ्नो टोलीले सहजै पार गरेको बताउँदै […]

सप्तरी, ६ मङ्सिर । पूर्वपश्चिम राजमार्ग केन्द्रित आन्दोलन थालेको मधेसी मोर्चा र प्रहरीबीच सप्तरीको भारदह र रुपनीमा हिजो राती भएको झडपमा दुईजना आन्दोलनकारीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको भारदह र रुपनी सडकखण्डमा आन्दोलनकारीले बाटो अवरुद्ध गरेपछि बाटो खुलाउने क्रममा प्रहरीले बल प्रयोग गर्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो । सो झडपमा परी प्रहरीले […]

पर्वत, ६ मङ्सिर । धुलिखेल अस्पताल काभ्रेको आर्थिक तथा प्राविधिक सहयोगमा यहाँको एक विकट गाउँमा आधुनिक सेवा सुविधासहितको अस्पताल सञ्चालनमा आएको छ । आर्थिक अभावमा स्वास्थ्य सेवाबाट वञ्चित दुर्गम गाउँका सर्वसाधारण जनतालाई सेवा दिने उद्देश्यले केन्द्रको स्थापना गरिएको हो । धेरै रकम खर्च गरेर पोखरा काठमाडौँ जान नसक्ने बिरामीलाई लक्षित गर्दै गाउँमै नियमित स्वास्थ्य जाँच, […]

काठमाडौँ, ५ मङ्सिर । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले कालोबजारी र अनियमितता नियन्त्रण गर्न पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीलाई निर्देशन दिनुभएको छ । नेपाल सम्वत्को नयाँबर्षको अवसरमा एमाओवादी कीर्तिपुर नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सङ्कटको समयमा कालोबजारी नियन्त्रण गर्न असफल भए तुरुन्त मन्त्रीबाट फिर्ता बोलाइने बताउनुभयो । उहाँले […]

काठमाडौँ, ५ मङ्सिर । नेपाल आयल निगमले आयात गरेको इन्धन हराएको भन्दै गुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो व्यक्त गरेको छ । रुपन्देहीको भलबारी डिपोबाट निगमको थानकोट डिपोका लागि पठाइएको इन्धन निजी क्षेत्रका पेट्रोल पम्पलाई वितरण गरेको भन्ने गुनासो आएपछि आयोगले निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का र निर्देशक मुकुन्द घिमिरेलाई बोलाएर सोधपुछ गरेको हो […]

रमेश लम्साल / काठमाडौँ, ५ मङ्सिर । मुलुक ऊर्जा सङ्कटमा नराम्ररी फसेको छ । सरकारले पटक पटक ऊर्जा सङ्कट समाधानका लागि प्रभावकारी कदम चाल्ने बताउँदै आएको छ । तर प्रभावकारी योजना, कार्यक्रम र लगानीको अभावमा सरकारले घोषणा गरेका योजना पनि सम्पन्न हुन सकेका छैनन् । विद्युत्भार कटौतीका कारण नागरिकको दैनिकी प्रभावित भएको छ । पछिल्लो […]

मुस्ताङ, ५ मङ्सिर । स्याउको राजधानी भनेर चिनिने मुस्ताङको दुई गाविसबाट स्याउको बोट पूर्णरुपमा लोप भएका छन् । जलवायु परिर्वतनको असरस्वरुप तल्लो क्षेत्रको लेते र कुञ्जो गाविसमा करिब छ वर्षदेखि स्याउ उत्पादन हुन नसकेको हो । यसलाई विज्ञहरुले जलवायु परिर्वतनको टड्कारो असर आधार भनेका छन् । केही वर्षअघिसम्म म्याग्दी र मुस्ताङको सिमाना घासासम्म स्याउ फल्ने […]

झापा, ५ मङ्सिर । बगरमा परिणत भएको खेतीयोग्य जमिनलाई झापाका कृषकले अझै प्रयोगमा ल्याउन सकेका छैनन् । विरिङ, कनकाई, कमल, रतुवा, मेचीलगायतका खोलामा आएको बाढीका कारण बगरमा परिणत भएको खेतीयोग्य जमिन सिँचाइ अभावका कारण उपयोग गर्न कृषकले नसकेको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ । झापामा बगरमा परिणत भएको जमिनको क्षेत्रफल पाँच हजार हेक्टर […]