
काठमाडौँ, चैत्र ६ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालसँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हित र सम्बन्धका बारेमा विचार विमर्श भएको मन्त्री अर्यालको सचिवालयले जनाएको छ । भेटमा मन्त्री अर्यालले नेपाल–भारतबीच कूटनीतिकसँगै अन्य बहुआयामिक सम्बन्ध पनि विशेष […]

काठमाडौं, ५ चैत । सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने निर्णय गरेको छ। कोरोनाभाइरस संक्रमण जोखिमलाई ध्यानमा राख्दै बुधबार बसेको उच्च स्तरीय समन्वय समितिले उक्त निर्णय गरेको हो। अब पार्टिप्यालेस, सांस्कृतिक कार्यक्रम, मठमन्दिर लगायत धार्मिक कार्यहरूमा २५ जना भन्दा बढी व्यक्ति एकैठाउँ बस्न नपाइने भएको छ। त्यस्तै पश्चिम एसिया लगायत खाडी […]

काठमाडौं, ५ चैत । नेपाली सेनाले विश्वभर फैलिरहेको कोभिड–१९ बाट हुने जोखिम नियन्त्रण, उपचार विधि र अपनाउनुपर्ने सजगताबारे पूर्वाभ्यास गरेको छ । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा कोभिड– १९ को उपचार पूर्वाभ्यासका लागि अस्पताल र क्वारेन्टाइन झल्कने त्रिपाल स्थापना गरी बिरामीको प्रवेशसँगै रोग परीक्षण, शङ्कास्पद व्यक्ति राख्ने स्थल र क्वारेन्टाइनबाट प्रदान गरिनेसम्बन्धी सम्पूर्ण जानकारी गराइएको छ […]

काठमाडौँ, चैत ४ गते । राष्ट्रिय चिकित्सक संघको प्रतिनिधि मण्डलले अस्पतालको भीडभाड कम गर्दै सम्पूर्ण अस्पताललाई तयारी अवस्थामा राख्न आग्रह गरेको छ । कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग मंगलबार भेटगरी प्रतिनिधि मण्डलले अस्पतालको भीडभाड तत्काल रोक्दै कोरोना भाइरसको प्राथमिक नमूना संकलन केन्द्र अन्य अस्पतालमा समेत […]

सानेबहादुर नेपाली तनहुँ, चैत ४ गते । भजन संस्कृति र चुड्का लोप हुँदै गएपछि यहाँका ज्येष्ठ नागरिक चिन्तित हुन थालेका छन् । पश्चिमा संस्कृतिको प्रभावले नेपाली संस्कृति ओझेलमा पर्दै गएपछि यसको संरक्षणका लागि ज्येष्ठ नागरिक चिन्तित भएका हुन् । मौलिक संस्कृति संरक्षणमा युवा पुस्ता सजग नहुँदा पुरानो पुस्ता चिन्तितसमेत बन्न थालेको व्यास नगरपालिका–५ की ७८ […]

काठमाडौँ, चैत २ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनका लागि निजी विद्यालय सञ्चालनको समय बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म गर्न प्रस्ताव गरेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले निजी विद्यालय सञ्चालकका प्रतिनिधिलाई छलफलमा बोलाई विद्यालय सञ्चालनको समय परिवर्तन गर्न प्रस्ताव गर्नुभएको हो । हाल सामान्यत ः बिहान १०ः०० […]

काठमाडौँ, चैत ३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरसका कारण देशमा अघोषित सङ्कटको अवस्था सिर्जना भएको बताउनुभएको छ । उहाँले अहिले देखिएको अघोषित सङ्कटको अवस्था टार्न सरकार दिनरात नभनी खटिरहेको छ । यो बेला सरकारको प्रयास मात्रै पर्याप्त हुँदैन, त्यसैले निजी व्यापारी उद्योगी, उपभोक्ता अधिकारकर्मी र स्वयं उपभोक्ता सबैको साथ र […]

काठमाडौँ, चैत २ गते । सरकारले कोरोना भाइरसबाट जोगिन विशेष रणनीति अपनाउने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यसका लागि चारबुँदे रणनीति अघि बढाउने निर्णय गरेको हो । प्रारम्भमा कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिलाई देशभित्र प्रवेश गर्न […]

काठमाडौ, चैत्र २ गते । मास्क कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले ७८ हजार थान माक्स बरामत गरेको हो । काठमाडौं महानगरपालिका–१५ डल्लुबाट शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे रोसी गाँउपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने ३० वर्षीया मिन्टु तामाङ, […]

काठमाडौँ, चैत २ गते । दुई दशकअघि शुरु भए पनि हालसम्म सम्पन्न हुन नसकेका चोभार–खोकना–चापागाउँ प्रसारण लाइन निर्माणसम्पन्न गर्न सरकारले पहल थालेको छ । भक्तपुरमा विद्युत् उपलब्ध गराउने वैकल्पिक १३२ केभी क्षमताको सो प्रसारण लाइन निर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच आज छलफल भएको छ । ललितपुरको खोकना र […]